
नेत्र खनाल
भालुबाङ, लालमटिया स्वास्थ्य चौकीलाई भालुवाङ अस्पतालको बैेधानिकता प्राप्त गरेको छ । बुधबार मन्त्रीपरिषदको निर्णयले लालमटिया स्वास्थ्य चौकीको नाम परिवर्तन भालुवाङ अस्पतालको नामाकरण गरेको हो । उक्त अस्पताल ५० शय्याको हुनेछ ।
लामो समयको प्रतीक्षा पछि राप्ती गाउँपालिका १ पुरानो भालुवाङमा रहेको लालमटिया स्वास्थ चौकीलाई लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री इन्द्रजित थारुको पहलमा तत्कालिन मुख्यमन्त्री कुल प्रसाद के.सी (सोनाम) नेतृत्वको प्रदेश सरकारले ५० श्याको अस्पतालको रुपमा विकास गर्ने गरी लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा अघि बढाएको थियो ।
लुम्बिनी प्रदेश सरकारका माननीय ईन्द्रजित थारु, राप्ती गाउपालिकाका अध्यक्ष प्रकाश बिष्टले प्रधानमन्त्री कार्यालय बाट बुझि स्वास्थ्य मन्त्रालयका सचिव डा. बिकास देवकोटालाई बुझाएका छन् । लालमटिया स्वास्थ चौकि भालुवाङले प्रादेशिक अस्पतालको रुपमा काम हुने भएको छ ।
आ.व. २०८०,८१ मा संघ सरकारबाट उक्त अस्पताल लाई २५ करोड रुपैया बेजट बिनियोजित हुने मन्त्रालयका सचिव डा. बिकास देबकोटाले जानकारी दिएका छन् ।


