• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ १०, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

स्वर्गद्धारीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको अन्तरक्रिया कार्यक्रम


  •   आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
  • बबिता रिजाल , जेठ ६ प्युठान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले स्वर्गद्धारी नगरपालिकामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको आयोजनामा आईतबार स्वर्गद्धारी नगरपालिका ४ जलुके धर्मशालामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी स्थानिय तह स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
    अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका अनुसन्धान अधिकृत सुदिप कुईकेलले भ्रष्टाचार सम्बन्धी अवधारणा , भ्रष्टाचारका कारण , असर तथा नियन्त्रणको आवश्यकता , कसुर तथा सजाएको प्रावधान , भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक , कानुनी र संरचनागत व्यवस्था तथा भ्रष्टाचार जन्य प्रवृत्तिहरुको विश्लेषण गर्नुभयो ।

    Advertisement


    कार्यक्रमा बुटवल कार्यलय अन्तर्गत पर्ने जिल्लाहरुको चालु आर्थिक बर्ष २०८०÷०८१ को बैसाख सम्मको जिल्लागत प्रारम्भिक उजुरी संख्या , अनुसन्धान तथा फर्छैट भएका उजुरीहरुको विश्लेषण गरिएको थियो । जसमा जम्मा १८५८ वटा उजुरीहरु मध्ये सबैभन्दा धेरै रुपन्देही जिल्ला बाट ५८४ र सबैभन्दा कम प्युठान जिल्ला बाट ५० वटा उजुरी परेका छन् ।


    यस्तै अन्तरक्रिया कार्यक्रममा चालु आर्थिक बर्ष २०८०÷०८१ को हाल सम्मका प्युठान जिल्लाको पालिकागत उजुरीहरुको विवरण प्रस्तुत गरिएको थियो । जसमा सबैभन्दा धेरै प्युठान नगरपालिका बाट २० वटा उजुरी परेका छन् । यस्तै स्वर्गद्धारी नगरपालिका बाट ४ , गौमुखी गाउँपालिका बाट ५ , माण्डवी गाउँपालिका बाट २ , सरुमरानि गाउँपालिका बाट ३ , मल्लरानी गाउँपालिका बाट ३ , नौबहिनी गाउँपालिका बाट ७ , झिमरुक गाउँपालिका बाट ४ र ऐरावती गाउँपालिका बाट २ वटा उजुरीहरु परेका छन् ।


    सोही कार्यक्रममा स्वर्गद्धारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोेज बहादुर भण्डारीले स्वर्गद्धारी नगरपालिकाले गरेका असल कार्य तथा अभ्यासहरु संक्षपमा प्रस्तुत गर्नुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सह सचिव राजेन्द्र कुमार पौडेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि स्वर्गद्धारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारी , विशेष अतिथि स्वर्गद्धारी नगरपालिकाका नगर उपप्रमुख मिनराज राना मगर र प्रमुख प्रशासकिय अधिकृत भोजबहादुर भण्डारी हुनुहुन्थ्यो । यस्तै कार्यक्रममा स्वर्गद्धारी नगरपालिकाका कार्यपालिका सदस्यहरु , वडा अध्यक्षहरु , विषयगत शाखाका शाखा प्रमुखहरु , विद्यालय व्यवस्थापन समितीका पदाधिकारी , विद्यालयका प्रधानाध्यापकहरु , पत्रकार , सुरक्षकर्मी , कर्मचारी लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन विरेन्द्र कार्कीले गर्नुभएको थियो ।

    आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.