• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ १०, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

कांग्रेस–एमालेले महत्त्व नदिए पनि सत्ताका लागि साना दलको मरिहत्ते


  •   आइतबार, असार ३१, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबिच गठबन्धन निर्माणबारे छलफल भइरहँदा साना दलमात्र होइन, कांग्रेस–एमालेकै कतिपय नेता बेखबरजस्तै थिए ।

    Advertisement
    गठबन्धन निर्माण प्रक्रियामा मात्र होइन, त्यस यतासमेत कांग्रेस–एमालेले साना दलसँग कुनै महत्त्वपूर्ण विषयमा छलफल गरेका छैनन् । यद्यपि, अधिकांश साना दलले कांग्रेस–एमाले गठबन्धनलाई धमाधम विनाशर्त समर्थन जनाइरहेका छन् । यस्तै उनीहरु सरकारमा जान हतारिएको देखिन्छन् ।
    जबकि, एमाले अध्यक्ष केपी शर्मा ओलीले असार २८ गते राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदमा दाबी पेस गर्दा साना दललाई बेवास्ता गरे । उनले आफ्नो पार्टी एमाले र कांग्रेसका सांसदको समर्थनमा प्रधानमन्त्री पदमा दाबी पेस गरेका हुन् । त्यसैले पनि ओलीले साना दलको साथ नरोजेको प्रस्ट हुन्छ । साना दलको समर्थन बिनै ओली आइतबार प्रधानमन्त्रीमा राष्ट्रपतिबाट नियुक्त भइसकेका छन् ।
    यसअघि सरकार गठन हुँदा साना दलहरू लाइन लागेर हस्ताक्षर गरी प्रधानमन्त्रीको दाबीकर्ताकै साथ लागेर राष्ट्रपति कार्यालयसम्म पुग्ने गरेको देखिन्थ्यो । २०७९ को चुनावपछि माओवादी–एमाले गठबन्धनको सरकार बन्दा साना दलहरू एमालेका अध्यक्ष ओलीको निवास बालकोटमा लाइन लागेका थिए । त्यसपछि उनीहरू प्रधानमन्त्रीका लागि समर्थक बनेर राष्ट्रपति कार्यालयसम्म पुगेका थिए ।
    प्रधानमन्त्री प्रचण्डले पटकपटक लिएको विश्वासको मतमा पनि साना दलको महत्त्व घटेको थिएन । हरेक सरकारमा ती दल सहभागी भइरहे । तर यसपटक कांग्रेस–एमाले गठबन्धनले ती दलहरूको ‘बजार भ्यालु’ घटाएको छ ।

    न कांग्रेस–एमाले गठबन्धन बनाउँदा कुनै दलसँग छलफल भयो, न सहमति गर्दा कुनै दलको बिचमा छलफल गरेका छन् । सरकार बनाउने प्रक्रिया सुरु गर्दासमेत सत्ता गठबन्धनले कुनै दलको साथ सहयोग खोजेको देखिए ।

    प्रधानमन्त्रीका लागि दाबी पेस गर्दा एमाले अध्यक्ष ओलीले १६६ सांसदको समर्थन पेस गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको पत्रमा कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका ८८ र एमालेका अध्यक्ष ओलीले एमालेका ७८ सांसदको समर्थन रहेको जनाउ दिँदै हस्ताक्षर गरेका छन् ।

    जबकि गठबन्धन घोषणा हुने बित्तिकै सबैभन्दा पहिले उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपालले समर्थनको घोषणा गरेको थियो । त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उनमुक्ति पार्टीले औपचारिक, अनौपचारिक रूपमा गठबन्धनलाई समर्थन रहने घोषणा गरे । तर नयाँ गठबन्धनलाई किन र के आधारमा समर्थन गर्ने भन्नेबारे साना दलले कारण खुलाएका छैनन् ।

    अहिले ती साना दल सरकारमा जानका लागि हानथाप गरिरहेका छन् । लोसपाले मन्त्री चयन गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिइसकेको छ । उपेन्द्र यादव नेतृत्वको पार्टीमा पनि मन्त्री बन्नेहरूको चहलपहल बढेको छ । तर पार्टीले हालसम्म सरकारमा जाने–नजानेबारे निर्णय गरेको छैन ।

    नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी हुने विषयमा आन्तरिक छलफलमा जुटेको छ । अशोक राई नेतृत्वको जसपा पनि मन्त्री चयनको विषयमा आन्तरिक छलफलमा जुटेको छ । तर कांग्रेस–एमाले गठबन्धनले सरकारमा लिने कि नलिने, लिने भए कुन दललाई लिने, कुन दललाई नलिने, कुन दललाई कुन मन्त्रालय दिने, कति दिने भन्ने अझै निश्चित गरेको छैन ।

    साना दलका अध्यक्ष तथा नेताहरू कोही कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुग्ने गरेका छन् भने कोही एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेट्न बालकोट पुग्ने गरेका छन् ।

    कांग्रेस–एमालेका शीर्ष नेताबाट पाएको आश्वासनकै आधारमा ती दलले आ–आफ्नो पार्टीमा छलफल चलाइरहेका छन् ।

    गठबन्धनले गरेको सम्झौताको बारेमा विभिन्न शङ्का भइरहेको यस बारेमा कांग्रेस–एमालेका नेताहरूसँग बुझ्दा त्यस्तो कुनै पनि सहमति नभएको बताएको  रेसम चौधरीले खुलाए । गठबन्धन दलको बिचमा भएको सहमति बाहिर आएपछि मात्र थप छलफल गर्ने उनको भनाइ छ ।

    नागरिक उन्मुक्ति पार्टीले यसअघि कांग्रेस–माओवादी गठबन्धन, त्यसपछि बनेको माओवादी र एमालेको गठबन्धन सरकारलाई समर्थन गरेको थियो । नेताहरुले भाउ नदिदा पनि साना दलहरु मन्त्री बन्ने हाेडवाजीमा रहेकाे बुझिएकाे छ ।

    आइतबार, असार ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.