• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, माघ २६, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

गौमुखी गाउँपालिकाको छ वर्षः संभावना, चुनौति र अवसर


  •   शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
  • ज्ञामुराम न्यौपाने
    गौमुखी गाउँपालिकाको स्थापना २०७३ साल फागुन २७ गते भयको थियो। पालिकाले स्थापना भएको पाँच वर्ष पुरा गरेर छैठौं वर्षमा प्रवेश गरेको छ। गाँउपालिका स्थापना दिवसको सन्दर्भमा पालिका बासी सबै महानुभावहरुमा हार्दिक शुभकामना।

    Advertisement
    • परिचयः प्यूठानमा रहेका साविक अर्खा, रजबारा, पुजा, खुङ , नारिकोट गा.बि.स.र लिवाङको वार्ड नं १ देखी ६ मिलाएर गौमुखी गाउँपालिका स्थापना भएको थियो। यस पालिकाको नामाकरण प्यूठानको दोश्रो प्रर्यटकीय स्थल एवम् झिमरुक नदीको उद्गम स्थान गौमुखी (गाईकोमुख आकृतिबाट पानि निस्कने मुहान)को नामबाट नामाकरण गरिएको हो । यस पालिकामा आबद्ध अर्खा, राजाबारा, र पुजा गाउँ २०३२ साल माघ भन्दा अघि बाग्लुङ जिल्लामा पर्दथे।
      गौमुखी गाउँपालिका १३९.०४ वर्ग किलोमिटर (५३.६८वर्ग माईल) क्षेत्रफलमा फैलिएको छ । सात वटा वडा, पन्ध्र जना कार्यपालिका सदस्य र ३७ गाँउ सभासद रहने गरी राजनैतीक बिभाजन गरिएको छ । हाल पाँच हजार एक सय घरधुरी र २०७८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या २६ हजार रहेको छ। समुद्र सतह देखी न्यूनतम १०६१ मीटर उचाइको कोइराफाँट र अधिकतम ३२७८ मिटर उचाइको ठुलीनाङ्गी लेक यस पालिकाको सर्वोच्च स्थानमा रहको छ। पानीको लागि धनी मानिने यस पालिकाको अधिकांश भू–भाग महाभारत पहाडी श्रृङ्खलामा अवस्थीत रहेको छ। चार रङ्गका लालीगुराँस फुल्ने यहाँका अग्ला पहाडहरूमा हिउँद महिनामा हिउँले ढाकेर पहाडको रङ्ग नै सेताम्य बनाइदिन्छ। पालिकामा जातिगत आवादी हेर्दा क्रमशः जनजाती, दलित, क्षेत्री, सन्यासी, ठकुरी र बाहुनहरूको बसोबास रहेको देखिन्छ।
    • मुख्य प्रर्यटकीय स्थालहरूः
      गौमुखी, झाक्रीढुङ्गा, बाइसमुल झरना, नाङ्गी, दुईबहिनी, तामाखानी, दहबासे, रानी ताल, कैलाश दह, गोद्रे चौर, तिन पालिकाको संगम दिहाल्नाचौर, फापर छर्ने चौर, तामाङ गुम्बा,(अर्खा) पोखरा थाम चौर (रजबारा) रुपाचौर, सुपा देउराली (खुङ)आदी रहेका छन।
      रजबारा, खरा र अर्खाका घना जनजाति घर र बस्तीहरु। बाग्लीबाङ, जारगाउँ, ढाँडखानी, अर्खाडाँडागाँउका कठिनाई संग जुधिरहेका दलित बस्तीहरू ज्यादै मौलीक लाग्दछन्। खुङ्को ठकुरी संस्कृति, थनिकाको तामाङ संस्कृति, बग्लीबाङको दलित संस्कृति, नारीकोटको पुरीहरुका घर र संस्कृति विशेष आकर्षक लाग्दछन्। रजाबाराका खेलाडीको खेल प्रतिको प्रेम, लिबाङका अथक परिश्रमी किसान, नारीकोटको फाँटको सुन्दरता यहाँको वैभव जस्तो लाग्दछ।
    • अर्थतन्त्र र आय स्रोतः
      यहाँको अर्थतन्त्र कृषिमा आधारित रहेको छ। लगानी भन्दा उठानी कमू ऋणात्मक उत्पादन रहेको कृषि पेशामा विभिन्न अन्नखेती, पशुपालन, फलफूल खेतीका अलवा ज्याला मजदुरी, वैदेशिक रोजगार, सरकारी जागीर, विकास बजेट आदी रहेका छन। सारांशमा यहाँको आयश्रोत कमजोर र गरीबी उन्मुख छ।
    • मेला तथा चाडपर्वहरुः
      गौमुखी मेला, भुमे पुजा, कुल पुजा र देउलीहरु, अर्खाको लाटा नाँच, दसैँको मेला, तीज, दसैँ, तिहार, देउसीभैलो, देउराली पुजा, फागु र बुद्ध पूर्णिमा, जेठासी पुन्यु ,जेठ २० को मेला,लोसार आदि रहेका छन्।
    • शिक्षाः कक्षा १२ सम्म पढाई हुने यस पालिकाका ४५ वटा विद्यालयमा ९ हजार वढी बिद्यार्थी अध्यनरत रहेका छन्। कक्षा १२ सम्म जाँदा बिद्यार्थी टिकाउ दर १७.२ प्रतिशतको चिन्ताजनक आँकडा रहेको छ। मौजूदा माध्यमिक विद्यालयहरुमा कक्षा ११ र १२ संचालन गर्नुको साथै स्नातक तहको क्याम्पसको आवश्यकता बढ्दै गएको देखिन्छ।
    • प्राकृतिक प्रकोपः उच्च पहाडी भूभागको कारण प्राकृतिक प्रकोपको रूपमा यहाँ बाढी, पहिरो, चट्याङ, हावाहुरी असिना,हिउँ आदि रहेका छन। यसबाट जिउज्यान र खेतीपातीमा वर्षेनि क्षति व्यहोर्नु पर्दछ।
    • मुख्य समस्याहरुःविकट र कठिन बस्तीहरू, बसाई सराई, आयस्रोतको अभाव, ग्रामीण गरिबी र बेरोजगारी, परम्परागत कृषि प्रणाली, आकासे खेती, ऋणात्मक कृषि उत्पादन, सिंचाईको अभाब, कमजोर शैक्षिक गुणस्तर, अशिक्षा, पढाई पुरा नगरी बिचमै छोड्ने समस्या, अस्पताल, क्यम्पसको अभाव, कच्ची असुरक्षित सडकहरु, गुणस्तरहिन निर्माण, सरकारी बजेटमा अपारदर्शिता ,भ्रष्टाचार, राजनैतिक पूर्वाग्रह, रक्सी जुवाको कुलत, ढौटाल्ललिने आदी रहेका छन् ।

    संभावनाः

    • कृषी क्षेत्रको आधुनिककरण र बजारीकरण।
    • कृषी क्षेत्रमा सिंचाईको ब्यबस्था।
    • विद्यालयहरुको सुधार र क्याम्पस स्थापना।
    • प्युठान–बाग्लुङ सडकको निर्माण।
    • सडकहरुको स्तर वृद्धि र विस्तार ।
    • पालिका स्तरीय अस्पताल निर्माण।
    • गौमुखी–नौबहिनि संरक्षित वनको सही कार्यान्वयन।
    • मौजूदा पर्यटन क्षेत्रको सौन्दर्यकरण त्यहाँ पुग्ने पहुँच मार्गको निर्माण र प्रचार प्रसार।
    • सहकारी संस्थाहरूको एकिकृत सञ्चालन।
    • सामुदायिक वनको सही सञ्चालन र नियमन
    • गाउँपालिका केन्द्रको समुचित विकास।
    • बजारहरूको आधुनिकीकरण।
    • झिमरुक नदी नियन्त्रण।
    • स्थानीय उत्पादनमा जोड।
    • सुशासन ,पारदर्शिता र मितव्ययिता।
    • समाजसेवा र आदर्श नागरीकः
    • खगुलाल गुरुङः
      उनको जन्म रजबाराको खरा डिहिमा १९७५ भाद्र २५ गते भएको थियो। नेपालको वामपन्थी राजनीतिमा सात दशक लामो सकृय राजनीति गरेका कामरेड खगुलाल गुरुङको राष्ट्रिय स्तरको परिचय स्थापित छ। उनले जहानियाँ राणा शासन, पञ्चायती निरंकुशता र गणतन्त्र प्राप्तिको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनी डेड बर्ष जेल समेत परेका थिए। उनको १०४ वर्षको उमेरमा २०७८ असौज ३ गते निधन भएको थियो।
    • धिर्जबहादुर अर्गेजा घर्ती मगरः
      १९३८ सालमा रजबाराको फल्लेबासमा जन्मिएका थिए। उनी भारतीय फौजमा सुबेदार भयर रिटायर भएपछी आफ्नो गाउँ फर्किए । उनले झिमरुक खोलामै पहिलो पटक सिरुङ खोलामा वि सं १९८५ मा व्यक्तिगत खर्चमा साङले पुल बनाएका थिए। जसलाइ(छम)भनिन्थ्यो।गोरखपुरबाट फलामको पाता र रोल्पाको जेलबाङबाट कच्चा फलाम बोकाए महिनौ आरन चलाएर साङले पुल र सिँढी बनाएका थिए। उनले फल्लेबासमा गोलकार पोखरी निर्माण गरेर आफ्नो केही जग्गा र ढाडखानीमा थप जग्गा किनेर गौचरण घोषणा गरेका थिए। उनले ढाडबाट पोखरा जाने भिरको बाटो पनि आफ्नो खर्चमा खनाएका थिए। उनका सन्तान भने थिएनन्। समाजसेवी धिर्ज बहादुर अर्गेजाको १९८८ मा मृत्यू भएको थियो।
    • टेक बहादुर सुनार
      २००० साल पुसमा लिवाङको बाँझाखर्कमा जन्मीएका थिए । उनी भारतीय फौजमा भर्ती भएको चार बर्ष नहुँदै दुर्घटनामा परी दाहिने खुट्टा भाँच्चिएर लुलो भयो। पल्टनले पेन्सन दिएन, घर पठाइदियो। त्यसपछी उनि गाउँ फर्किएर लूलो खुट्टा घसार्दै बिद्यार्थी जम्मा गरेर पढाउन सुरु गरे। उनले पुजाको गोठाटी, खलाचौर, लैसरा ,जारगाँउ र अन्तमा लिवाङको घोप्टेमा बिद्यार्थीहरु पढाए। उनले सुरू गरेका प्रारंभिक विद्यालयहरु आजकाल गतिमान रुपमा संचालित छन। उनले विद्यार्थीको घरघर गएर मागेर खाने र विद्यार्थीले उठाएर दिएको दस बीस रुपियाँ लिने गर्दथे। उनले कहिल्यै सरकारी तलब खाएनन्÷पाएनन्। उनले यसरी डुँडो खुट्टा लतार्दै र घिर्सदै १९ बर्ष भन्दा बढि समय शिक्षा क्षेत्रमा योगदान दिए। उनको जिवन दुःख र आदर्शले भरिएको थियो । माफ गर्नु होला उनलाइ डुडोकामी भनिन्थ्यो। उनको वारेमा लेख्दा मलाइ भावुक बनाउँछ। घोप्टोको बिद्यालयमा पढाई रहेको समयमा आदर्श शिक्षक टेक बहादुरको २०५१ साल वैशाखमा दुःखद मृत्यू भयो।
    • गाउँपालिकाको गतिविधीः
      २०७३ सालमा गाउँपालिका स्थापना भएपछि स्थानीय विकास निर्माणमा केही सहजता उत्पन्न भएको छ। २०७४ असारमा भएको स्थानीय निर्बाचन पछि गाउँपालिका सञ्चालनको सिकाइ अनुभव संगाल्दै बाटोघाटो, स्वास्थ्य सेवा, खरको छाना हटाउन कर्कट पाता वितरण, वार्ड भवनहरूको निर्माण र केही विद्यालय भवनहरू समेत निर्माण भएका छन्। गएको पाँच वर्षमा गाउँपालिकालाइ दुई अरब भन्दा बढी बजेट प्राप्त भएको छ।
      आर्थिक पारदर्शिता र वित्तीय सुशासन बिना कुनै संस्था सफल हुन सक्दैन। स्थानीय शासन संचालन ऐन अनुसार न्यूनतम रूपमा गर्नुपर्ने सार्वजनिक सुनुवाई ०७७ भाद्र पछि यस पालिकामा गरिएको छैन। हरेक चौमासिक अवधि बितेको १५ दिन भित्र गाउँपालिका र वार्डले सार्वजनिक सुनुवाई गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। यहाँ रहेका वार्डहरुले त गत पाँच वर्षमा एकपटकसम्म सार्वजानिक सुनुवाई गर्न चाहेनन्। यसरी ऐन नियम मिचेर मनपरी शासन संचालन गर्नु राम्रो होइन। आर्थिक वर्ष २०७६(७७ मा महालेखा परीक्षकले आलोचना गरेका केही गम्भीर विषयमा हाम्रो ध्यान जानु आवश्यक छ। जस्तै एक आर्थिक बर्षको खाना खर्च १८लाख ८९ हजार। अनुगमन खर्च १८लाख ७२हजार । इन्धन खर्च१४ लाख (डोजर बाहेक)।आर्थिक सहायता १३लाख ५८ हजार। मर्मत खर्च आठ लाख। आ. ब. ०७६÷७७ मा कृषी क्षेत्रमा विनियोजित एक करोड भन्दा बढी बजेटको गा.पा. ले रकमान्तर गराउँदा किसानहरू निरास भएका थिए। ०७७÷७८ सम्म गाउँपालिकाको बेरुजु ३ करोड ९७ लाख रहेको छ। चालु खर्च ५१ प्रतिशत र विकाश बजेट ३२ प्रतिशतमा सिमित रहेको छ। गाउँपालिका अस्पताल भबनको ठेक्का बिना आर्थिक प्रतिस्पर्धा सेटिङमा दिएको बिषय अझै विवादित बनिरहेको छ।
      अन्य पालिकाहरुले प्रशासनीक भवन निर्माण गरेर नयाँ भवनबाट कार्यसम्पादन गरिसकेको अवस्थामा यस पालिकाले भबनको सुरुवात सम्म गर्न सकेन। कृषि,सिक्षा र पशुपालनको क्षेत्रमा न्युन बजेट अर्को समस्या बनेको छ।
    • अन्त्यमाः
      यहाँ बिद्यमान कठिन जीवनयापन , ग्रामिण गरीबी, बेरोजगारी, पछ्यौटेपन, अशिक्षा, अन्धविश्वास, प्रतिकूल भूगोल हाम्रा साझा समस्या हुन् । गौमुखी गाउँपालिकाको विकाश र उन्नयनमा हामी सबैको साझा प्रयास रहनु आवश्यक छ। यहाँ शासन गर्नेहरुले विकासको सवालमा सबैलाई सहभागी बनाउदै सुशासन र मितव्ययीतालाइ आफ्नो अभिन्न अङ्ग बनाएर लैजानु जरुरी छ।
      हामी अर्को सानो आसा पनि गरौं गाउँपालिकाले आफ्नो स्थापना दिवस सधै विर्सिरहने छैन। सिङ्गो गाउँपालिकाको समीक्षा र योजना बनाउने दिनको रुपमा हामीले गाउँपालिका स्थापना दिवशलाइ साझा रुपमा मनाउन सक्नेछौं। धन्यवाद।

    शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.