केसर सुनार,
प्युठान नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड बिजुवार शाखा र वाहाने शाखाद्धारा सञ्चालित हाजिरीजवाफ प्रतियोगिता मुक्ति मा.वि.मा सम्पन्न आइतवार सम्पन्न भएको छ । विजुवार शाखा प्रबन्धक केशवप्रसाद मैनालीको अध्यक्षता, मुक्ति मा.वि. का प्रधानाध्यापक योगेन्द्र बहादुर जि.सी. लगायत सहभागी विद्यालयका शिक्षक एवम् बैंकका कर्मचारी र विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भएको हो । हाजिरीजवाफ प्रतियोगितामा प्युठानका ६ वटा विद्यालयहरू मुक्ति मा.वि. राटामाटा, क्षेत्र विकास मा.वि.पुण्यखोला ,महेन्द्र मा.वि. खलङ्गा, जनता मा.वि. बाग्दुला, भुवनेश्वरी मा.वि. खैरा र भानुभक्त मा.वि. चुँजाठाँटीका विद्यार्थीहरु सहभागी भएका थिए । उक्त कार्यक्रममा प्रथम स्थान महेन्द्र मा.वि खलंगाले हासिल गरी रु ७ हजार नगद पुरस्कार प्राप्त गरेको छ । द्धितीय पुरस्कार मुक्ति मा.वि. राटामाटाले हासिल गरी रु ५ हजार नगद पुरस्कार प्राप्त गरेको छ। त्यस्तै तृतीय स्थान भुवनेश्वरी मा.वि खैराले हासिल गरी रु ३ हजार नगद पुरस्कार प्राप्त गरेको छ भने जनता मा.वि. बाग्दुलाले चौथौ स्थान हासिल गरी डायरी प्राप्त गरेको छ । उक्त कार्यक्रमको सहजीकरण गर्दै बैंकका कर्मचारी युवराज सिंह के.सी.ले बैंक लगायत सामान्य ज्ञान सम्बन्धी विभिन्न प्रश्नहरू सोधिएको बताए । सम्पूर्ण सहभागी टिमलाई बधाई दिँदै बैंकिङ ज्ञान सबैमा हासिल गराउनका लागि उक्त कार्यक्रम आयोजित गरिएको र सक्कली र नक्कली नोट कसरी चिन्ने भन्ने बारेमा जानकारी दिँदै ग्लोबल मनी वीक प्रत्येक वर्ष मार्च २१ देखि मार्च २७ सम्म मनाउँदै आइरहेको बताए ।
एनआईंविएलको हाजिरीजवाफ प्रतियोगिता
एनआईंविएलको हाजिरीजवाफ प्रतियोगिता
Advertisement
तपाईको प्रतिक्रिया