जनखोजी संवाददाता
प्युठान, ऐरावती स्वतन्त्र वाम गठबन्धनको प्रतिवद्धता सार्वजनिक गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) र स्वतन्त्र उम्मेदवार वीच चुनावी तालमेल गरी स्थानीय तह सदस्य निर्वाचन २०७९ मा होमीएको छ । माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा बुद्ध बस्नेत(बसन्त) र उपाध्यक्षमा एमालेको विद्रोही शक्तिको तर्फबाट टिका बहादुर गुरुङ प्रतिष्पर्धामा आएका छन् ।
२०७४ सालमा उपाध्यक्षमा निर्वाचित भए यता बुद्ध बस्नेत जनताको सेवा र विकास निर्माणमा प्रत्यक्ष सहभागी भएर समेत काम गरेका कारण लोकप्रिय बनेका छन् । माओवादी शक्ति हावी भएका कारण काँग्रेस र राजमोको तालमेल रहेको ऐरावतीमा माओवादीले जित्ने निश्चित भएको पालिकाका पार्टी नेताहरुले दावी गर्दछन् ।
बुद्धको ऐरावती समृद्ध बनाउने भिजन के छ ? हेरौं संक्षिप्तमा
स्वतन्त्र वाम गठबन्धन
नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र उम्मेदवारहरुको गठबन्धनः
ऐरावती गाउँपालिका प्युठान
स्थानीय तह सदस्य निर्वाचन –२०७९
प्रतिवद्धता पत्र
देशकोराजनीतिक, सामाजिक, आर्थिकतथा सांस्कृतिक रुपान्तरण मार्फत जनजीविकामा परिवर्तनको लागि भएका जनयुद्ध, जनआन्दोलनर वर्ग संघर्षमा जनताको बलिदान र त्यागको परिणामस्वरूपप्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई आधारभूततह देखि नै सबल र सुदृढ बनाई लोकतान्त्रिक लाभहरूको न्यायोचित वितरण र उपभोगको अवसर सबै नागरीकलाई प्रत्याभूत गराउने अभियानको रूपमा यहि २०७९ बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा नेकपा ९माओवादी केन्द्र० र स्वतन्त्र उम्मेदवारको गठबन्धनलाई निर्वाचित गराउन हाम्रो पार्टीले आगामी ५ वर्षमा ऐरावती गाउँपालिकाको समग्र विकासको लागि योप्रतिवद्धतापत्रमार्फत आफ्नो सोँच र दृष्टिकोण आम मतदाता समक्ष ल्याएकाछौं। जनता प्रतिको अविचलित निष्ठा र समर्पण, शुसासन, सामाजिक न्याय र जनपरिचालन मार्फत उत्पादन र रोजगारीको अभिवृद्धिगरीऐरावती गाउँपालिकालाई नेपालकै बहुआयामिक विकासको सिकाईकेन्द्र बनाउने अभियानमा यहाँहरूको योगदानकोलागि हार्दिक अपील गर्दछौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गोलाकार घेरा भित्रको हँसिया हथौडा र लौरो चिन्हमा मतदान गरीनेकपा ९माओवादी केन्द्र० का र स्वतन्त्र उम्मेदवारहरूलाई बहुमतले बिजयी गराउनुहुन विनम्र अनुरोध गर्दछौं ।
क० आर्थिक विकास
१। कृषि तथा पशुपालन
कृषि तथा पशुपालनः श्रमशिल बानी(कृषकको मान,
आफ्नै उब्जनीले पुराउँछौ खान
कृषि संस्कृति नै ऐरावतीको मूल संस्कृति हो र ऐरावतीको समुन्नतीको मुख्य आधार र सम्भावना कृषि र पशुपालननैभएकोलेकृषि क्षेत्रको आधुनिकीकरण, सहकारीकरण, व्यवसायीकरण, बजारीकरणगर्न समग्र एकीकृत कृषि विकास नीति तीन महिना भित्र बनाई कार्यान्वयन गरिनेछ। झिमरुक, माडी र छापेखोला क्षेत्रका हरेक जमिनमा सिँचाई सुविधा लगायत पूर्वाधारको विकास गरी कृषि सहकारी मार्फत ब्लक कार्यक्रम सञ्चालनगरीआगामी ५ वर्ष भित्र ऐरावतीलाई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनाइने छ र मौसमी तथा बेमौसमी तरकारीको निर्यात केन्द्रको रूपमा ऐरावतीको पहिचान बनाइने छ ।
२। तिघ्रा पाताल, तिल्केनी चुत्रेनी, जाबुने, अर्जाम हार्बुंग हुदै अमिली सम्म सुन्तला कागती जन्य फलफूल उत्पादनको विशेष कार्यक्रम सञ्चालनगरिनेछ ।
३। तिल्केनी देखि अमिलीसम्मको चुरेक्षेत्रमा ओखर, टिमूर, अम्रिशो लगायतका आयमूलक विरुवा सामुदायिक वन मार्फत रोपणगरी हराभरा बनाइनेछ ।
४। वडा नं ४ को तिल्केनी, वडानं ३ को कोल्बांग, वडानं २ को रानीवास कात्तिके उखुवारी, वडा नं १ को बेल्बोटरसल्लिकोट, वडा नं ५ को डाँडाखर्करबालिबिसौनारगोठिबांगलाई केन्द्रित गरीबृहत व्यावसायिक बाख्रापालनस्रोत केन्द्र कार्यक्रम सञ्चालनगरिनेछ। पशुपालनमा निर्यात हुनेगरी कार्यक्रम उत्पादनमावृद्धि गरिनेछ।
५। ठुलिलेख, अमिली, सिर्शेनी लगायतका क्षेत्रमा चिया, तथा कफी खेतिको सम्भाव्यता अध्ययन गरी खेति गरिनेछ।
६। रैथाने बिउ बिजन खेति प्रणाली र भण्डारण प्रविधिको विकास, उत्पादनको न्यूनतम मूल्य निर्धारण र बजारको सुनिश्चिताता, फलफूल तथा कृषि उपज बजार केन्द्र स्थापना गरिनेछ ।
७। झिमरुक करिडोर, माडी करिडोर र तिल्केनी(अमिली क्षेत्रमा एकरएकशीतभण्डार स्थापनागरिनेछ।
८। किसानको सारथी मोबाइल एप बनाईसबै उपयोगी सूचना र जानकारी हात(हातमा पुर्र्याइने छ ।
९। पालिकाको डेरी स्वाद फेरी फेरीकार्यक्रम अन्तरगत दुधजन्य उत्पादनकोबजारीकरणगरिनेछ, कोकजन्य पेय पदार्थकोसट्टामा लस्सी र मोही प्रवर्धनगरिनेछ, ।
१०। अर्गानिक र स्थानीय उत्पादनलाई प्रवर्धन र बजारीकरण गर्न पालिका कोशेली घर निर्माण गरिनेछ।
११। कृषकको गोठ तथा फार्ममा कृषि तथा पशुविज्ञ अनिवार्य रुपमा पुग्ने व्यवस्था गरिनेछ ।
२। उद्योग व्यापार व्यवसायस(
१। सार्वजनिक(निजी(सहकारी साझेदारी मार्फत स्थानीय तहमा उद्योग ब्यापार व्यवसाय प्रवर्धनगरिनेछ।
२। गाउँपालिका क्षेत्र भित्र क्रसरउद्योग, सावुन उद्योग लगायतका विभिन्न उत्पादनमूलक उद्योगहरु स्थापनामा जोड दिइनेछ ।
३। पालिकामा पेट्रोल पम्पहरु स्थापना गर्न प्रोत्साहन गरिनेछ ।
४। गाउँपालिका क्षेत्र भित्रका व्यापार व्यवसायलाई प्रवर्धन तथा नियमन गरिनेछ। साना घरेलु उद्योग र व्यापार व्यवसाय प्रवर्द्धनमाजोड दिईनेछ ।
५। नौमूरे जलाबिद्धुत आयोजना, क्रसरउद्योग जस्ता उत्पादन र रोजगारीको क्षेत्रमा सार्वजनिक(निजी साझेदारीमा विप्रेषण ९रेमिट्यान्स०को लगानी सुनिश्चित गरिनेछ।
६। शहर केन्द्रित वा वैदेशिक रोजगारीमा संलग्नयुवा शक्तीलाई स्थानीय तहमै एकल वा सामुहिक रूपमा रोजगारी र उत्पादन मूलक उद्यममाआवश्यकक्षमता विकास तथा लगानीको वातावरण बनाई भारत लगायत वैदेशिक रोजगारीमाजान बाध्य जनशक्तिलाई आफ्नै ठाउँमा उद्यम गर्ने वातावरण बनाइनेछ ।
७। उत्पादन तथा उद्यमशिलता गर्न इच्छुक युवायुवतीलाई सहुलियत ऋणको व्यवस्था गरिनेछ ।
३। बैंक वित्तीय संस्था र सहकारी
१। बैंक र वित्तीय संस्थाको कारोवारलाई सहज सरल, पहुँच योग्य र उत्पादन मुखी बनाउने नीतिबनाइनेछ । वित्तीय संस्थाहरूको लगानीको अनुगमन गरी नियमन र उत्पादन केन्द्रित गरिनेछ।
२। माडी क्षेत्रर लेक क्षेत्रलाई सहज हुनेगरी बैंकहरूको सेवा केन्द्ररसेवा दिन विस्तार गरिनेछ।
३। प्रत्येक परिवारलाई सहकारीमा आवद्दगरिनेछ ।पुँजी निर्माण र दिगो उत्पादनमूलक रोजगारीमा सहकारी र वित्तीय क्षेत्रलाई उच्चतम परिचालन गरिनेछ।
ख० सामाजिक विकास
१। शिक्षास्(
१। उच्च क्षमतायुक्तबौद्धिक र श्रमशील र उद्धमशील मानवीय पुँजीनिर्माणको आधारविन्दु विद्यालयलाई बनाइनेछ । विद्यालय शिक्षालाई व्यावसायिक, प्राविधिक, श्रमको सम्मान गर्ने, गुणस्तरीयशिक्षालाईआधार बनाईतीन महिना भित्र निर्दिष्ट खाका सहितको नीति कार्यक्रम बनाइ कार्यान्वयनगरिनेछ। विद्यालय करेसाबारी कार्यक्रम लागू गरिनेछ । माध्यामिक तहमा पुस्तकालय स्थापना गरी पठन संस्कृतिको विकास गरिनेछ।
२। सामुदायिक शिक्षाको स्तरोन्नतिकोलागि सामाजिक भावना र नैतिक शिक्षा, पाठ्यक्रमको एकरूपता व्यवहारीक र सीपमूलक, अनुसन्धानकेन्द्रितशिक्षामा जोड दिइनेछ ।
३। आधारभूततह लगत्तै व्यवहारीक र जीवनोपयोगी शिक्षा, माध्यामिक तहलाईविशेष विषय केन्द्रित प्रोजेक्ट वर्कलाई अनिवार्य गरिनेछ।
४। कला संस्कृति, भाषा, साहित्य, संगीत, परम्परागतज्ञान र सिप पठनसंस्कृतिको सम्वर्द्धनमा वैकल्पिकशिक्षालाई विशेष प्राथमिकता दिइनेछ ।
५। आधारभूत तहका शिक्षकलाई बालमैत्री शिक्षण सिकाई मनोवृत्ति प्रविधि विकासको लागि अभियानात्मक रूपमा तालिम र व्यवहारीक अभ्यास सञ्चालनगरिनेछ।
६। दिवा खाजा कार्यक्रममाविद्यालय शिक्षक कर्मचारीलाई पनि समावेशगरिनेछ।
७। माध्यामिकविद्यालयका प्रधानाध्यापकलाईव्यवस्थापकीय र प्रशासकीय जिम्मेवारीमात्र दिने व्यवस्था गरीफिडर आधारभूत विद्यालयहरूको समेत शैक्षिक विकासको नेतृत्व विकासमा सहभागी गराइनेछ ।
८। अभिभावक र विद्यालयसँगको सहकार्यमा, आविस्कार केन्द्र जस्ता अनुसन्धान संस्थासँगको साझेदारीमा कक्षा ११ र १२ का विद्यार्थीलाई आवाशीयव्यवस्था गरीजीवनोपयोगी सीप, संस्कृति र नैतिक एवं देशभक्त जनशक्ती विकासको लागि विशेष नमूना कार्यक्रम लागूगरिनेछ ।
९। विद्यालयमा पूर्वाधारसँगै गुणस्तर सुधारमा प्राथमिकता दिईविद्यालयलाई सामाजिक रुपान्तरणको आधारबिन्दुको रूपमा विकास गरिनेछ ।
१०। असल शिक्षक नै हाम्रा अनि राम्राकार्यक्रमसञ्चालनगरीशिक्षकहरूको पेशागत निष्ठा, प्रतिबद्दता र दक्षता अभिवृद्धि विकासमा जोड दिइनेछ, वस्तुनिष्ठ र पारदर्शी मूल्यांकन प्रणाली बनाई शिक्षकपुरस्कार र सजायको व्यवस्थागरिनेछ।
११। ऐरावतीमा जन्मी हुर्की सार्वजनिक जीवनका विभिन्न क्षेत्रमा ख्याती प्राप्प्त व्यक्तित्वहरूको ऐरावती मास्टर माइन्ड सम्मेलनगरीऐरावतिको समग्र विकासमा योगदान दिने अनुकुल वातावरण तयार गरिनेछ।
१२। वर्षमा २र२ जना विद्यार्थीलाई ःद्यद्यक् र नर्स साथै १ जना विद्यार्थीलाई पाइलट अध्ययनको लागि सम्पूर्ण शुल्क सहयोग गरिनेछ ।
२। स्वास्थ्य
आधारभूत स्वास्थ्यमा सम्पूर्ण जनताको सहज र सर्वसुलभ पहुँच, दिर्घ रोगीहरूको उपचारमा टेवा नै गाउँपालिकाको मुख्य स्वास्थ्य नीतिहुनेछ ।
१। स्वास्थ्य विमा सबै ऐरावती वासीको लागि प्रभावकारी बनाउन सहुलियत प्रदान गरी अनिवार्य गरिनेछ ।
२। सबै स्वास्थ्य संस्थातथा प्रसुती केन्द्रहरूलाई आधारभूत पूर्वाधार सहित प्रविधिमैत्री बनाई स्वास्थ्य कर्मीहरूलाई उच्च मनोबल सहित सेवा प्रवाह गर्न प्रोत्साहन गरिनेछ।
३। आधारभूत स्वास्थ्य परिक्षण हुने प्रयोगशाला सहितको सामुदायिक स्वास्थ्य केन्द्रमा चिकित्सक सहितको टोलिबाट उपचार हुने व्यवस्थागरिनेछ।
४। वडा नं ४ को तिल्केनी चुत्रेनी क्षेत्र सहित स्वास्थ्य संस्थाबाट टाढारहेका स्थानमा ६ महिनाभित्र सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिनेछ।
५। प्रत्येक स्वास्थ्य इकाईमा महिनामा एक पटक तालिकाबद्ध रूपमा उपचारात्मक सेवा र प्रत्येक चौमासिक रूपमा मुख्य मुख्य रोगहरूको९दन्त सेवा समेत० उपचारात्मक स्वास्थ शिविर सञ्चालनगरिनेछ। सबै वडाका स्वास्थ्य चौकीहरूमा टेलीमेडीसिन सेवा उपलव्ध गराउन आवश्यक व्यवस्था गरिनेछ।
६। महिला स्वास्थ्य स्वयंसेविकाहरुको आवश्यक क्षमता विकास गरी सामुदायिक स्वास्थ्य आनीबानी प्रवर्धनमा उत्प्रेरकको रूपमा परिचालन गरिनेछ । सो वापत प्रोत्साहन स्वरूप पाउने यातायातखर्च दोब्बर बनाइनेछ । अवकास हुने स्वयंसेविकालाई सम्मान सहित प्रोत्साहन रकम उपलब्ध गराइनेछ १
७। स्वास्थ्य संस्था र वडा कार्यालयको मातहत रहनेगरी पालिकाभित्र कम्तिमातीन वटा एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । ज्येष्ठ नागरीक र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलव्ध गराइनेछ ।
८। ज्येष्ठ नागरिक तथा दिर्घरोगीहरुको लागि मासिक रुपमा डाक्टर घरदैलो कार्यक्रम लागू गरिनेछ ।
९। विद्यालय शिक्षामाआधारभूत स्वास्थ्य, ध्यान, योग, परम्परागत उपचार पद्धति, आयुर्वेद स्वास्थ्य लगाएतका विषय समावेशगरी शिक्षा(स्वस्थ आनीबानी(सभ्य(मर्यादित जीवनशैलीको मान्यता कार्यन्वयन गरिनेछ।
१०। कुपोषणयुक्त बालबालिका, सुनौलो हजार दिनको आमा तथा ज्येष्ठ नागरीकलाई केन्द्रित गरीसमुदाय तहमा अभियानात्मक रूपमा स्वास्थ्य सचेतना र जागरण गरी पोषण मैत्री पालिका बनाइनेछ ।
११। बजार र सार्वजनिक स्थलहरूलाई धुम्रपान निषेधित क्षेत्र बनाइनेछ ।
३। विद्युत, खानेपानी तथा सरफाइ
१। एक घरपरिवारलाई मासिक २० युनिटसम्म विद्युत महशुल निःशुल्क बनाईनेछ ।
२। लिफ्ट खानेपानी र लिफ्ट सिँचाईको विद्युत महसुल पूर्ण निःशुल्क बनाईनेछ ।
३। खानेपानी तथा सरसफाई नीति र वस्तुगत वास योजना तीन महिना भित्र तयार गरिनेछ।
४। घरघरमा पानी स्वस्थ जिन्दगानीयोजना बनाईतीनचौथो वर्षसम्म सबै घर(घर ९एक घर एक धारा योजाना०मा आधारभूत स्तरको पर्याप्त खानेपानी सुविधा सुनिश्चित गरिनेछ।
५। पूर्ण सरसफाई र स्वस्च्छ्ता अभियान सञ्चालनगरीचौथो वर्षसम्म पूर्ण सरसफाई युक्त पालिका घोषणा गरिनेछ।
६। बजारउन्मुख क्षेत्रको सरसफाई व्यवस्थापनको लागि ल्याण्ड फिल साइटको निर्माण प्रक्रिया शुरु गरिनेछ।
४। सामाजिक समावेशीकरण, युवा तथा खेलकुद, भाषा साहित्य र संस्कृति
१। सामाजिक सुरक्षा भत्ता लिनको लागि ज्येष्ठ नागरिकलाई घरदेखि बैंकसम्म जान र फर्कनको लागि निःशुल्क यातायातको व्यवस्था गरिनेछ ।
२। पालिकाका हरेक योजना तथा क्रियाकलापहरूलाई समावेशी बनाउने नीति ल्याइनेछ । लैंगीक, जातीय, फरक क्षमता भएका ९अपांगता०, समूह मुख्यत महिला, दलित, जनजाती, भौगोलिक रुपमा पछाडी पारिएका लेक तथा माडीखोला क्षेत्रका समुदायलाई पहिलो प्राथमिकतामा राखीविपन्नलाई पहिले मान्यताको आधारमा कार्यक्रम तर्जुमा गरिनेछ।
३। ूतपाईको कोहिछैन रुआउनुहोस ऐरावती गाउँपालिका छू भन्ने अभियानलाई सार्थक बनाउन विपन्न, दलित, एकल महिला, दुर्गम क्षेत्रका समुदायलाई सरकार प्रति स्वामित्व र अपनत्व बढ्ने गरी कार्यक्रम बनाइने छ ।
४। छोरी जन्मिने बित्तिकै रु दुई हजारछोरीको खातामा जम्मा गर्ने व्यवस्था मिलाइनेछ ।
५। वडा नं ५ को सिन्दुरेडाडाको गन्धर्व वस्तीलाई लक्षित गरीहामी गाउँछौ, जनता जगाउँछौं, उत्पादन बढाउँदैगरिबी भगाउँछौतथा सारङ्गी संरक्षण कार्यक्रम नियमित सञ्चालनगरिनेछ।
६। जातीय छुवाछूत र भेदभाव अन्त्य गर्न प्रचलित कानूनको कडा कार्यान्वयन गर्ने र सम्वन्धित समुदायको अगुवाइमा जागरण अभियान सञ्चालनगरिनेछ। ऐरावती गाउँपालिकालाई पूर्ण छुवाछुतमुक्त बनाइनेछ ।
७। ऐरावतीखेलमैदान र जाबुने खेल मैदानलाई पालिकास्तरका आधारभूत पूर्वाधार सहितको खेलमैदान रयुवा क्लबको संरक्षण रहनेगरीसबै वडामा एक एक खेलमैदान बनाइने छ ।
८। जिल्ला तथा माथिल्लो तहमा प्रतिस्पर्धा गर्ने खेलाडी प्रोत्साहनको लागि विशेषकोष बनाइने छ ।
९। ऐरावती, बिजुलीकोट लगाएतका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्दै पर्यटन विस्तारगरिनेछ।
१०। ऐरावतीको पर्यटनको मूल आधार प्रकृती र पर्यावरण हो । तिल्केनी देखि अमिली सम्म सडक किनारामा हरियाली निर्माण गरी क्षितिजीय र भौगोलीक सौन्दर्यकारणगरिनेछ।
११। झिमरुक तथा माडी नदी किनारामा वृक्षारोपणगरी नदि सौन्दर्यरण गरिनेछ।
१२। ऐरावती साहित्य परिषदसँगको साझेदारीमा पालिका क्षेत्र भित्रको जनजाति, गन्धर्वसमुदाय सहितको भाषा संस्कृति, कला, साहित्यसम्वर्धन, गरिनेछ।
१३। लेक क्षेत्र र बिजुलीकोटलाइ केन्द्रित गरी साहसिक पर्यटकीय खेल सम्भाव्यता बारेअध्ययन अनुसन्धान गरिनेछ ।
ग० भौतिक पूर्वाधार विकास
आवधिक योजनालाई अद्यावधिक गरी पूर्वाधार विकास नीति तर्जुमा गरी पालिकाको समग्र पूर्वाधार विकासको सम्भाव्यता, औचित्यता, र लागत प्रतिफलको प्रभावकारिताअध्ययन गरी परियोजना बैंक बनाइ प्राथमिकताका आधारमा दीगो, उत्पादन मूलक, रोजगार बढाउने, पर्यावरण मैत्री, जनसहभागितामूलक र गुणस्तरीय पूर्वाधारमा मात्र लगानी सुनिश्चित गरिनेछ।
१। पालिका स्तरका पूर्वाधार विकासको लागि पालिकाको स्वामित्वमा पूर्वाधार विकास प्राधिकरण गठन गरिनेछ। ६ महिना भित्र आगामी ५ वर्षमा निर्माण गरीने पूर्वाधार विकास योजनाहरूको विस्तृत परियोजना प्रतिवेदन तयार पारिने छ ।
२। बरौंला क्षेत्रलाई व्यवस्थित र आधुनिक शहरको रुपमा विकसित गर्न वृहत नक्साङ्कन गरी लागू गरिनेछ ।
३। गाउँले जीवन सहरी सुविधाभन्ने मान्यताको आधारमा तीन महिना भित्र वस्ती विकास योजनार भू उपयोग योजना तर्जुमा गरिनेछ ।
४। खरका छाना रहेका सबैघरका खरका छाना विस्थापित गरिनेछ।
५। पहिलोवर्ष भित्र मुख्य मुख्य सबै वस्तीमा सडक पहुँच पुर्र्याइनेछ।
६। चेरनेटा(बरौला(जोगिटारी सडक कालोपत्रे गरिनेछ ।
७। पालिका केन्द्रसँग सबै वडाका केन्द्र जोडिने सडकलाईसधैंभरी यातायात सञ्चालनहुनेगरी स्तरोन्नती गरिनेछ।
८। चेरनेटा(तिल्केनी(अमिली सडकलाइस्तरउन्नतीगरी बस सेवा सञ्चालनमा ल्याइनेछ ।
९। ऐरावती परिधि मार्ग ९छाप(तिघ्रा पाताल( जाबुने(कोल्बांग(खर्सेदमार(चिदिवास( ऐरावती(माझिदमार (जुडा (चुकाहा(जोगिटारी(च्यान्टारी(चौरपानी(डाडाखर्क( सरांगबेशी(छाप० सडकलाई वर्षभरी यातायात सुचारु हुने बनाइनेछ ।
१०। पालिका स्तरमा पुस्तकालय, संग्राहलय, सहितको एक बहुउद्देश्यीय भवन निर्माण गरिनेछ।
११। चेरनेटा – चिना – जाबुने ( अमिलि ( कोलबोट ( अर्घाखाँची सडक कालोपत्रे गरिनेछ ।
१२। बरौला – कडकुरा – माझिदमार– अर्घाखाँची सडक ४ लेनमा विस्तार गरी कालोपत्रे गरिनेछ ।
१३। छापेखोला, झिमरुक र माडी किनाराकासबै खेतीयोग्य जमिनलाई सिंचाई सुविधा हुने गरी सिंचाई पूर्वाधारको व्यवस्थागरिनेछ।
१४। बरौला क्षेत्रमा उपयुक्त जग्गाको व्यवस्था गरी बसपार्क निर्माण गरिनेछ।
घ० सुशासन तथा संस्थागत विकासस्(
संविधानले दिएका एकल तथा साझा अधिकारको उच्चतम प्रतिफलप्राप्तिको लागि गाउँपालिकाको संगठनात्मक संरचनाको निर्माण गरीचुस्त, सहज, पारदर्शी र जवाफदेही सेवा प्रवाहको लागि नागरीकको अर्थपूर्ण सहभागिता र अपनत्व बढाइने छ।
१। तथ्यमा आधारित योजना तर्जुमा प्रणाली संस्थागत गरिनेछ। हाम्रो गौरव हाम्रो ऐरावती मोबाइल एप मार्फत सबैसूचना र जानकारी र सेवा जनताको हात हातमा पुराइने छ।
२। व्यक्तिगत घटना दर्ता लगाएतका अधिकांश सेवा अनलाइन प्रणालीबाट गरीने व्यवस्था मिलाइने छ ।
३। अनुसन्धान र विकास इकाईको निर्माणगरी अनुसन्धानमा आधारित विकास पद्दतिको कार्यान्वयनगरिनेछ।
४। हेलो ऐरावती टोल फ्री सेवा सञ्चालनगरी नागरीकका गुनासो, उजुरी लाइ तत्काल सम्वोधनहुनेप्रणाली निर्माणगरिनेछ।
५। विषयगत समितिहरूको क्षमता विकास मार्फतसबैजनप्रतिनिधिहरूलाई जिम्मेवार, जवाफदेही र गतिशील बनाइने छ ।
६। भ्रष्ट्राचार विरुद्द शून्यसहनशीलता अपनाइने छ, सुशासनर नागरीक मैत्री सेवा प्रवाहलाई सबै जनप्रतिनिधि र कर्मचारीको आधारभूत आचारसंहिता बनाइने छ ।
७। कर्मचारीहरूको कार्यसम्पादन सम्झौता गरिनेछ, वस्तुनिष्ठ कार्यसम्पादन मुल्यांकनको आधारमा प्रोत्साहन र दण्ड सजायको व्यवस्था गरिनेछ।
८। पालिका क्षेत्र भित्र मदिराजन्य दुर्व्यसन र लागुऔसध नियन्त्रण गर्न टोल सुधार समितिहरू क्रियाशील बनाइने छ ।
९। विद्यालयक्षेत्रको २०० मिटर परिधिसम्म मदिरा तथा सुर्ती जन्य पदार्थ विक्री पूर्णतया रोक लगाइने छ ।
उपरोक्त प्रतिवद्दता अनुसारको कार्ययोजनाको नतिजामूलक कार्यान्वयन गरी जनतालाई घर आँगनमै खोजेको बेला भेटिने र आफ्नो पसिनामा अनुभूत गरीने जनसेवक सरकार दिलाउन, जनतामा निहित सार्वभौम अधिकार प्रति गौरवबोध गराउनेमुख्य जिम्मेवारीसंघीय लोकतान्त्रीक गणतन्त्रको जन्मदाताको हैसियतले स्वतन्त्र वाम गठबन्धनको रहेको छ । तपाईंको सुखी र समृद्द बन्ने सपनामा हामी पाखुरीमा कृषि र पशुपालन, आँखामासमृद्धी र दिमागमा सुशासन र न्यायको मन्त्र भरेर पुरा गर्न चाहान्छौं । आफ्नो आत्मालाई साक्षी राख्नुहोस, आफ्नो मातृभुमीलाई सोध्नुहोस र प्रण गर्नुहोस । तपाईंर तपाईंका सन्ततीको भविष्यको फैसला तपाईंहरुले गर्दै हुनुहुन्छ । तपाईंको आत्मगौरव, आत्मसम्मान र स्वाभिमानलाई सम्मान गर्ने, सभ्य र समुन्नत ऐरावती निर्माणको महान् अभियानमादृढमनले गोलाकारभित्रको हँसिया हथौडा र लौरोचिन्हमा छाप लगाउनुहोस, तपाईं जिम्मेवार नागरीक बन्नुहोस, हामी जवाफदेही सेवक बन्छौं । हामी मिलेर हाम्रा सन्ततीको मुहारमा खुशीको रंग भरौं ।धन्यवाद ।
स्थानीय चुनाव प्रचार प्रसार समिति २०७९, ऐरावती गाउँपालिका प्युठान