शशिधर भण्डारी
प्युठान, बुधवार लुम्बिनी प्रदेशको वजेट लुम्बिनी प्रदेश सभामा पेश भएको छ । आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले आर्थिक वर्ष २०७९÷८० को लागि बजेट वक्तव्य पेश गरेका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, लुम्बिनी प्रदेश, प्रदेश सरकारको आर्थिक मामिला तथा सहकारी मन्त्रीको हैसियतले नेपालको संविधानको धारा २०७ बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेट प्रस्तुत गरेका हुन् ।
आर्थिक वर्ष २०७८÷७९ को प्रदेशको कुल गार्हस्थ उत्पादन रू. ६ खर्ब ८५ अर्ब रहेको जानकारी दिए । देशको कुल गार्हस्थ उत्पादनमा यस प्रदेशको योगदान १४ प्रतिशत रहेको छ भने प्रदेशमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको ४५.५ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५.३७ प्रतिशत हुने अनुमान रहेको छ । जुन नेपालको चालु आर्थिक वर्षको अनुमानित आर्थिक वृद्धिदर ५.८४ को नजिक रहेको छ । लुम्बिनी प्रदेशको प्रतिव्यक्ति आय ११०३ अमेरिकी डलर पुगेको छ ।
प्रदेश सरकारको नाराः समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेश
क) कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्दै मूल्य श्रृङ्खलामा आधारित बजारीकरण गरी कृषि क्षेत्रको आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने ।
ख) कृषि, उद्योग, पर्यटन र सेवा क्षेत्रहरूमा उत्पादन तथा रोजगारी वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै गरिबी न्यूनीकरण गर्ने,
ग) आधारभूत भौतिक पूर्वाधारहरूको विकास र विस्तार गरी पिछडिएका क्षेत्रको आर्थिक सामाजिक रूपान्तरण गर्ने,
घ) प्रदेशमा रहेका विभिन्न जातजाती, भाषा भाषी, धर्म र संस्कृतिका साथै मौलिक र परम्परागत सीप, कला र प्राकृतिक स्थलहरूको संरक्षण, सम्वर्द्धन र विकास गर्ने,
ङ) शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता दिंदै यी क्षेत्रहरूमा आम नागरिकको सहज पहुँच पुर्याषउँदै गुणस्तरीय सेवा उपलब्ध गराउने ।
प्रदेश गौरवका आयोजना
दाङ्गको देउखुरीमा रहेको राप्ती उपत्यकामा राजधानी व्यवस्थापन, लुम्बिनी प्राविधिक विश्व विद्यालय, लुम्बिनी प्रादेशिक अस्पताल र पाल्पाको रामपुरदेखि रोल्पाको पातिहाल्ना (जिनावाङ) सम्मको सडक (रामपुर–कपुरकोटः जिवराज आश्रित कृष्णसेन इच्छुक मार्ग) लाई प्रादेशिक गौरवका आयोजनाको रुपमा कार्यान्वयन गरिनेछ। यी आयोजनाहरूको लागि रू. १ अर्ब ६९ करोड विनियोजन
राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुर दाङ्गको नवनिर्मित भवनमा प्रसूति एवम् नवजात शिशुको उपचार सेवा सञ्चा्लन गर्न रू. १ करोड र अत्याधुनिक ल्याप्रोस्कोपी सेवा विस्तारको गर्न राप्ती प्रादेशिक अस्पताल र प्यूठान अस्पतालको लागि रू. २ करोडका दरले रू. ४ करोड विनियोजन
गुल्मी, प्युठान, बर्दिया र पृथ्वीचन्द्र अस्पतालमा डी.आर. एक्सरे सञ्चाालनको लागि रू. १ करोड ४० लाख र प्रादेशिक आयुर्वेद चिकित्सालय, दाङ्गमा आयुर्वेद औषधि उत्पादन केन्द्रबाट औषधि उत्पादनका लागि रू. ३ करोड विनियोजन
पृथ्वी चन्द्र अस्पताल नवलपरासी, कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र, भिम अस्पताल भैरहवा, लुम्बिनी प्रादेशिक अस्पतालको क्यान्सर विभागको भवन, एकीकृत आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिक्षण अस्पताल बेलझुण्डी दाङ्ग, रुकुम पूर्व अस्पताल, ट्रमा सेन्टर लमही दाङ्ग, प्युठान अस्पताल प्युठान लगायत प्रदेश सरकार अन्तर्गतका अस्पतालहरु र स्थानीय स्वास्थ्य संस्थाहरूको सुदृढीकरण र भवन निर्माणका लागि रू ६७ करोड २० लाख विनियोजन
रोल्पा, प्यूठान र रूकुम पूर्वमा रहेको अल्लो व्यवसाय प्रवर्द्धन गरी रोजगारी र आय आर्जन वृद्धि गर्न सोको उत्पादन, प्रशोधन तथा कपडा तयारीका लागि सहयोग गर्न आवश्यक बजेट विनियोजन
रूकुम पूर्व, रोल्पा र प्यूठान जिल्लामा ओखर खेती विकास कार्यक्रमलाई निरन्तरता दिएको छु। टिमुर, अल्लो, दालचिनी, चिउरी, मालागिरी लगायतका जडीबुटीको वृहत्तर खेती विस्तार कार्यक्रम सञ्चाललन गरिनेछ। दाङ, बाँके र सबै पहाडी जिल्लाहरूमा जडीबुटी तथा गैरकाष्ठ वन पैदावार विकास कार्यक्रम कार्यन्वयन गरिनेछ। उल्लिखित कार्यक्रमका लागि रू. ४ करोड ७४ लाख विनियोजन
गुल्मीको मदाने, रेसुङ्गा र थाप्ले, प्युठानको गौमुखी, रोल्पाको जलजला र बर्दियाको खाता क्षेत्रमा संरक्षित वन व्यवस्थापन र वन क्षेत्र भित्र रहेका ऐतिहासिक तथा मनोरम प्राकृतिक भू–भागमा पर्यापर्यटन प्रवर्द्धन गर्न रू. ४ करोड ४७ लाख विनियोजन
जिल्ला सदरमुकाम एवम् महत्पूर्ण सार्वजनिक स्थलहरूमा सौर्य बत्ती जडान गरी सौन्दर्यीकरणका गरिनेछ ।
बढ्दो उर्जाको माग र आपूर्तिलाई वैज्ञानिक तवरबाट व्यवस्थापन गरी उर्जा उत्पादन, वितरण र व्यवस्थापन गर्न लुम्बिनी उर्जा विकास कम्पनी स्थापना गरिनेछ। बहु प्रतीक्षित नौमुरे बहुउद्देशीय जल विद्युत आयोजना नेपाल सरकारको समन्वयमा प्रदेशबासी, स्थानीय तह तथा प्रदेश सरकार समेतको सहभागिता र सहयोगमा निर्माण तथा सञ्चालन गरिनेछ। यसका लागि आवश्यक बजेटको व्यवस्था
गुणस्तरीय पाठ्यक्रम, दक्ष प्रशिक्षक, प्रभावकारी शिक्षण विधि र सीप परीक्षणका माध्यमबाट गुणस्तरीय तालिम सञ्चालन गर्न प्युठानमा ल्याब सहितको “सीप प्रतिष्ठान“ स्थापना गर्न रू. १ करोड विनियोजन
रूकुम पूर्वको भुमे र दाङको तुल्सीपुरमा रहेको बहुप्राविधिक शिक्षालयको भौतिक संरचना निर्माण कार्यलाई निरन्तरताका दिएको छु। विज्ञान र प्रविधिको अनुसन्धान तथा विकास र सो सम्बन्धी सीप विकासका लागि प्रदेशमा एउटा विज्ञान प्रविधि तथा बहुप्राविधिक प्रतिष्ठान स्थापना गरिनेछ। रुपन्देहीको मर्चवारमा अवध बहु प्राविधिक शिक्षालय, बर्दियाको गेरुवामा थारुवान बहु प्राविधिक शिक्षालय र प्युठानमा मगरात बहु प्राविधिक शिक्षालय स्थापना गरिनेछ। उल्लिखित कार्यक्रम कार्यन्वयनका लागि रू ६ करोड ८० लाख
अन्तरप्रदेश समन्वयमा लुम्बिनी – मानसरोवर पर्यटकीय सर्किटको सम्भाव्यता अध्ययन गरिनेछ। विश्वसम्पदा सूचीमा परेका र प्रसिद्ध धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा मनोरम प्राकृतिक क्षेत्रहरूको विकास गरी पर्यटन प्रवर्द्धन गरिनेछ। रोल्पाको होलेरी र प्युठानको बड्डाँडा लगायतका स्थानहरूमा हिल स्टेशनको सम्भाव्यता अध्ययन गरी विकासका लागि निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गरिनेछ। यसका लागि रू. २ करोड विनियोजन गरेको छु।
नदी सभ्यतामा आधारित पर्यटन प्रवर्द्धन कार्यलाई निरन्तरता दिएको छु। “बुद्ध र प्रभुमहाराजका विचारः लुम्बिनी प्रदेशको उपहार“ को मर्म बमोजिम लुम्बिनी तथा स्वर्गद्वारी क्षेत्रमा स्थानीय तहको सहकार्यमा सो क्षेत्रको माटो, पानी तथा अन्य स्थानीय वस्तुको प्रयोग गरी स्थानीय हस्तकलामा आधारित चिनोको रुपमा विभिन्न कलात्मक सामग्रीहरू निर्माणको लागि सम्भाव्यता अध्ययन गरी चिनो उद्योगको स्थापना गरिनेछ। उत्पादित वस्तुको व्यापार प्रवर्द्धन गर्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा एउटा चिनो (सोभेनियर) हल स्थापना गरिनेछ।
रुकुम पूर्व¸ रोल्पा र प्युठानका मगर जातिको भाषा, संस्कृति तथा रहन–सहनको अध्ययन अनुसन्धान गरी संरक्षण, संवर्द्धन र विकासका लागि कार्यक्रम सञ्चाथलन गर्ने प्रबन्ध
गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग बर्दियाको कृष्णसार, बाँकेको वागेश्वरी, दाङ्गको बाह्रकुने, रोल्पाको जलजला, प्युठानको स्वर्गद्धारी, गुल्मीको रेसुङ्गा, पाल्पाको रानीमहल, अर्घाखाँचीको सुपादेउराली, रुपन्देहीको मर्चवारीमाई, कपिलवस्तुको शिवगढी, नवलपरासीको गौतमबुद्ध स्तुपा र रुकुम पूर्वको ढोरपाटनलाई ऐतिहासिक, धार्मिक र प्राकृतिक बाइसे चौबिसे सर्किटका गन्तव्य स्थलको रुपमा विकास गर्न बजेट विनियोजन