जनखोजी संवाददाता
प्युठान, सरुमारानी गाउँपालिकाको एउटा शिविरबाट ८ प्रतिशत महिलाहरुको पाठेघरमा समस्या देखिएको छ । वड्डाडा आधारभुत स्वास्थ्य सेवा केन्द्र सरुमारानी गाउँपालिका–४ मा सञ्चालन गरिएको शिविरबाट सो समस्या भेटिएको हो ।
शिबिरमा गाउपालिकाका ६२ महिलाको पाठेघरको परीक्षण गरिएको सरुमारानी गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले जानकारी दिए । ‘परीक्षणबाट ५ जनाको समस्या देखियो’ रायमाझीले भने ‘३ जनाको सामान्य र २ जनाको अप्रेशन गर्नै पर्ने भेटियो’ ।
सरुमारानी गाउपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त शिविरमा जिल्ला अस्पताल प्युठानका डा. सञ्जय कक्षपति, नसिंङ अधिकृत राधा के.सी., गाउँपालिकाका स्वास्थ्यकर्मीले परीक्षण गरेका थिए ।
Advertisement