काठमाडौं– रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । लामिछानेले गएको असार ७ गते पार्टी खोलेको घोषणा गरेका थिए।
पार्टीले गोलाकारभित्रको घण्टी चुनाव चिन्ह पाएको छ । ‘हामीले सुरुमा दुई वटा चुनाव चिन्ह प्रस्ताव गरेका थियौं,’ पार्टीका प्रवक्ता डा. मुुकुल ढकाल भने, ‘घण्टी र गोलाकारभित्रको घण्टी प्रस्ताव गरेका थियौं ।’ उनले आयोगले गोलाकारभित्रको घण्टी चुनाव चिन्ह दिएको इकागजलाई जानकारी दिए ।
Advertisement
पार्टी आयोगमा १८७ नम्बरमा दर्ता भएको हो ।