सुवाश भण्डारी
प्युठान, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )को जिल्ला सम्पर्क कार्यालयको शनिवार उद्घाटन गरिएको छ । प्युठान नगरपालिका–४ जुम्रीबजारमा जिल्ला कार्यालयको अखिल (क्रान्तिकारी) का निवर्तमान केन्द्रीय सचिव तथा प्युठान नगरपालिकाका प्रवक्ता सुमनराज श्रेष्ठले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले जनयुद्ध र जनआन्दोलन सहित अनेकन संघर्षमा सहादत, वेपत्ता, घाइते तथा अग्रजहरुको सपना साकार पार्न अखिल क्रान्तिकारी जुझारु संगठनको रुपमा उभ्याउनु पर्नेमा जोड दिए ।
कार्यक्रलय उद्घाटनसंगै अखिल (क्रान्तिकारी)को तेस्रो बिस्तारीत बैठक तथा प्रशिक्षणात्मक कार्यक्रम पनि सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) प्यूठानका अध्यक्ष प्रेम बहादुर बिश्वकर्माको अध्यक्षता, नेकपा (माओबादी केन्द्र) लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य कृष्ण घिमिरे, अखिल क्रान्तिकारीका निवर्तमान केन्द्रीय सचिव सुमनराज श्रेष्ठ, केन्द्रीय सदस्य पुस्कर शर्मा ,लुम्बिी प्रदेश मुख्य सचिव राजेन्द्र बिष्ट, लुम्बिनी प्रदेश सचिव सुदर्शन पुन लगायतले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । कार्यक्रममा अनेरास्वीयू लुम्बिी प्रदेश कार्यालय सदस्य अच्युत गौतम ,सचिवालय सदस्य प्रतिक अधिकारी लगायत जिल्लाका विभिन्न विद्यालयमा गठन गरिएको इकाइ समितीका पधादिकारीहरुको सहभागीता रहेको थियो ।
अखिल (क्रान्तिकारी) प्यूठानको कार्यालय उद्घाटन
अखिल (क्रान्तिकारी) प्यूठानको कार्यालय उद्घाटन
Advertisement
तपाईको प्रतिक्रिया