नेत्र खनाल
दाङ , राप्ती गाउँपालिकाले ट्राफिक प्रहरी अस्थायी पोस्ट भालुबाङ र सिसहनियाको लागि विभिन्न किसिमका दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने सामाग्री हस्तान्तरण गरेको छ ।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षतामा भएको एक कार्यक्रममा इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख सुजन बिक्रम साह र अस्थायी ट्रफिक पोस्ट भालुबाङका प्रमुख सुजन कुमार पन्त लाई अध्यक्ष प्रकाश बिष्टले हस्तान्तरण गरेका हुन् । सेफ्टी कोण , ज्याकेट, म्याजिक लाइट , ब्रेथलाइजर मेसिन लगायत करिब चालीस हजार आठ सय पचास बराबरको सामाग्री हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष बिष्टले राप्ती गाउँपालिका भित्र हुने गरेका विभिन्न सम्भाबित दुर्घटना न्यूनीकरण गर्न सहयोग गर्ने उदेश्य राखी गा.पा.ले यी सामाग्री हस्तान्तरण गरेको बताए ।
सामाग्री ग्रहण गर्दै इलाका प्रहरी कार्यालयका प्रमुख साहले सम्भाबित दुर्घटना न्यूनीकरण गर्न गा.पा.ले गरेको प्रयास सराहनीय रहेको वताउदै खुसी व्यक्त गरे । उक्त हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष नुमानन्द सुवेदी , वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारी , पुर्ब वडा अध्यक्ष जगत बहादुर थापा , उद्योग बाणिज्य संघ भालुबाङका सचिब भरतमणि न्यौपाने लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको संचालन शिक्षा अधिकृत बासुदेब खनालले गरेका थिए ।
ट्राफिक प्रहरीलाई राप्ती गा.पा.द्वारा सामाग्री हस्तान्तरण
ट्राफिक प्रहरीलाई राप्ती गा.पा.द्वारा सामाग्री हस्तान्तरण
Advertisement
तपाईको प्रतिक्रिया