जनखोजी संवाददाता
प्युठान, आगामि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको उम्मेद्वारी सिफारिस चलिरहेको छ । राजनितिक दलहरुले धमाधम उम्मेद्वार सिफारिसका कार्यक्रम गरिरहेका छन् । मंगलवार नेकपा(माओवादी केन्द्र)ले प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट शुरु गरेको छ । प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट माओवादी केन्द्रका प्रदेश सचिव कृष्ण कुमार अधिकारी प्रकाश एकल रुपमा सर्वसम्मतीले सिफारिस भएका छन् ।
नेकपा (माओवादी केन्द्र) प्रदेशसभा समन्वय समिति क्षेत्र नं. १ को बैठकले प्रकाशलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउन सिफारिस गरेको हो। उनको नाम पार्टीको जिल्ला समन्वय समितिले टुंग्याउने छ। बुधबार प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ को उम्मेदवार र बुधबार प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि नामावली सिफारिस हुने नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति प्यूठानका संयोजक पित बहादुर एमसीले जानकारी दिए।
क्षेत्रीय समन्वय समितिले प्रतिनिधिसभा सदस्यका लागि पार्टीका केन्द्रीय सचिव लिलामणी पोखरेल, पोलिटब्यूरो सदस्य कृष्णध्वज खड्का, पूर्व सांसद् नारायण प्रसाद अधिकारी र नेता वाइबी थापाको नाम सिफारिस गरेको छ।
प्रदेश २ समन्वय समितिले पनि प्रतिनिधिसभा सदस्यको नाम जिल्लामा पठाउने र त्यसमध्येबाट छनौट गरेर अन्तिम निर्णयका लागि पार्टीको जिल्ला समन्वय समितिले केन्द्रमा सिफारिस गर्ने छ।
समानुपातिक तर्फबाट सिफारिसका लागि जिल्ला समन्वयलाई नै जिम्मा दिइएको नेकपा (माओवादी केन्द्र) प्रदेशसभा समन्वय समिति क्षेत्र नं. १ का सचिव नरेश्वर लम्सालले जानकारी दिए ।
प्युठान प्रदेश निर्वाचन क्षेत्र नं. १ मा माओवादीबाट प्रकाश सर्वसम्मत्
प्युठान प्रदेश निर्वाचन क्षेत्र नं. १ मा माओवादीबाट प्रकाश सर्वसम्मत्
Advertisement
तपाईको प्रतिक्रिया