जनखोजी संवाददाता
प्युठान,विधार्थीसँग अखिल क्रान्तिकारी भन्ने नारा सहित माण्डवी गाउँपालिकाका सबै माध्यामिक विद्यालयमामा संगठन निर्माण गरेको छ । बुधबार माण्डवी गाउँपालिका–४ उदयपुरकोट स्थित कामाक्षी माद्यामिब विद्यालयमा ओविराम सुनारको अध्यक्षतामा अखिल क्रान्तिकारीको इकाइ कमिटि गठन गरिएको छ । जस्को उपाध्यक्षमा चन्द्रा राना, सन्तोष पुन, ुसचवमा बालिका थापा, सह सचिब मनिशा महरा र कोषाध्यक्ष निर्मला कार्की रहेका छन् । १३ सदस्यीय इकाइ कमिटि गठन भएको हो ।
बुधाबार नै माण्डवी गाउँपालिका–५ तिग्रा स्थित बागेश्वरी माद्यामिक विद्यालयमा अभिषेक पन्थी को अध्यक्षतामा २१ सदस्यीय इकाई कमिटि गठन गरिएको छ । उपाध्यक्षमा शर्मिला विश्वकर्मा
,सचिब पुजा बिक, सह–सचिब ओमप्रकाश आचार्य, खिमा घर्ति र कोषाध्यक्ष शिशिर आचार्य रहेका छन् । माण्डवी माद्यामिक विद्यालय नयाँगाउँमा अनुशन सुनारको अध्यक्षतामा
२१ सदस्यीय कमिटि गठन गरिएको छ । उपाध्यक्षमा सिर्जना बिक, मुकेश थापा , सचिब सन्दीप नेपालि, सह सचिब पुस्पा के.सी., सह सचिब वेगम क्षेत्री र कोषाध्यक्ष शर्मिला क्षेत्री रहेका छन् ।
गणेश मा.बी. तिराममा रविन शर्माको अध्यक्षतामा १७ सदस्यीय कमिटि गठन गरिएको छ । उपाध्यक्ष झरना बिक, निर्मल ठेडी, सचिब कौशल गौतम, सह सचिब दिपेश डुङ्लुङ्गा, शोभा घर्ती र कोषाध्यक्ष कल्पना बस्नेत रहेका छन् ।
त्यसैगरी सुननानी आधार मा.वी रातापानिमा प्रदिप अधिकारीको अध्यक्षतामा १७ सदस्यीय इकाई कमिटि गठन गरिएको छ । उपाध्यक्षमा पुस्पा घर्ति
चेतन पुन मगर, सचिब बिनोद थापा मगर, सह सचिब नेमराज वली, सह सचिब सिमा पुन र कोषाध्यक्षमा गंगा रहेका छन् ।
माण्डवी सकिएसंगै ऐरावतीका विद्यालयमा अखिल क्रान्तिकारीका इकाई कमिटिहरु गठन गर्न थालिएको अखिल क्रान्तिकारी प्यूठानका अध्यक्ष प्रेम बहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार क्रान्तिकारीको इकाइहरु जिल्लाका सबै माविहरुमा गठन हुनेछन् ।
ऐरावती गाउँपालिकाको धुवाङ स्थित पदमोदय माद्यामिक विद्यालयमा मनोज थापामगरको अध्यक्षतामा १७ सदस्यीय अखिल क्रान्तिकारीको इकाइ कमिटि गठन गरिएको छ । विनिता सापकोटा र विशाल पुन उपाध्यक्ष, सचिब सुजल रोका मगर , सह सचिब सन्दिप भण्डारी, सबिना भण्डारी र कोषाध्यक्षमा दिपेन्द्र राना मगर चयन भएको विश्वकर्माले जानकारी दिए ।
विधार्थीसँग अखिल क्रान्तिकारी, माण्डवीका सबै माविमा संगठन निर्माण
विधार्थीसँग अखिल क्रान्तिकारी, माण्डवीका सबै माविमा संगठन निर्माण
Advertisement
तपाईको प्रतिक्रिया