• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ १०, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

निर्वाचन खर्च विवरण नबुझाएका गुल्मीका ७ सय ४२ जना उम्मेदवारलाई १३ करोड ५२ लाख जरिवाना


  •   बुधबार, असोज ०५, २०७९ मा प्रकाशित

  • टाेपराम केसी गुल्मी-निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ को खर्च विवरण नबुझाउने गुल्मीका ७४२ जना उम्मेदवारलाई जरिवाना गरेको छ । समयमै खर्च विवरण नबुझाउने र चित्तबुझ्दो स्पष्टीकरण नबुझाउने ७ सय ४२ जना उम्मेदवारलाई जरिवाना गरेको हो । आयोगको कारबाहीमा पर्नेहरूमा नगरपालिका प्रमुख उपप्रमुखका उम्मेदवार १३ जना, गाउँपालिका अध्यक्ष उपाध्यक्षका उम्मेदवार ४७ जना, नगरपालिको वडाध्यक्ष र सदस्य पदका उम्मेदवार २ सय १२ जना र गाउँपालिकाका वडाध्यक्ष र सदस्य पदका उम्मेदवार ४ सय ७० जना रहेका छन् । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार भई कानुन बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने तथा बिलम्ब गरी बुझाउनेहरू उपर स्पष्टीकरण पेस गर्न आयोगको मिति २०७९ साउन ३१ को निर्णय बमोजिम भदौ १ गते गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो । सूचना बमोजिम ७ दिनभित्र स्पष्टीकरण पेस नगरेको तथा प्राप्त स्पष्टीकरणको व्यहोरा चित्तबुझ्दो नदेखिएको आधारमा निर्वाचन आायेग ऐन, २०७३ को दफा २४ बमोजिम निर्वाचन आयोग ऐनको दफा २६ उपदफा (१) बमोजिम जरिवाना गरेको आयोगले जनाएको छ ।
    आयोगले नगरपालिका प्रमुख र उपप्रमुखको हकमा ४ लाख ५० हजार, वडाध्यक्ष र सदस्यहरूको २ लाख, गाउँपालिका अध्यक्ष उपाध्यक्षको ३ लाख ५० हजार र वडाध्यक्ष तथा सदस्यहरूको १ लाख ५० हजार जरिवाना निर्धाण गरेको छ । जस अनुसार ७४७ जनालाई १३ करोड ५२ लाख जरिवाना गरिएको छ ।
    उक्त जरिवाना अनुसार गुल्मीमा १३ जना नगरप्रमुख र उपप्रमुखका उम्मेदवारबाट ५८ लाख ५० हजार, वडाध्यक्ष र सदस्यका २ सय १२ जना उम्मेदवारबाट ४ करोड २४ लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका ४७ जना उम्मेदवारबाट १ करोड ६४ लाख ५० हजार र वडाध्यक्ष र सदस्यका ४ सय ७० जना उम्मेदबारबाट ७ करोड ५ लाख जरिवाना संकलन हुनेछ ।
    निर्वाचित जनप्रतिनिधिमध्ये मुसिकोट नगरपालिकाका प्रमुख जीवलाल खरेल जीवन र उपप्रमुख गंगा श्रेष्ठ तथा कालिगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापा र सत्यवती गाउँपालिका उपाध्यक्ष निरमाया तरामु जरिवानामा परेका छन् ।
    मुसीकोट २ का वडाध्यक्षका उम्मेदवार रविन्द्र केसी, ३ का वडाध्यक्ष शंकर बहादुर रायमाझी, ४ का वडाध्यक्ष जुक्तबहादुर छन्तेल, ५ का वडाध्यक्ष ऋषिश्वर अर्याल, ६ का वडाध्यक्ष खड्क बहादुर खड्का, ७ का वडाध्यक्ष हरिहर सापकोटा, ८ का वडाध्यक्ष रमेश विक, ९ का वडाध्यक्ष भुमा गुरुङ्ग छन् ।
    त्यस्तै रेसुङ्गामा वडा नं. १ का वडाध्यक्ष राम प्रसाद पन्थी, २ का वडाध्यक्ष हिराबहादुर थापा, ५ का वडाध्यक्ष दुर्गा प्रसाद खनाल, ७ का रामप्रसाद पन्थी, १४ का धनबहादुर पुन जरिवाना तिर्नेमा परेका छन् ।
    इश्मा गाउँपालिका २ का वडाध्यक्ष लोकनाथ आचार्य, ३ का वडाध्यक्ष ज्योतिराज कुँवर, ४ का राजु बस्नेत, कालिगण्डकी २ का वडाध्यक्ष रेशमराज न्यौपाने, ४ का होमबहादुर थापा, ५ का दानबहादुर राना, ६ का पूर्णबहादुर थापा, गुल्मी दरबार १ का वडाध्यक्ष राजेन्द्र कँडेल, चन्द्रकोट २ का वडाध्यक्ष कमल केसी, ७ का अनन्तराम भण्डारी जरिवानामा परेका छन् ।
    छत्रकोट १ का वडाध्यक्ष घनश्याम न्यौपाने, ५ का रामप्रसाद कँडेल, धुर्कोट १ का वडाध्यक्ष चेतमान कुँवर, ४ का बीरबहादुर कुँवर, मदाने ६ का वडाध्यक्ष मनिराम थापा, सत्यवती ३ का जीतबहादुर तरामु, ५ का बाबुराम ज्ञवाली, ६ का विष्णुप्रसाद भण्डारी, ७ का लोकबहादुर बुढाथोकी, ८ का होमबहादुर राना पनि जरिवानामा परेका छन् ।

    Advertisement

    बुधबार, असोज ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.