जोन प्युठान,
झिमरुक, झिमरुक नेपाल राष्ट्रिय माध्यामिक विद्यालय झिमरुक ६ मर्काबाङ्को आयोजनामा वडा स्तरिय हाजिरी जवाफ तथा नृत्य प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । विद्याथिहरुलाई क्षमता अभिवृद्धि गर्न र आफ्नो कलामा विकास गर्ने उद्दश्येका साथ वडामा रहेका प्रा.वि विद्यालय स्तरिय हाजिरी जवाफ र नृत्य प्रतियोगिता गरिएको हो । प्रतियोगितामा वडाका ६ ओटा प्रा.वि विद्यालय सहभागि रहेको कार्यक्रममा हाजिरी जवाफ क्रियाकपाल अन्तरगत विजेता प्रथम ने.रा.मा.वि मर्काबाङ,दोस्रो चिरायु मा.वि चिसाबाङ तेस्रो बाल सुधार प्रा.वि थारुखर्क र सान्वना भुवनेश्वरी प्रा.वि नेटा भएका छन भने नृत्य तर्फ प्रथम ने.रा.मा.वि मार्काबाङ दोस्रो चिरा उ मा.वि चिसाबाङ्ख तेस्रो बाल सुधार प्रा.वि थारुखर्क र सान्वना भुवनेश्वरी प्रा.वि नेटा विजेता भएका छन । विद्यालयले आयोजना गरेको कार्यक्रमको पुरुस्कार प्रायोजन हाजिरी जवाफ अन्तरगत प्रथम विद्यालय व्यस्थापन समितिका सदस्य समेत रहेका आयुस्मा किराना स्टोरका प्रो.लोक बहादुर नगरकोटी, दोस्रो स्थानिय रेम बहादुर नगरकोटी तेस्रो स्थानीय दिलमाया नगरकोटी सान्वना स्थानिय शुशिला नगरकोटीले गरेका थिए । नृत्य तर्फ प्रथम वडा सदस्य मित्रु गिरी दोस्रा वडाका प्राविधिक बासुदेव गिरी तेस्रो स्थानिय मिना नगरकोटी सान्वना विद्यालय व्यस्थापन समितिका सदस्य विष्ना सुनारले पुरुस्कार प्रायोजन गरेका थिए ।
विद्यालय व्यस्थापन समितिका अध्यक्ष हेमराज भटट्राईको अध्यक्षतामा सुरुभएको कार्यक्रमको प्रमुख अथिति झिमरुक गाउँपालिका वडा न ६ का वडा अध्यक्ष धन बहादुर पुन रहेका थिए । कार्यक्रममा वडाका महिला सदस्य प्रतिनिथि खिमा श्रेष्ठ लगाए स्थानिय समाजसेविहरुको उपस्थित रहेको थियो । विद्यालयका प्रध्यानध्यापक इन्द्रमणी पौडेलका अनुसार विद्यालयले पहिलो पटक वडा स्तरिय कार्यक्रम आयोजना गरेकोहो ।