Advertisement
सिता भण्डारी
प्युठान, स्वर्गद्धारी नगरपालिका–४ गोठीवाङका सुस्मा सार्कीका श्रीमान रुक बहादुर सार्कीले २०७७ मंसिर २८ गते प्रभु लाइफ इन्स्योरेन्स कम्पनि विजुवार शाखामा विमा गरे । उनी प्रश्तावक बसेर उनका छोरा आयुस नेपालीको ३ लाखको विमा गरेका थिए ।
प्रतावक बसेका रुक बहादुर सार्कीको तिन दिन अथार्त पौष १ गते अकस्मात मृत्यु भयो । ‘प्रश्तावकको मृत्यु भएमा वा दुर्घटनाबाट स्थायी अशक्तता भएमा दिइने’ सुविधा अन्तरगत सुष्मा सार्कीले मासिक रु ३ अजार १५ वर्ष पाउने भएकी छन् । मासिक रु ३ हजार संगै बिमा अवधिमा भुक्तानी गर्नु पर्ने किस्ता कम्पनिले नै जिम्मा लिएको प्रभु लाइफ इन्स्योरेन्स विजुवार शाखाका प्रमुख चुरामणी पौडेलले जानकारी दिए ।