जनखोजी संवाददाता
प्युठान, प्युठानको सिंगो जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीमा समाहित भएको छ ।
आइतवार एक विज्ञप्ती जारी गर्दै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका पदाधिकारीहरु बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा समाहित भएको जनाएको छ । प्रतिगनकारी भनिदैं आएको एमालेसंग चुनाव जीतको लागि जनता समाजवादी पार्टीले गठबन्धन गरेपछि प्युठानको टिम असन्तुष्ट बनेको हो । नेसपामा समाहित भएर ५ दलिय गठबन्धनलाई सघाउने निर्णय गरेको बताइएको छ ।
Advertisement