जनखोजी संवाददाता
प्युठान, प्युठानका बाढीपीडित गाउँपालिकालाई गौमुखीले १ लाख सहयोग गर्ने भएको छ । जिल्लाको माण्डवी गाउँपालिका र ऐरावती गाउँपालिकालाई एक एक लाख सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।
असोज १९ गतेबाट परेको अविरल बर्षाका कारण ऐरावती गाउँपालिका र माण्डवी गाउँपालिकाका ८३ वढी घरमा क्षति भएका थिए भने १ सय ३८ घर विस्थापित भएका छन् । सोही संकटमा समन्वयको लागि राहत र पुनःस्थापना सहायता स्वरुप सहयोग गरिएको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाविर रानामगरले जानकारी दिए ।
गौमुखी गाउँपालिकाले जिल्लामा भएको क्षति र मृतकहरुलाई दुःख प्रकट गरेको छ । गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर घर्तीले विज्ञप्ती जारी गर्दै सहयोग र मृतक प्रति श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।
Advertisement