नेत्र खनाल
दाङ्ग, राप्ती गाउँपालिकाका बाढी पहिरो पीडित परिवारलाई राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राहत वितरण गरेका छन् । राप्ती गाउँपालिका –९ रुपाकोटका स्थानीय वाढी पहिरो प्रभावितहरुलाई विष्टले राहत हस्तान्तर गरेका हुन् ।
असोज १८ देखि २१ गतेसम्म परेको अविरल वर्षाका कारण ५ घर परिवार पूर्ण रुपमा नष्ट भई विस्थापित भएका थिए । विस्थापित परिवारको राहत स्वरुप अध्यक्ष विष्टले नगद रु ५० हजार, लत्ताकपडा, खाद्यान्न वितरण गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।
रुपाकोटका थम्मन बहादुर मेङ्घी मगर ,दामोदर फुजू , सरिता फुजू ,टिका गिरी , इगी रोकालाई राहात प्रदान गरिएको हो ।
रनहत वितरण कार्यक्रममा गाँउपालिकाका अध्यक्ष प्रकाश बिष्ट, उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वली वडा न –९ का वडा अध्यक्ष रिम बहादुर सुनारीमगर, बिपद शाखाका प्रमुख सुवाश भट्टराई, सिपी नेपाल संस्थाका कार्यक्रम संयोजक हेमराज शर्माको उपस्थिती थियो ।
राप्ती गाउँपालिकाका अन्य पीडितहरुलाई तिहार अगावै राहत प्रदान गरिने राप्ती गाउँपालिकाले जनाएको छ ।सडक सुधारको पहल
राप्ती गाउँपालिकाका दुर्गमबस्तीका सडकको दिगो सुधारका लागि राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पहल गरेका छन् । मौरीघाट–देबिकोट सडक लाई आ. ब २०७९÷०८०का लागी केन्द्र सरकारबाट परेको २५ करोड बजेटको काम तिरुपती कन्ट्रक्सनले ठेक्का सदर गरेको छ । सोही कंम्पनीका संञ्चालक प्रबिण भण्डारीलाई सडक निर्माण कार्य भैरहेको स्थलमा भेटी सडक देबकिोट सम्म तिहार अगाबै सडकमा सबैखाले यातायात संञ्चालन हुने गरी काम गर्न अध्यक्ष बिष्टले समन्वय गरेका हुन् ।
राप्तीका पहिरो पीडितलाई राहत वितरण
राप्तीका पहिरो पीडितलाई राहत वितरण
Advertisement
तपाईको प्रतिक्रिया