नेत्र खनाल
दाङ, लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रमा सुविधासम्पन्न आँखा अस्पताल निर्माणको लागि सम्झौता गरिएको छ । बुधबार काठमाडौमा रहेको तिलगंगा आँखा अस्पतालसंग राप्ती गाउँपालिकाले सिसहनियामा रहेको स्वास्थ चौकीमा सुविधासम्पन्न आँखा अस्पताल निर्माणको लागि सम्झौता गरेको राप्ती गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र तिलगंगा आँखा अस्पतालको तर्फबाट अस्पतालका कार्यकारी निर्देशक डाक्टर रिता गुरुङ बिच दोहोरो हस्ताक्षर गरी आँखा अस्पताल सञ्चालनको सम्झौता गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।
विष्टका अनुसार भौतिक पुर्वाधार निर्माणका लागि गाउपालिकाले स्थापना गर्ने र बिशेषज्ञ सेवा तथा उपकरण तिलगंगा आँखा अस्पतालले गर्ने छ । आँखा अस्पताल सञ्चालनमा आए लुम्बिनी प्रदेशका धेरै जिल्लाले लाभ लिनेछन् ।
राप्ती गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । यसअघि पनि स्वास्थ्य ,जेष्ठनागरिक संरक्षण र मोवाईल हस्पिटल सम्बन्धि चार वटा ठुला योजनाको सम्झौता संम्पन्न गरीसकेको छन् ।
प्रदेश राजधानीमा आखा अस्पताल निर्माणको लागि सम्झौता
प्रदेश राजधानीमा आखा अस्पताल निर्माणको लागि सम्झौता
Advertisement
तपाईको प्रतिक्रिया