• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

माण्डवीवासीका आशाका केन्द्र रोशन


  •   शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित
  • Advertisement

    अहिले उनी माण्डवीवासीको तत्कालीन आवश्यकता स्वास्थ्य बीमा, सफा–शुद्ध खानेपानीको सहज पहँुचदेखि शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने गरी खटिएका छन् । शिक्षामा निःशुल्क भनिएको छ तर अनेक बहानामा पैसा असुल्ने परिपाटीलाई रोक्नेमा उनको पहिलो ध्यान छ । त्यतिमात्रै होइन, कृषि क्षेत्रमा विचौलियाबाट भएको लुटपाटलाई अन्त्य गर्नेमा उनले दृढ प्रतिबद्धता देखाएका छन् ।

    भनिन्छ, युवावर्ग भनेका पाखुराभरि बल र मस्तिष्कभरि बुद्धिले भरि पूर्ण शक्ति हो । यदि यो वर्गले आफ्नो त्यो तागतलाई साँच्चिकै उत्पादनमा जोड्न सक्ने हो भने कुनै पनि समुदायको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न लामो समय कुर्नु पर्दैन । यसैमध्ये प्यूठानको स्थानीय तह नेतृत्वमा आएका केही युवापङ्क्तिभित्रका एक आशाका केन्द्र हुन्– माण्डवी गाउँपालिकाका अध्यक्ष रोशन अधिकारी । खासमा यो उनको राजनीतिक परिचय हो । माओवादीले २०५२ सालदेखि थालेको सशस्त्र आन्दोलनताका राज्यपक्षले झट्ट नचिनोस् भन्नेसमेत उद्देश्यले प्रायः राजनीतिक नेता–कार्यकर्ताहरुले पुरक नाम जोड्ने गरेको पाइन्छ । यसैमा रोशनका नामले विशेष पहिचान दिन सफल भएका व्यक्तित्व, जसको वास्तविक नाम हो– नवराज अधिकारी । सदैव फूर्तिलो अनुहार अनि मीठो बोली, उनको सङ्गतमा आउने व्यक्तिअनुसार तुरुन्तै सामिप्यता अनि मीठो सम्बन्ध जोड्न सक्ने खुबी र विशेषता भएका नवराज अधिकारी सङ्घर्षपूर्ण राजनीतिक जीवनबाट उठेका माओवादी केन्द्र प्यूठानका भरोसायोग्य दरिला युवानेता हुन् । २०३२ साल पुस १७ गतेका दिन माण्डवी गापा–१, राइपालमा बाबु हुतराज अधिकारी र आमा केशरादेवी अधिकारीको कोखबाट जन्मेका नवराज अधिकारी २ भाइ र ४ दिदीबहिनीमध्येका कान्छा सुपुत्र हुन् । २०४२ सालमा चलेको पञ्चायतविरुद्ध विद्यार्थी सङ्गठनले थालेका आन्दोलनको सिलसिलामा उनी पनि राजनीतिक क्षेत्रमा प्रवेश गरेका थिए । राजनीतिक भूमिकाका दृष्टिले प्यूठान कम्युनिस्टहरुको आधार क्षेत्र भएको र नवराज अधिकारी ‘रोशन’का बुवा अनि दाइको सम्बन्ध कम्युनिस्ट नेता मोहन वैद्यसँग भएका कारण नेता वैद्य भूमिगतकालमा बेलाबेला रोशनको घरमा आउने गर्नुहुन्थ्यो । त्यो बेला कैयन माक्र्सवादी पुस्तकहरु राख्ने गर्नुहुन्थ्यो । ती पुस्तकहरु लुकीलुकी अध्ययन गर्ने सिलसिलाले आफूलाई कम्युनिस्ट राजनीतिमा तान्दै लगेको अधिकारी बताउँछन् । अधिकारीको राजनीतिक पृष्ठभूमि हेर्दा हाल उनी माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका सदस्य हुन् । २०४८ सालतिर माण्डवी मा.वि., नयाँगाउँमा सम्पन्न भएको अखिल छैठौंको दशौं जिल्ला सम्मेलनबाट कोषाध्यक्षमा निर्विरोध निर्वाचित भई राजनीतिक भूमिकामा अगाडि बढ्ने क्रममा उनले जनयुद्धकालमा साहसिक भूमिका प्रदर्शन गरेका छन् । जनयुद्धकालमा राजनीतिक उद्देश्यले छिमेकी मुलुक चीनको गोन्जाओ शहरमा भ्रमण गरेर केही राजनीतिक ज्ञान तथा अनुभव सँगालेका उनले रोल्पा, प्यूठान र सल्यानको जनमिलिसिया प्रमुख, स्क्याट, कमाण्डरको जिम्मेवारीबाट उठ्दै समग्र राप्ती पश्चिमको इन्टेलेन्सीप र सप्लाई विभाग प्रमुखको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको पाइन्छ । त्यसपछाडि २०५७ यता प्यूठान जिल्लाको पार्टी कमिटीको सचिवालय सदस्य, तत्कालीन समयमा माओवादीले प्यूठानको जनसरकार सदस्य, विशेष व्यूरो क्षेत्रीय व्यूरो जनयुद्धताका उनी संलग्न भएको कतिपय ठाउँमा नेतृत्व गरेको फौजी घटनाका अनुभव उनीसँग धेरै छन् । जनयुद्ध प्रभावबाट आतङ्कित भएको तत्कालीन सरकारले वार्ताको आह्वान गरिरहेका बेला २०५८ को पहिलो चरणको वार्तामा नोकरसँग होइन, मालिकसँग गर्नुपर्छ भनेर आवाज उठाउनेमा नवराज अधिकारी ‘रोशन’ अगुवाको रुपमा चिनिन्छन् । नेपालमा भएको शान्ति प्रक्रियापछि सामाजिक क्षेत्रमा गर्नुपर्ने भूमिकालाई पनि उचो राख्दै देश र जनताको मुक्ति आन्दोलनमा निष्ठापूर्वक उभिएका अधिकारीले २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट माण्डवी गाउँपालिकाको अध्यक्षमा विजयी भई स्थानीय जनताको सपना साकार पार्न, राजनीतिक परिवर्तनको अनुभूति हुने गरी आधारभूत तहमा विकासको पहँुच पु¥याउन इमान्दारितापूर्वक लाग्ने प्रण गरेका छन् । उनी भन्छन्, ‘अब म यहाँका जनताको अभिभावक बनेको छु, सत्तापक्ष÷प्रतिपक्ष केही नभनी समान व्यवहार गरी सबैलाई मिलाएर अगाडि बढ्ने अठोट गरेको छु । ५ वर्षीय कार्यकालमा अवश्य नै माण्डवीवासीले केही अनुभूति गर्ने गरी लाग्नेछु ।’ हो, अहिले उनी माण्डवीवासीको तत्कालीन आवश्यकता स्वास्थ्य बीमा, सफा–शुद्ध खानेपानीको सहज पहँुचदेखि शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने गरी खटिएका छन् । शिक्षामा निःशुल्क भनिएको छ तर अनेक बहानामा पैसा असुल्ने परिपाटीलाई रोक्नेमा उनको पहिलो ध्यान छ । त्यतिमात्रै होइन, कृषि क्षेत्रमा विचौलियाबाट भएको लुटपाटलाई अन्त्य गर्नेमा उनले दृढ प्रतिबद्धता देखाएका छन् । स्थानीय स्रोत–साधनको समुचित परिचालन गर्ने, उद्योग व्यवसायको सम्भावनाको खोजी गर्ने सीपमूलक शिक्षाका अवसर खोजी गर्नेदेखि वैदेशिक रोजगारीलाई कम गर्नेमा उनले नयाँ भिजन र मिशनसहित उपायको खोजी गरिरहेका छन् । एउटा जिम्मेवार राजनीतिकर्मी र हिजो परिवर्तनको आन्दोलनबाट उठेका कारण अहिले उनी यतिबेला आधारभूत वर्गको बारेमा चिन्तित छन् । उनी भन्छन्, ‘देशमा राजनीतिक परिवर्तन त भयो तर सहिदका सपना कति पूरा भए ? जनताले सोचेको यो परिपाटीको व्यवस्था होइन, आमूल परिवर्तन हो । जबसम्म देशमा सुशासन कायम हुन सक्दैन, तबसम्म जनताको जीवनस्तरमा परिवर्तन आउनेवाला पनि छैन र समृद्धिको कल्पना गर्नु पनि बेकार छ ।’ समकालीन परिवेशमा उनले सामाजिक क्षेत्रमा पनि उल्लेख्य योगदान पु¥याएको देखिन्छ । खेलकुद समिति प्यूठानको अध्यक्ष भई खेलकुद क्षेत्रको व्यवस्थापनमा ध्यान दिन जिल्लामा खेलमैदान, कभर्ड हल नर्माणलगायतका कार्य मुख्यतः उनकै देन हो । यीमात्र होइन, अन्य गाउँ–समाजका लागि गर्नुपर्ने आइपरेका काममा सहयोगी भावना देखाउनु उनको विशेष गुण हो ।
    राजनीतिक रुपमा, सामाजिक भूमिकामा उनी निकै परिपक्व छन् तर उनी आफूलाई शिक्षामा सामान्य लेखपढमात्र रहेको बताउँछन् ।आफूलाई राजनीतिक रुपमा उठाउन मोहन वैद्य, कृष्णबहादुर महरा,वर्षमान पुन, जनार्दन शर्मा, नेत्रविक्रम चन्द ‘विप्लव’, विष्णु पोखरेल,पोष्टबहादुर बोगटी मुख्य राजनीतिक गुरु रहेको उनको भनाइ छ ।जनताले आफूप्रति गरेको आशा–भरोसालाई कत्ति पनि टुट्न नदिनेउनको धोको छ ।श्रीमती मिना पुन छोरा १ र २ छोरीका धनी अधिकारी वातावरणमैत्रीस्वभावका छन् । उनी हरियो वातावरणमा शान्तरुपमा बस्न रुचाउँछन् ।अवश्य नै उनको घरको हरियाली परिवेशले पनि उनको रुचिको प्रतिविम्ब गर्दछ ।
    मुलुकमा चलेका सशस्त्रदेखि सबै खाले निशस्त्र आन्दोलनबाट उठ्दै एउटा ओजिलो राजनीतिक छवि बनाएका नवराज अधिकारी ‘रोशन’गत ०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा माण्डवी गाउँपालिकाबाटअध्यक्षमा भिडेका थिए । राजनीतिकरुपमा आधार क्षेत्र भए पनिअत्यन्तै झिनो मतले पराजय व्यहोर्नुप¥यो । अघिल्लो र पछिल्लोनिर्वाचन अनुभूतिका बारेमा जाँदाजाँदै उनी भन्छन्, ‘२०७४ मा बढीआश्वस्त भएँ, प्राविधिक कुरामा ध्यान दिन सकिनँ । साङ्गठनिक रुपले अनुभव प्राप्त गरेर आएको मसँग राजनीतिक चेतना नै नभएको मान्छेले जित्दा इगोको रुपमा लिएको छु । अवश्य नै समय रपरिवेशले नयाँ पाठ सिकिँदो रहेछ माण्डवी गाउँपालिकावासीले परिवर्तनका लागि गरेको सङ्घर्ष, त्याग र बलिदानलाई उच्चरुपमा हेरेको छु । यहाँका जनताको समृद्धिको पक्षमा सतीसालझैँ खडा हुनेछु । जनताको चाहना र भावनालाई कदापी टुट्न दिने छैन ।’
    समयबद्ध

     

    शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.