• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ १०, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

प्युठान अस्पतालको लापरबाही र बिरामीहरुको बिचल्ली


  •   बिहिबार, पुष २१, २०७९ मा प्रकाशित
  • धनेश्वर पोख्रेल
    प्युठान जिल्ला अस्पतालको हालको गतिवीधि, डाक्टरहरुको गैरजिम्मेवारीपन र बिरामीहरुको अत्यन्त पिडादायक गुनासोहरु सुन्दा अत्यन्तै दुःख लागेर आयो ।आजको दिनमा आफैले प्रत्यक्ष अनुभूती गर्दा के देखियो भने प्युठान जिल्ला अस्पताल सरकारी जस्तो लागेन । यो कुनै डनहरुले ठेक्कामा चलाएको कन्सलटेन्सी जस्तो अनुभूति भयो। त्यँहा कुनै प्रशासन छैन, कुनै सिस्टम छैन, डाक्टरहरुमा कुनै जिम्मेवारीबोध, मानवता र अनुशासन छैन ।डाक्टरहरुको निम्ति अस्पताल जागिरखाने थलो र क्लिनिक पैसा कमाउने थलो भएको भन्ने जनगुनासो धेरै पहिले देखि सुनिदै आएको थियो ।आज त्यहाको दुर्दशा हेर्दा र भोग्दा आफैलाई प्युठान अस्पतालका डाक्टहरुको दूर्व्यवहार देखि अत्यन्त घृणा लागेर आयो। म सिरियस बच्चा लिएर उपचारको निम्ति अस्पताल परिसरमा करिव १०.३० बजे पुगेको थिए। बिरामीहरुको बाक्लो उपस्थिति थियो । म नाम दर्ता गर्ने लाइनमा लाइन लागे । झण्डै एक घण्टापछि म र मेरो नातीबाबुको नाम दर्ता गरियो । दर्ता पश्चात् चेक जाँचको निम्ति १२ नम्बर कोठामा जान भनियो । त्यहा पुगेपछि कार्यालय सहयोगीले बच्चाको जाँच गर्ने १४ नम्बर कोठा भनेर त्यहा पठाए । त्यहा बच्चा आमाहरु कसैले काखमा बच्चा च्यापेर त कसैले बच्चा साथमा लिएर चेक जाचको लागि भिड लागेको थियो । एक जना डाक्टर भित्र बच्चा जाँच गर्दै हुनुहुन्थ्यो । त्यहा कुनै लाइनको सिस्टम थिएन । जो जवरजस्त छिर्न सक्यो उसको बिरामी जाचिन्थ्यो । भित्रबाट डाक्टरको आवाज आईरहेको थियो ‘अब दुई चार जना बाहेक म जाच्दिन ।बाहिर रहेका सबै १२ नम्बर कोठामा जाओ।’ बिरामीहरु अल्लमल्लमा परे । कसैले १४ नम्बर त कसैले १२ नम्बर भन्दा बिरामीहरु अल्लमल्लमा पर्नु स्वभाबिक थियो। बिरामी बच्चाबच्चीहरु रोइरहेका थिए । मेरो बाबू ज्वोरोले एक छिन पनि उभिन सकेको थिएन । दुई चारजना बच्चाबच्ची जाचेर डाक्टर बाहिर निस्के। डाक्टर बाहिर निस्कदै गर्दा मैले बच्चा सिरियस छ डक्टरसाप जाच्नु पर्यो भनेर अनुरोध गर्दा उनले अत्यन्त रुखो शब्दमा भने ‘यस्तो बच्चापनि सिरियस हुन्छ ?’ भनेर मलाई हकार्दै बिरामीहरुको बीचबाट बाहिर गए। बिचरा बिरामीहरु अलपत्र भए । म काउण्टरमा गएर ‘यहाको प्रशासक को हो ? म भेट्छु, बिरामी किन जाचिन्न’, भनेर कराउदा उनै डाक्टर बाहिर आएर मेरो बच्चाको कुनै चेकजाच नगरीकन पर्चामा जथाभावी औषधि लेखेर ‘यस्ले नभए काठमाडौ लैजानु’ भनेर क्लिनिक तिर लागे । मलाई उनको व्यवहार र गल्लीमा लेखेको औषधी प्रति विश्वास लागेन र म आफैले त्यहा जचाउने धैर्यता पनि गरिन । दिउसोको १२.४५ बजेको थियो । अस्पतालमा कुनै डक्टर थिएनन् । बिरामीहरु निरास हुदै कोही घरतर्फ लाग्दै थिए । कोही बाध्य भएर क्लिनिक तिर झर्दै थिए । मैले मेडिकलमा गएर बच्चाको औषधी किने । तर ढुक्क हुन सकिन र अर्को स्थानीय डाक्टरलाई जँचाए । अस्पतालको डाक्टरले दिएको औषधी नितान्त गलत भएको कुरा थाहा भयो। त्यस्ता फर्जी डाक्टरमाथि सख्त कार्बाही हुनेछ एक दिन।
    प्युठान अस्पताल अस्तब्यस्तताको बिचबाट गुज्रेको धेरै भएको छ। यो अस्पताल केही डनहरुको लागि लुटीखाने थलो भएको छ। ती डनहरु को हुन् भन्ने नजिकका भुक्तभोगीहरुले पहिचान गरेका छन् तर सार्बजनिक रुपमा मुख खोल्न सकेका छैनन् । एकजना मेडिकलवाला भन्छन् ‘यस्तो बेथिति भएको अस्पताल दुनियामा कतै छैन ।केही डनहरुले बर्मलुट गरेका छन् तर तिनलाई कार्बाही कसैले गर्दैन , डक्टरहरु क्लिनिक छोड्दैनन्।’
    अर्को जनगुनासो के पनि सुनिन्छ भने अस्पतालको निम्ति आएको औषधि डाक्टर र त्यहाको पर्सासनको मिलोमतोमा आ–आफ्ना क्लिनिकहरुमा भागवण्डा हुन्छ । जसको कारण अस्पतालबाट सामान्य बिरामीले ज्वोरोको सिटामोल सम्म पाउदैन । जस्को पहुच पुग्छ उस्ले मात्र सिमित सुबिधा पाएको हुन्छ । किन यस्तो वेथिति भैरहेको छ प्युठान असस्पतालमा ? किन विकृति विसङ्गति मौलाईरहेको छ यो ठाउमा? किन यस विषयमा कसैको ध्यान जादैन ? के यसलाई सच्चाउन प्युठानी जनताले नारा जुलुस गरेर अस्पताल परिसर घेरेर त्यहाका डनहरुलाई घोक्रेठ्याक लगाएर निकाल्नु पर्ने हो ? डाक्टरहरुको ड्युटी अस्पतालमा हो कि क्लिनिकमा ? अफिस समयमा क्लिनिकमा बिरामी जाचेर पैसा कमाउन चाहाने डाक्टरले सरकारी पेसाबाट राजिनामा दिनुपर्छ। होइन भने अनैतिक धन्दा गरेर जनता लुट्न कसैलाई छुट छैन। यस बिषयमा जिल्ला समन्वय समिति प्युठान, जिल्ला प्रशासन कार्यालय ,प्युठान नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय प्युठान लगायत सम्बन्धित निकायहरुसङ्गको यथासिघ्र ध्यानाकर्षण होस् । अन्यथा प्युठान अस्पतालमा कुनैदिन बिष्फोटको अवस्था आउने छ।
    २०७९–९२०

    Advertisement

    बिहिबार, पुष २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.