कमल पोख्रेल
प्यूठान जिल्लाको आफ्नो छुट्टै परिचय छ । आफ्नो इतिहास र बर्तमानमा पनि आफ्नो विशेषताले भरिपूर्ण यो जिल्ला राजनीतिमा मात्र होइन, साहित्यमा संस्कृतिमा पनि कम छैन । यस जिल्लाभित्र के छैन ? प्राकृतिक रमणीय स्थल वन, जंगल, लाँलिगुँरास यही ढकमक्क फुल्दछन् भने यसको उत्तरी भेगमा मृग खेल्दछन् । स्वर्गद्धारी त्यस्तै धार्मिक स्थल नेपालमा मात्र परिचित नभएर छिमेकी देश भारतको केही भागको पनि आस्थाको केन्द्र बनेको छ । यो जिल्लाभित्र कवि छन्, कवियत्री छन् । गायक छन्, सेवा प्रदान गर्न डाक्टर छन्, वैज्ञानिक छन्, राजनीतिज्ञ छन् । विश्वमा रहेको अग्लो पहाडहरुमा नेपालको झण्डा फहराउँन समर्थवान पर्वतारोही धावक सञ्जय पण्डितजस्ता युवाहरुसमेत छन् । यो जिल्लाको आफ्नै विशेषता छ । यो जिल्लामा समथल भाग छ, हरियाली छ भने उच्च पहाडी भागमा जडिबुटी एवं फलपूmल आहाँ ! कति रमाइलो ! वेसी भागमा कति घमाइलो ! यस्तो यो प्यूठान जिल्ला आज बत्तिको मूनि अध्यारो जस्तो भएको छ । नेपाल एकिकरणका निर्माता पृथ्वी नारायण शाह “प्यूठानभित्र कति राज्य रहेका छन् ?” यस राज्यको भित्रिकोट राजासंग सम्बन्ध हुनु, पाल्पाका सेनवंशी राजा मणिमुकुन्द सेनले भित्रिकोटे राजासंग वैवाहिक सम्बन्ध राख्नु जस्ता इतिहासका कालखण्डमा यो जिल्ला हिजो पनि चौध हजार प्यूठानको नाउँले देशमा प्रख्यात भएको लामो इतिहासबाट अध्ययन गर्न पाउँदछौं ।
यस जिल्लामा समय–समयमा विभिन्न स्रष्टाहरुको जन्म भयो जसले प्यूठानको परिचय दिन सफल भए । त्यस्तै प्यूठानको जिल्ला सदरमुकाम खलंगा एवं यहाँ रमणीय फाँट बिजुवार बजारबाट नजिकै भएको बिजुवार, टारी, रातामाटा, क्वाडीका धनीमानि सभ्य मानिससंगको सामिप्य भएर पनि ‘बक्तिमुनिको अध्यारो’ भन्ने उक्तिलाई चरितार्थ पार्ने गाउँ विकास समितिहरु मध्य जुम्रीकाँढा पनि एक हो । यही जुम्रीकाँढा गा.वि.स.वडा नम्बर–५ बाँसबोटमा स्व.नरे पुन मगर र माता स्व.दलमा पुन मगरको कोखबाट जेष्ठ सुपुत्रको रुपमा वि.स.२०१७ साल फाल्गुण १० मा लिला पुनको जन्म भएको थियो । लिला पुनले साँवा अक्षर आफ्नै स्थानीय विद्यालय जुम्रीकाँढामा अलि ठूलो भएपछि लम्क्षेङ् र रातामाटामा पढी जुम्रीकाँढा गा.वि.स.मा पहिलो प्रवेशिका एस.एलसी.सी.पासगर्ने आई.ए. पास गर्ने एवं रुकुम, मुसिकोटबाट निजामति कर्मचारीमा पहिलो नियुक्ति, गायन एवं बाद्यवादनको क्षेत्रमा पनि उनी नै पहिलो व्यक्ति हुन् । उनी निजामति कर्मचारी स्थायी भएर पनि अन्याय र अत्याचारको, समाजमा भएको विसंगतिको विरुद्धमा गायनको माध्यमबाट आवाज बुलन्द पार्ने निडर व्यक्ति हुन् ।
उनी जुम्रीकाँढा बाँसबोटपछि ढुंगेठाटी र हाल टारी प्यूठानमा आफ्नो जीवन संगिनी सुमी पुनको साथमा बाद्यवादन बजाउदै आफ्नै धुनमा मस्त हुँदै सरकारी सेवामा कार्यरत प्राविधिक सुब्बा पशु सेवा विभागका कर्मचारी हुन् । उनले जुम्रीकाँढा जस्तो पिछडिएको स्थानबाट अघि बढ्दै आफ्नै ममतामयी माताले विहानै ४ बजेदेखि जाँतोमा मकै पिस्दै गाउदै गरेकाृ गीतको भाका बालमष्तिकमा नमेटिने छापको रुपमा सधैसधै रहिरहेको र त्यसकै विजारोपणको फल आज लिला पुन एउटा गीति संग्रहकारको रुपमा स्थापित हुन सफल भएका छन् । उनी राप्ती साहित्य परिषद् दाङ्गबाट “हरि पाण्डेय–मीना पाण्डेय साहित्य तथा कला पुरस्कार–२०६८” (जुम्रीको सुसेली गीति संग्रह), कालिका विकास केन्द्र प्यूठानबाट “साहित्यिक पुरस्कार–२०७४” डा.नेत्र एटमद्दारा स्थापित लोक साहित्य विधाको “सोरठी भैलो गीत एक परिचय पुस्तकबाट ”राप्ती सिर्जना पुरस्कार–२०७६” ले पुरस्कृत हुनुको साथै विभिन्न साहित्यिक संस्थाबाटसमेत सम्मानित स्रष्टा हुन् । उनले दाङ्गबाट स्नाटकसम्मको शिक्षा हासिल गरेका छन् । साहित्य लेखन, साहित्य परिषद् प्यूठान, प्र.ले.स.प्यूठान (केन्द्रिय पार्षद), राप्ती साहित्य परिषद् प्यूठानसंग उनी आवद्ध छन् । उनले स्थानीय स्तर प्यूठान एवं दाङ्ग र रोल्पा जिल्लाहरुबाट प्रकाशित हुने पत्रपत्रिकाहरुमा उनका गीत प्रकाशित भएका छन् । उनको “जुम्रीको सुसेलीहरु–२०६२” गीति संग्रह पहिलो पुस्तकको रुपमा प्रकाशित भएको थियो भने “लिस्नेदेखि सिस्ने सम्म” २०७१ दोस्रो गीति संग्रह भाग–१ हो । यस गीति संग्रहमा १७१ वटा गीतहरु रहेका छन् ।
२०४६ देखि २०७१ सम्म देशमा घटेका घटना, राजनीतिक अस्थिरता तत्कालिन माओवादी एवं सरकारको बीचमा भएको द्धन्द्ध, अन्याय, अत्याचार, ज्यादति एवं विसंगतिको आवाजको प्रतिनिधित्व उनको यो गीत संग्रहमा बडो रोचक तरिकाले प्रस्तुत गरिएको छ । देशका धेरै नेता कार्यकर्ता आपूmलाई नामधारी कम्युनिष्ट तर कम्युनिष्ट सिद्धान्त बेचि खानेहरु प्रति यो गीति संग्रहमार्पmत पर्दाफास गरेका छन् । यो “लिस्नेदेखि सिस्ने सम्म” गीति संग्रहको शिर्षक नम्बर–१ ‘सर्बहारा गरिबका नेता’ गीतमा उनले यसरी आफ्नो भाव व्यक्त गरेका छन्–सर्बहारा गरिबका नेता आजकल हेर धनी पो भाका छन्–२ मोटरकारमा चढेर आउँछन् क्यापे टोपी टाई सुट लाका छन्–२ क्रान्ति गर्दा जंगल बस्दा खाली खुट्टा थिए, टिठ लाग्यो एकजोर चप्पल आपैm किनिदिए । वार्ता गरे हतियार विसाए चुनाब पनि जिते, चुनाब जिति सांसद भए राजधानी पसे । सर्बहारा गरिबका नेता……….मन्त्रीमण्डल गठन भयो गृहमन्त्री बने, भाषणमा शान्ति सुरक्षा देशमा ल्याउछु भने । के को ल्याउँन शान्ति सुरक्षा झनै हुलदंगा, भइसकेछन् मन्त्री पाउँदा लाटो मान्छे बाङ्गा । यस्तै ‘चौतीसौ प्र.म.चुन्न’ शिर्षक नम्बर–६९ को गीतमा उनले लेख्दछन्–सबै दल्का उस्तै हुन् एउटै ड्याङका मूला झै–२, छैन चासो जनताको् पाइतालाका भए धुला झै–२ चौतिसौ प्रम.चुन्न सत्रौ पटक चुनाब, गर्ने भए नेताहरु छैन के हो दिमाग । अनिर्णयको बन्दी देश यिनले गर्दा भयो, सहमतीय प्रणालिको आधार कहाँ गयो । बहुमतीय प्रणालीको प्रम चुन्ने भन्दै, आफ्नो कुर्ची बचाउदै बैठक भत्ता खाँदै, खोक्रो पार्न थालिसके छ सय एकले देश, कतै हाम्रा लुटिन्छ कि आफ्नै भाषा भेष ।
गीतकार लिला पुनले यो गीति संग्रहमा भिभिन्न शिर्षकमा लेखिएका गीतहरु मार्पmत देशको यथार्थ चित्रण प्रस्तुत गरी सबैलाई सतर्क गराएका छन् । बाटो विराएका सिद्धान्तहिन नेता कार्यकर्ताहरुलाई सजग हुन आग्रह गरेका छन् । निजामति प्राविधिक कर्मचारी भएर पनि कुनै पनि समय नडराई देशको यथार्थ स्थितिको चित्रण यो गीति संग्रहमा दस्तावेजको रुपमा प्रकाशित भएको छ । व्यक्तिले यथार्थ कुरो अभिव्यक्त गर्दा उसको विजय हुन्छ, उसले हार्न पर्दैन भन्ने शिक्षा उनी निजामति कर्मचारी हुँदा थाहा पाए । उनले कवितामार्पmत विकृति विसङ्गतिप्रति तिखो प्रहार गर्दा अनेक यातना एवं नोकरीसमेत खाइदिने प्रयास भएपनि त्यो असफल भएको उनी बताउँछन् । गीति संग्रहमार्पmत समय समयमा राजनीतिक तथा सामाजिक विकृति सुनाएका गीतहरुको माला उनि पाठकहरुलाई कोशेलीको रुपमा दिएर उनले गुण लगाएका छन् । यस्तै अन्य गीतिसंग्रह र कविता संग्रहहरुको स्वाद चाख्न पाउने आशा राख्दै उनको साहित्य जीवनको पूर्ण सफलताको कामना ! कामना !! कामना !!! लेखकको फोन नम्बरः ९८४७८२१८९७ । लेखकः बरिष्ठ साहित्यकार तथा कवि र राप्ती साहित्य परिषद् दाङ्ग, साहित्य परिषद् प्यूठानसंग आवद्ध हुनु हुन्छ ।
कृति समीक्षा- लिस्नेदेखि सिस्ने सम्मको कथा व्यथाभित्र पस्दा
कृति समीक्षा- लिस्नेदेखि सिस्ने सम्मको कथा व्यथाभित्र पस्दा
Advertisement
तपाईको प्रतिक्रिया