कमल पोख्रेल
कनि झपेन्द्रराज बैद्य प्यूठानीहरुका लागि मात्र नभई अहिले नेपालकै लागि नेपाली साहित्य विधामा योगदान पु¥याउने व्यक्तिको रुपमा स्थापित हुन पुगेका कविहरुमध्य एक हुन् । प्यूठान नगरपालिकाको रमणीय टारी गाउँमा जन्मेर लामो समयससम्म मुक्ति माध्यमिक विद्यालय रातामाटा व्यूठानमा अध्यापन एवं स्वर्गद्धारी क्याम्पस प्यूठानमा प्रध्यापन गरी सेवा पु¥याएका उनी शिक्षणको अलावा राजनीति, पत्रकारीता र मानव अधिकार लगायत् विभिन्न सामाजिक संस्थामा समेत काम गरिसकेका छन् । बहुआयामिक क्षेत्रमा काम गरेकोले उहाँको नाम चिरपरिचित छ ।
१२ अप्रिल १९४८ मा जन्मेका उनले राजनीतिशास्त्रमा स्नात्तकोत्तर उतिर्ण गर्नुपूर्व नै सक्रिय रुपमा कम्युनिष्ट राजनीतिमा संलग्न भई आएको हुँदा उनी राजनीतिक व्यक्तित्वको रुपमा समेत चिनिन्छन् । निरंकुश पञ्चायती शासनको गरेबापत् जेल सजाय भोग्ने अग्रमनमा क्रियाशिल राजनीतिक व्यक्तित्वका धनी बैद्यको स्वभाव आफ्नै किसिमको छ । मानव अधिकार सेवाकेन्द्र प्यूठानको संस्थापक उनी राप्ती साहित्य परिषद् डोमा पुरस्कार र अन्य स्थानीय पुरस्कारहरु समेतबाट पुरस्कृत हुनु भएको छ । साहित्य परिषद् प्यूठान एवं सुमन पत्रिका प्रकाशनमा योगदान गर्दै आएका उनी अहिले भने धेरैजसो राजधानि काठमाण्डैं मै बस्ने गर्दछन् । समय–समयमा जन्मभूमि प्यूठान प्यूठानीको मायाँ निकट नै उनी देखा पर्दछन् । कवि झपेन्द्रराज बैद्य भारद्धाज गोत्रीय दुध पोख्रेल खस, आर्यका सन्तान कर्णाली प्रदेशको दैलेखको दुल्लु रिजा पोखरा भन्ने स्थानबाट पुर्खाहरु स्थानान्तरण भई पूर्वतिर अगाडि बढ्ने क्रममा पोखरा गुल्मी हुँदै प्यूठानमा आई बसोबास गरेका हुन् । तत्कालिन भित्रिकोट राजदरबारको चौविसे राजाबाट बैद्य उपाधि पाप्त भई पोख्रेल थरमा बैद्य उपाधि राख्दा अहिले उनले झपेन्द्रराज बैद्य लेख्ने गरेको पाइन्छ ।
‘मेरो पुरानो घर’ नव खण्ड काव्य कविता २०२० मा प्रकाशित हुनु अघि स्थानीय स्तर एवं दाङ्गबाट प्रकाशित हुने पत्रपत्रिका लगायतमा समेत कवि झपेन्द्रराज बैद्यका लेख, रचना प्रकाशित भैसकेका थिए । बिद्यालय एवं शिक्षकहरुका संघ संगठनका कार्यक्रमहरुमा समेत उनले रचना पाठ गर्ने र श्रताहरुलाई साहित्यिक स्वाद चखाउँने गरेको प्यूठानी साहित्यको इतिहास अझै ताजै छ । उनले ‘यो मेरो पुरानो घर’ नव खण्डकाव्य प्रकाशित गरिसकेपछि पाँचहजारको सारी (कथा संग्रह) अग्रगमन ‘कविता तथा गीति काव्य’ चम्पा महाकाव्य लगायत साहित्यिक पुस्तकहरु समेत प्रकाशित गरिसकेका छन् । उनका अन्य कृतिहरुको बारे पछि समिक्षा गर्दै गरौंला । अहिले भने उनको ‘मेरो पुरानो घर’ भित्र पस्दाको अनुभूति यो पंक्तिकारले प्रस्तुत गर्ने अनुमति माग्दछ ।
यो ‘मेरो पुरानो घर’ नव खण्डकाव्य भित्र १२ शिर्षक (पाइतो) रहेका कविताहरुमध्य मेरो पुरानो घर पाइतो एक नव खण्डकाव्य कविता विधाको न्वारन भै ‘मेरो पुरानो घर’ नामाकरण गरिएको छ । कविले ‘उज्यालो छर्ने यात्रीहरुमा’ समर्पण गरेको यो नव खण्डकाव्यलाई प्रगतिवादी साहित्यकार विष्णु प्रभातले शुभकामना व्यक्त गरेका छन् भने प्रगतिशील साहित्य साधक तथा सुप्रसिद्ध जनकवि इश्वरचन्द्र ज्ञवालीले यस खण्डकाव्यको भूमिका लेखि दिएका छन् । यो ‘मेरो पुरानो घर’ नामक काव्य कृति तत्कालिन जनताको भावना एकिकरण गरिएका १२ पाइताका संगालो अहिले पनि अनेकौ विसंगतिहरुप्रति धावा बोलेको छ । सामाजिक अन्तर्विरोध र द्धन्द्धको समाधानको लागि नयाँँ सन्देश दिएको छ । यस काव्यमा वर्णित पुरानो घर जीर्ण, जर्जर विसंगति र विकृतिले भरिएर पनि जुन घर धमिराले धोकिएको छ, उडुस, उपियाँ, लामखुट्टे जस्ता जीवले सताएका छन् । घर ध्वासिएको चिरा परेको बस्न अयोग्य, क्षतविक्षत भइसक्दा पनि अझै त्यो पुरानो घरप्रतिको मोह वासना हुनु भनेको साच्चिैको पुरातन्वादी चिन्तन हो । यो घर भत्किएर त्यसमा बस्नेहरुको मृत्युवरण हुने अवस्था भएकोले समयमै नयाँ घर निमार्ण गर्नु पर्ने आवश्यकता रहेको बताइएको छ । कवि यहाँ काव्यात्मक शैलीमा लेख्दछन्–थोत्रो जिर्ण रुग्न भैसकेको, दाँत फुक्लेको, रंगरोगन उत्रेको चाउरी परेको छ मेरो पुरानो घर । यो हो मेरो धमिरै धमिराको अखडा भएको घर !
कवि झपेन्द्रराज बैद्यले लामो समय राजनीति गरी अनुभवको अनुभूति गरे । यो संसारमा हिजोका दिनहरुमा स्वीकार गरिएका मूल्य, मान्यता सिद्धान्त आज पुरानो भइसक्दा पनि सिद्धान्तमा पुर्खाको ठाडो धान्ने नाममा हिजोकै जिर्ण घरमा बस्नु भनेको फलै नदिने तप्केनि मात्र गराउने वृक्ष घरको बारी, काल्नामा जगेर्ना गरी सधै राख्नुको खासै अर्थ छैन भन्ने भाव व्यक्त गरका छन् । दुनियाँ बदलियो, युग बदलियो अझै हामी पुरातनवादी भै पुरानै घरको मोह त्याग गर्न नसक्नु किन भनि प्रति प्रश्न गर्दै नव युवाहरुलाई नयाँ घर निमार्ण गर्ने शंखनाद गरेका छन् ।
कवि झपेन्द्र वैद्यकाे पुरानाे घरभित्र पस्दा
कवि झपेन्द्र वैद्यकाे पुरानाे घरभित्र पस्दा
Advertisement
तपाईको प्रतिक्रिया