नेत्र खनाल ,दाङ लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसि ( साेनाम)आफ्नो पाच बर्षिय कार्यकाल पूरा गरि मंगलवार पत्रकार सम्मेलन द्वारा प्रदेशबासिलाई सम्बाेधन गर्दै बिदा मुख्यमन्त्री पदबाट बिदा भएका छन् लुम्बिनी प्रदेश सरकारमा मा .लिला गिरि मुख्यमन्त्री पदमा प्रदेश प्रमुख अमिक सेरचनबाट नियुक्ति पाए पछि नयाँ सरकारकाे गठन संगै मुख्यमन्त्री केसिले प्रदेशबासिलाई सम्बाेधन गर्दै आज मैले प्रियभुमि लुम्बिनी प्रदेश र मेरा आदरणिय लुम्बिनीबासि लाई विशेष धन्यवाद काे ऐतिहासिक सन्धर्भमा यहाहरु सामु उभिएकाे छु । नया सरकारकाे दावा पेस र मेराे अन्तिम दिन प्रदेश ५ बाट लुम्बिनी प्रदेश नामले सु-प्रसिद्ध दुई तिहाइ भन्दा बढि अत्यधिक मतले स्थापित प्रदेश, अस्थायी मुकाम:बुटवलबाट स्थायी राजधानी राप्ती उपत्यका देउखुरी मा स्थापना भएकाे पहिलाे कार्यकालकाे दाेस्राे मुख्यमन्त्रीकाे हैसियतमा एक बर्ष ५ महिना पूरा गरेकाे सन्धर्भमा अाज मैले मेराे कदममा साथ दिने माया गर्ने आशा- बिश्वास र भराेसा राखेर अपार माया स्नेहि समुदाय लाई सम्झना गर्ने कर्तब्य पूरा गर्दछु ।संम्बाेधनका क्रममा केसिले मलाई याे ऐतिहासिक जिम्मेवारी दिने पाच दलिय गठबन्धनका माननीय हरुलाई तथा नेत्रृत्बलाई बधाई तथा धन्यवाद टक्राउन चाहान्छु । मुख्यमन्त्री केसिले राज्यब्यबस्था परिबर्तन गर्न आफ्नाे ज्यान आहुती दिने शहिद घाईते अपांग बेपत्ता र उहाहरुकाे परिवारजनलाई विशेष स्मरण गर्दै केसिले स्थाई राजधानी ब्यबस्थापन मा खट्ने सबै लुम्बिनी बासि तथा देश तथा बिदेशमा समेत रहेर लुम्बिनी प्रदेशकाे लागि खट्नुहुने सबै खाले नागरिकलाई धन्यवाद ज्ञापन गर्दै पहिलाे पटक प्रदेशलाई स्थापना गर्ने कानुन निर्माण गर्ने प्रादेशिक संरचना स्थापना गर्ने देखि प्रदेशकाे नामाकरण स्थायि मुकाम निर्धारण जनतामा सेवा प्रवाह पुर्याउने बिकासका आधारशिला खडा गर्ने रणनिति याेजना र गुरुयाेजनाहरु प्रदेशकाे लक्ष्य स्थापित गर्ने जस्ता चिरस्मरणिय अप्ठ्याराका पाच बर्षहरु संघियता ब्यबस्थापनका कडिहरु हाम्रा ऐतिहासिक अनुभुतिहरु रहेका छन् ।प्रदेश राजधानीकाे नयाँ ग्राफ तयार गरि प्रदेशलाई नयाँपन दिने संकल्पकाे जगकाे नेतृत्व गर्ने पहिलाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद लाई श्रृङखलाकै रुपमा सम्झन चाहान्छु । मेराे नेतृत्बमा रहेकाे सरकारले तयगरेकाे प्रादेशिक गाैरबका चार याेजना ले प्रदेशकाे गाैरबमय ईतिहास बाेकेकाे स्मरण गर्दै मुख्यमन्त्री केसिले दाउन्ने देखि चासापानि कर्णाली छिचुल्दै राप्ती उपत्यका फाट देउखुरी सडकबाटै लुम्बिनी प्रदेश सभाकाे बाैद्व आकृतिकाे माैलिक पहिचानकाे मस्तुल र प्रदेश सरकारकाे प्रशासनिक परिसर नियाल्न पाउनु हुनेछ ।संम्बाेधनकै क्रममा केसिले देउखुरि आफ्नाे कर्मथलाे हुने बताउदै राजधानीकाे थप ब्यबस्थापन लाई आफुले दिनरात खट्ने प्रतिबद्धता सहित राजधानी ब्यबस्थापनका लागि खट्ने राप्ती गाउपालिका लगाएत सबै पालिका तथा नगरपालिका लाई धन्याबाद दिदै अन्तमा भाेलिबाट नयाँ सरकारकाे गठनपछि जिम्मेवारी लिनुहुने नयाँ सरकारलाई सफल कार्यकालकाे शुभकामना तथा स्वागत गर्दै पत्रकार सम्मेलन समाप्त भएकाे जानकारी दिएका थिए ।
प्रदेशबासीलाई सम्बाेधन गर्दै बिदा भए मुख्यमन्त्री – केसि
प्रदेशबासीलाई सम्बाेधन गर्दै बिदा भए मुख्यमन्त्री – केसि

Advertisement
तपाईको प्रतिक्रिया