जनखोजी
प्युठान, माण्डवीमा दुई स्वास्थ्य चौकीमा अनुगमन गरिएको छ । स्वास्थ्य संस्थाहरुको समस्या, सेवा प्रवाह, नागरिकको पहुँच, गुणस्तरीयता र नागरिकको गुनासाहरुको विषयमा बुझ्न गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी (रोशन)को नेतृत्वमा माण्डवीका दुई स्वास्थ्य चौकीमा पुगेको हो ।
माण्डवी गाउँपालिका–१ तिराम स्थित तिराम स्वास्थ्य चौकी र २ स्थित मर्कावाङ्ग स्थित मर्कावाङ्ग स्वास्थ्य चौकीमा बिहिबार अनुगमन गरिएको थियो । अनुगमनको क्रममा अध्यक्षले त्यस क्षेत्रमा स्वास्थ्यसेवाबाट जनताले पाएको सेवा वर्तमान अवस्था बारेमा जानकारी लिएका थिए ।
अधिकारीले सेवा सहज, सरलता र प्रभावकारी बनाउन निर्देशन दिए । तिराम र मर्कावाङका स्वास्थ्य सस्थामा बर्थिंग सेन्टरमा सुत्केरी पछी शिशुलाई न्यानो बनाउनको लागि बच्चा सेकाउने मेसिन जडान गाउँ पालिका अध्यक्ष नमराज अधिकारी (रोशन)को उपस्थितिमा गरिएको हो ।
माण्डवीमा दुई स्वास्थ्य चौकीमा अनुगमन
माण्डवीमा दुई स्वास्थ्य चौकीमा अनुगमन
Advertisement
तपाईको प्रतिक्रिया