• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

अस्मीताहरुको अस्मीता कसरी जोगिएला ?


  •   शुक्रबार, पुष २९, २०७९ मा प्रकाशित

  • शशिधर भण्डारी (समृद्ध)
    हामी दैनिक ग्लोवलाइजेशनको प्रभावमा परिरहेका छौं । सामाजिक, राजैनितिक तथा प्रविधिमा हामी अगाडि देखिरहेका छौं । तर हाम्रो समाजले भोगिरहेको दुःख न त सामाजिक सञ्जालले देखाइरहेको छ, न त टिकटकले न त कुनै माध्यमले । यी दुःखका विषयमा हामी कहिले सजग हुने ? यो गम्भिर विषय हो । यहाँ सामाजिक सञ्जालमा नभेटिने तर कानुनतः बर्जित कुराहरुबाट समाज कसरी समस्या भोगिरहेको छ भन्ने कुराहरुलाई दर्शाउन खोजेको छु । यहाँ अस्मीताहरुको अस्मिता जोगाउने कसरी भन्ने चिन्तनलाई मेटाउने प्रयास गरेको छु ।
    शुक्रबार जिल्ला प्रहरी कार्यालय प्युठानको सामाजिक सञ्जाल पृष्ठमा आफ्नो गाउँकी एक बहिनीको फोटो सहित टिप्पणीहरु लेखिएको विवरणहरु देखे । शिर्षक थियो‘फैसला कायान्वयन सम्बन्धमा’ । त्यसमा नौबहिनी गाउँपालिका–८ फोप्लीकी अस्मिता बि.क.लाई बहुविवाह सम्बन्धि कसुर मुद्धामा अदालतमा पेश गरियो भन्ने लेखेको देखेपछि मनमा एउटा कुरा खेल्न थाल्यो । म ग्रामीण क्षेत्रमा हुर्केको र देखेको व्यक्तिको नाताले लैंगिक हिंसा र महिलाहरुको अवस्था के छ भन्ने केही कुराहरुको अनुभव गरेको छु ।
    अभियुक्त महिला उमेरले २०–२२ वर्षको जस्तो लाग्दछ । उनको दोश्रो घरबारको समयमा बहुबिबाहको कसुरमा जेल पुग्नु परेको छ । कानुनतः बहुबिबाह सामाजिक अपराध हो । बहुबिबाहले कैयन परिवारमा समस्या परेको छ । बहुविवाहले सामाजिक रुपमा कलह, पारिवारिक रुपमा आर्थिक तथा पारिवारिक संकट निम्त्याउछ । तर पनि समाजमा बहुबिबाह र पटक–पटक विबाह किन हुन्छ ? यो समाज विज्ञानको अनुसन्धानको विषय बन्नु पर्दछ । माइती परिवारमा आर्थिक रुपमा कमजोर उनको परिवार एक ठाउँमा विहे गरेको घरबार विग्रीएपछि दोश्रो घरबार पनि अवैधानिक तथा गलत हुन पुगेको छ ।
    अशिक्षा, उमेरको हिसावले दया गर्ने ठाउँहरु रहेपनि बुहबिबाहलाई क्षमा दिन त सकिदैन तर धेरै अस्मिताहरु नजन्मिउन भन्ने मात्रै हो । मलाई लाग्दछ मैले भोगेको तथा देखेको समाज छ जुन समाजमा बालबिबाह, बहुबिबाह र पटक पटक बिबाह मध्ये १ पनि नभएको परिवार छैन् ।
    फोप्लीमा बढी मात्रामा दलित समुदायमा यो समस्या बढी देखिन्छ । जहाँ परिवारको आयश्रोत कमछ, आफ्नो सम्पत्तिमा रहेको जग्गा जमिनमा प्रयाप्त उव्जनी नहुँदा सानैमा विदेशिनु पर्ने बाध्यता अहिले पनि छ । यस कारण पनि यो समस्या न्युन हुनुपर्ने दरमा खासै कमी आएको छैन् ।
    यो समस्या समाधानका लागि सरोकारवालाहरु जागरुक हुनै पर्दछ । लैंगिक हिंसा, आर्थिक सशक्तीकरणमा जिल्लामा थुप्रै परियोजना, सरकारले ठुलो मात्रामा वजेट खर्च गरेपनि नागरिकले समस्याको छुट्कारा मार्नुले परियोजनाको प्रभावकारीता माथि गम्भिर प्रश्न उव्जाएको छ ।
    स्थानीयलाई आर्थिक रुपमा सशक्तिकरण र बहुबिबाह, लैंगिक हिंसाको विरुद्धमा उभिन सचेतिकरण गर्नु पर्ने जरुरी देखिन्छ । हाम्रो समाजमा बढी मात्रामा देखिएको समस्या समाधानका लागि सरोकारवालाहरु सहित योजना निर्माण गरी केही सकारात्मक काम गर्न सकौं । यो टड्कारो आवश्यकता हो ।

    Advertisement

    ‘‘बालबिबाह हुन्न भनौ, बालबिबाह÷बहुबिबाह नगरौं, गर्न नदिऔं’ समाजमा अस्मीताहरु अन्य पनि बन्न सक्दछन् । उनीहरुलाई आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा सचेत नागरिक निर्माणका लागि केही गर्नै पर्दछ । भोलीका दिनमा यी घटनाहरु नदोहोरिउन ।

    शुक्रबार, पुष २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.