Advertisement
तुफान अधिकारी
प्युठान, युनिसेफ नेपाल र सिद्धाथ सामाजिक बिकास केन्द्र कपिलवस्तुको साझेदारीमा आज माण्डवि गाउँ पालिका प्युठानमा बिपद तथा जोखिममा परेका बालबालिकाहरुलाइ आर्थिक सहयोग गरेको छ । गाउँ पालिकाको वडा न १,२ र ५ का आठ जना बालबालिकालाई गाउँ पालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकिले प्रति बालबालिका नगद पाँच हजारका दरले रकम हस्तान्तरण गरेका थिए। हस्तान्तरण गर्दै उपाध्यक्ष कालाथोकिले शिक्षा,स्वास्थ लगायत अत्यावश्यक काममा मात्र खर्च गर्ने बालबालिकालाई अनुरोध गरे। कार्यक्रममा सामाजिक परिचालिका जया पोख्रेल, मधु सुनार र बालबालिकाका अभिभावकहरुको उपस्थिति रहेको थियो ।