• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, जेठ ०७, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

शिक्षकलाई चिठी

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

आरिघोप्टे वर्षाले प्यूठानको झिमरुक मस्यपालनमा ६ लाखको माछा क्षति

लोकप्रिय समाचार

  • १. गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

उपराष्ट्रपति छाडेर रेखाले किन मन्त्री रोजिन ?


  •   बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित
  • Advertisement

    महिलाले समाजका अनेकौं संरचनात्मक विभेद छिचोल्दै राजनीतिमा टिकिरहन धेरै पापड बेल्नुपर्छ । रेखा शर्माले पनि आफ्नो राजनीतिक जीवनमा यस्ता धेरै अग्निपरीक्षा पार गर्नुपर्‍यो । घरगृहस्थीको चौघेरा नाघेर राजनीतिमा सक्रिय भएकी रेखाले जनयुद्धको अप्ठ्यारो बाटो रोजिन् र आफ्नो जीवनलाई उतारचढावमा हिंडाइन् ।
    मंगलबार मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेखालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाएका छन् । यसपटक मन्त्रिपरिषदमा रेखाको वरियता पनि माथि छ । उनी मन्त्रिपरिषदमा प्रधानमन्त्री र ४ जना उपप्रधानमन्त्रीहरु विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देनपछिको वरियतामा छिन् । माओवादीमा प्रधानमन्त्री र उपप्रधानमन्त्री श्रेष्ठपछिको वरियतामा छिन् ।
    संकटकालमा कठोर यातना, जेलनेल भोग्दै मुश्किलले बचेकी नेतृ हुन् रेखा । यसअघि समानुपातिक सांसद बनेर मन्त्री बनिसकेकी उनले यसपटक प्रत्यक्ष चुनाव लड्ने अवसर पाइन् । सभामुख रहँदा यौन काण्डमा मुछिएका माओवादी नेता कृष्णबहादुर महराले चुनावी मैदान छाडेपछि रेखाले यो अवसर प्राप्त गरेकी हुन् ।
    उनले मैदानमा नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग प्रतिस्पर्धा गरिन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नं। २ एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र पोखरेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी विश्वासपात्र शर्माको कडा प्रतिस्पर्धा हुने क्षेत्र बन्यो । यो प्रतिस्पर्धा दुवै पार्टीका लागि प्रतिष्ठाको विषय बनेको थियो ।
    अन्ततः रेखा १९३ मतान्तरले जित हासिल गरिन् । उनले २६ हजार ८८० र पोखरेलले २६ हजार ६८७ मत प्राप्त गरे । ठूलो पार्टीका महासचिवलाई हराएर संसद प्रवेश गरेकी शर्मालाई मन्त्रीको जिम्मेवारीसम्म पुग्न उल्लेख्य संघर्ष गर्नुपर्‍यो ।
    प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएको केही समयमै देशमा नयाँ राजनीतिक समीकरण बन्यो । एमाले र माओवादी केन्द्रले नयाँ सरकार बनाउन गरेको पछिल्लो सहकार्य उनको लागि चुनौती बनेर आयो ।
    नयाँ गठबन्धनका शीर्ष नेताहरू रेखालाई राजीनामा गराएर उपराष्ट्रपति बनाउने अनि पोखरेललाई उपनिर्वाचनमार्फत संसदमा ल्याउने खेलमा लागे । ओलीदेखि प्रचण्डसम्मको यो आग्रह हिजो सोमबारसम्म चल्यो, तर उनले लगातार इन्कार गरिन् ।
    ‘मप्रति दाङ २ का मतदाताको ठूलो भरोसा छ, त्यसैमा मेरो ध्यान रहनुपर्नेछ’, रेखाले एमाले अध्यक्ष ओलीलाई भनेकी थिइन्, ‘अहिलेलाई त्यसभन्दा बाहिर जान सम्भव छैन ।’ उनले शंकरलाई चुनावी मोर्चामा जनमतको बलमा रोकेर मात्र पुगेन, पार्टीका शीर्ष नेताहरूको दबावको पनि सामना गर्नुपर्‍यो ।
    रेखाको राजनीति
    २०७० सालको दोस्रो संविधानसभामा समानुपातिकतर्फबाट सभासद रहेकी रेखाले ०७२ मा सामान्य प्रशासनमन्त्री बन्ने अवसर पाइन् । २०७४ मा पनि उनी समानुपातिकबाट सांसद बनिन् । प्रत्यक्ष चुनाव लडेर जनताबाट अनुमोदित हुने उनको इच्छा यसपटक मात्र पूरा भयो ।
    ९ असोज २०२६ मा घोराहीको रझेनामा जन्मिएकी उनले २०४३ सालदेखि अखिल ९क्रान्तिकारी० बाट राजनीति सुरु गरेकी थिइन् । दाङकै महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक गरेकी उनी अखिल क्रान्तिकारीको जिल्ला उपाध्यक्ष र ०४८ मा अनेमसंघ ९क्रान्तिकारी० दाङको अध्यक्ष, २०५० मा केन्द्रीय सदस्य र अध्यक्ष भइन् ।
    २०५७ सालमा पार्टीको केन्द्रीय सदस्य बनेकी शर्मा त्यसबीचमा काठमाडौं उपत्यका उपब्यूरो प्रमुख भइन् । त्यही क्रममा २०५८ चैतमा श्रीमान् कृष्णध्वज खड्कासँगै चाबहिलबाट पक्राउ परेर सेनाको ललितपुरस्थित राजदल गणमा कठोर यातना झेलिन् ।
    ‘एक वर्षसम्म रौरव नरक भोग्यौं’ शर्मा भन्छिन्, ‘सरकार र माओवादीबीच वार्ता सुरु भएपछि २०५९ चैत ३१ गते त्यहाँबाट उम्किएर दुवैजना पार्टी सम्पर्कमा फर्कियौं ।’ अहिले उनी पार्टीको स्थायी कमिटी सदस्य पनि हुन् ।
    सेनाको हिरासतमा कठोर यातना
    २०५८ मा काठमाडौं उपत्यकामा माओवादीको विशेष क्षेत्रीय ब्यूरो मातहत दुई उपब्यूरो थिए । केन्द्रीय राजनीतिक परिचालन उपब्यूरोका इन्चार्ज कृष्णध्वज थिए भने रेखा संगठन तथा संघर्ष उपब्यूरो इञ्चार्ज ।
    कामका योजना बनाइरहेको बेला सेनाको टोलीले पक्राउ गरेको थियो । त्यहाँबाट दुवैलाई ललितपुरको राजदल गणमा लगियो । रेखा र कृष्णध्वजले त्यहाँ धेरै यातना पाए । रेखाको शरीरमा त्यतिबेलाको यातनाको खत अहिले पनि छ ।
    ‘नाक बन्द गरेर मुखमा पानीको फोहोरा हाल्दा सबभन्दा असह्य हुन्थ्यो, त्यस्तो यातनाका क्रममा पटक–पटक बेहोस हुन्थेँ,’ उनले अनलाइनखबरसँग भनेकी थिइन्, ‘होसमा फर्कदा शरीरमा अर्कै कपडा हुन्थ्यो । त्यो क्रम पूरा एक वर्ष चल्यो ।’ २०५९ चैतमा सरकार र माओवादीबीच वार्ता सुरु भएपछि भने रेखा र कृष्णध्वज रिहा भएर पार्टीको काममा फर्किएका थिए ।

    onlinekhabar

    बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न
    प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव
    निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड
    ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग
    शिक्षकलाई चिठी
    वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

    लोकप्रिय

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    भर्खरै

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    • २.
      भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

    • ३.
      प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

    • ४.
      निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

    • ५.
      ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    • ६.
      शिक्षकलाई चिठी

    • ७.
      वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

    • ८.
      लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2025 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.