जनखोजी
प्युठान, मैत्रिपूर्ण फुटबल प्रतियोगिता–२०७९ को विजेता गौमुखी गाउँपालिका बनेको छ । आइतवार भएको फाइनल खेलमा सरुमारानी गाउँपालिकालाई २–० ले हराउदै गौमुखी गाउँपालिका जित हात पारेको हो भने सरुमारानी गाउँपालिका उपविजेता बनेको छ ।
गौमुखी गाउँपालिकाले नौबहिनि गाउँपालिकालाई र सरुमारानीले प्युठान नगरपालिकालाई हराएर फाइनलमा प्रवेश गरेका थिए ।
अन्तिम खेलमा ३८ औ मिनेटमा बिक्रम के.सि.ले गोल गरेका थिए । गौमुखीले दोस्रो हाफको ६२ औ मिनेटमा टिम कप्तान रहेका किरण के.सी.ले पेनाल्टी मार्फत गोल गरेका थिए ।
प्रतियोगितामा उपाधी विजेता टिम गौमुखीले ट्रफि मेडल र रु ३० हजार नगत पुरस्कार प्राप्त गरेको छ । उपविजेता टिमले ट्रफि मेडल र रु २० हजार पुरस्कार प्राप्त गरेका छ । सेनिफाइनल खेलको टिमलाइ नगत पाँच ÷पाँच हजार र प्रशंसा पत्र प्रदान गरिएको छ । साथै नकटआउट खेलका चार टिमलाइ समेत प्रशंसा पत्र प्रदान गरिएको छ ।
खेलमा स्वर्गद्वारी नगरपालिका बाहेक जिल्ला ८ स्थानीय तहका कर्मचारीहरुको सभागिता थियो स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ माघ ७ र ८ गते गणतान्त्रिक खेलकुद मैदान विजुवारमा प्यूठान नगरपालिका विजुवारले प्रतियोगिता आयोजना गरेको हो ।
मैत्रिपूर्ण फुटबलः गौमुखी विजेता, सरुमारानी उपविजेता
मैत्रिपूर्ण फुटबलः गौमुखी विजेता, सरुमारानी उपविजेता
Advertisement
तपाईको प्रतिक्रिया