• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, माघ ०८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

लोकप्रिय समाचार

राप्तीका भूमिहिनहरुलाई जग्गा वितरण गरिँदैः जग्गा नाँपजाँच शुरु


  •   बिहिबार, माघ १२, २०७९ मा प्रकाशित
  • Advertisement

    दाङ, दाङको राप्ती गाउँपालिकामा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थित गरि लालपूर्जा वितरण गर्ने उद्देश्यले बिहीबार देखि पलिकाको वडा नम्बर २ मुक्तिनगरबाट जग्गाको नाप नक्सा गर्ने कामको औपचारिक रुपमा उद्घाटन गरिएको छ।
    राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मीले जिपिएस प्वाइन्ट राखिएको ठाउँबाट जग्गा नाप जाँच गर्ने टोटल स्टेसन मेसिन सञ्चालन गरि कार्यक्रमको शुरुआत गरेका हुन् । आयोगका जिल्ला अध्यक्ष रेग्मीले गैर सुकुम्बासीलाई जग्गा नदिइने बताउँदै वास्तविक सुकुम्बासीलाई जग्गाको मालिक बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । ‘ कार्यविधि अनुसार नै सबै काम अगाडि बढाउछौ’. उनले भने, ‘कार्यविधि विपरित कार्य गर्नेलाई दण्डित पनि गर्छौ । जसको अधिकार क्षेत्र भित्र जग्गा छ, त्यसैले पाउँछ ।कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उनले यस क्षेत्र राजधानी क्षेत्र भएकाले पनि व्यवस्थित बस्तीको रुपमा विकास गर्न सबैले ध्यान दिनु पर्ने कुरामा जोड दिए ।
    त्यस्तै रेग्मीले काम गर्ने क्रममा कुनै विवाद भए वडा र पालिकामा गठित विवाद सहजीकरण समितिले समाधान गर्नु पर्ने कुरा औल्याउदै फिल्ड बाट सामान बोकेर फिर्ता हुने अबस्था सिर्जना हुन नदिन सबै पक्षलाई आग्रह गरे ।
    त्यस्तै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जग्गा नापजाँच कार्य पछि वर्षै देखिको जग्गा सम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरे । ‘भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाको मालिक बनाउने कार्यको शुरुआत हुदा निकै खुशी लागेको छु’, उनले भने, ‘तीन पुस्तासम्म भोग चलन गरेको जग्गाको स्वामित्व पाउन नसकेका परिवार अब जग्गाको मालिक बन्ने भएका छन् ।] यस कार्यमा सबैको साथ र सहयोगको आवश्यकता हुनु पर्ने बताए ।निर्वाचनको समयमा समेत आफूले भूमि समस्याको समाधान गर्ने प्रतिबद्धता गरेको कुरा स्मरण गर्दै विष्टले जग्गा नापजाँच गरि वास्तविक सुकुम्बासीहरुलाई मात्र लालपुर्जा वितरण गर्नु पर्ने बताए ।
    त्यस्तै डिभिजन वन कार्यलय देउखुरीका वन अधिकृत राजु क्षेत्रीले वन सँग कुनै कुरा नबाझिने गरि काम गर्न सुझाव दिए । हाल राप्ती गाउँपालिका भरि ५ सय ६७ जना भूमिहिन तथा सुकुमबासीहरू रहेका छन् । जसमध्ये ३ हजार ७ सय ५८ अब्यबस्थित बसोबासी, ५ सय ६७ जना भूमिहिन सुकुमबासी, २ सय २० जना भूमिहिन दलित गरी कुल ४ हजार ५ सय ४५ जना अव्यवस्थित बसोबासी, भूमिहिन र सुकुमबासी रहेको राप्ती गाउँपालिका भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासी सेवा केन्द्र प्रमुख बालचन्द्र गुरूङ्गले जानकारी दिए ।
    जस अनुसार ४ हजार ५ सय ४५ जनाको लगत राष्ट्रिय भूमि आयोगको सफ्टवेयरमा इन्ट्री भइसकेको छ । राप्ती गाउँपालिकाको वार्ड नम्बर १ देखि ४ सम्मका ३ हजार घरपरिवारलाई निस्सा बितरण गरि सकिएको र बाँकी वार्ड नम्बर ५ देखि ९ सम्मका १ हजार ६ सय घरपरिवारलाई निस्सा बितरण गर्न बाँकी रहेको सेवा केन्द्र प्रमुख गुरूङ्गको भनाइ छ ।

    पालिकामा जग्गा सम्बन्धी काम गर्नका लागि आयोगको जिल्ला कार्यालयबाट एक जना सर्भेक्षकलाई खटाइएको छ भने पालिकाले पनि आवश्यक थप सर्भेक्षक र अमिनहरु खटाएको पालिकाका सूचना अधिकारी विश्वास विकले बताए ।

    पालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा राष्ट्रिय भूमिआयोग दाङका अध्यक्ष लेखराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो नाप नक्सा कार्य उद्घाटन कार्यक्रममा पालिकाकी उपाध्यक्ष कमलापति चौधरी,प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वली,डिभिजन वन कार्यलय देउखुरीका वन अधिकृत राजु क्षेत्री,सहायक वन अधिकृत बिनोद कुमार शाह,पालिकाका प्रबक्ता तथा वडा नम्बर २का वडा अध्यक्ष पहलमान चौधरी,पूर्व वडा अध्यक्ष जगत थापा ,वडाका जनप्रतिनिधिहरु,विभिन्न राजनैतिक दलहरुका प्रतिनिधिहरु ,विवाद सहजीकरण समितिका सदस्यहरू तथा स्थानियवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

    बिहिबार, माघ १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    लोकप्रिय

    भर्खरै

    • १.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • २.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ३.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ४.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ५.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ६.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ७.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ८.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.