जनखोजी
प्यूठान, माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सोमबार देखि प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माण्डवी–३ मार्सिबाङ खेलकुद मैदानमा शुरु भएको छ । प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य सुर्य वहादुर थापाले पानसमा बत्ती बालेर उदघाटन गरेका हुन् ।
उदघाटन समारोहमा प्रमुख अतिथि थापाले खेलाडी राष्ट्रको गहना भएको बताए । उनले खेलप्रति रुची राख्नेहरुले लगनशिलताका साथ खेलमा लागे राष्ट्रलाई समेत चिनाउन सफल भइने भन्दै खेलकुद क्षेत्रको विकासमा आफ्नो सहयोग रहने जानकारी दिए । उनले प्युठानको माडी क्षेत्रमा स्तरीय खेलकुद मैदान निर्माण गर्न उपयुक्त स्थान हेरेर योजना निर्माण गर्ने समेत जनाएका हुन् ।
कार्यक्रममा बिशिष्ट अतिथी सबिधानसभा सदस्य नारायण प्रसाद अधिकारीले खेलाडीहरुले खेल क्षेत्रबाट रास्ट्रको पहिचान दिन सक्ने भन्दै कुनै पनि भूगोलबाट खेलाडी अगाडि बढन सक्ने बताए ।
यस्तै बिशिष्ट अतिथी प्रदेश सासद तुल्सिराम शर्माले हरेक क्षेत्रबाट खेलकुदको महत्व रहेको बताउदै स्वास्थ्य,शिक्षा र खेलकुद विद्यार्थीको लागि महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख दुर्गा रेग्मी, प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्याल र माण्डवि माध्यामिक विद्यालयका प्रधानाध्यापक मेघराज पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले स्वागत गरेकोे कार्यक्रम राजनैनिक दलका प्रतिनिधि, वडा अध्यक्ष, कार्यपालिका सदस्य एवम जनप्रतिनिधिहरु, विभिन्न सरकारी कार्यलयका प्रमुखहरु, पत्रकार, विभिन्न संघ सस्थाका प्रतिनिधि, शिक्षक, बिद्यार्थी लगायत जनसमुदायको उपस्थिति रहेको थियो । माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी(रोसन) को अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले मार्चपास, नृत्य लगायत सास्कृतिक प्रस्तुतिहरु प्रदशन गरेका थिय भने कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले गरेका थिए । प्रतियोगिता बुधबारसम्म संचालन हुनेछ ।
माण्डवीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
माण्डवीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
Advertisement
तपाईको प्रतिक्रिया