Advertisement
जनखोजी
दाङ, लुम्बिनी प्रदेश सभाका सदस्य तुलाराम घर्तिमगरको नेतृत्वमा गिद्ध ल्याण्डिङ क्षेत्रको सरसफाइ गरिएको छ । राप्ती उपत्यका अन्तरगत राप्ती गाउँपालिका २ लालमिटया स्थित कालिका सामुदायिक वन क्षेत्रमा रहेको गिद्ध संरक्षण केन्द्रमा सरसफाई गरिएको हो ।
सरसफाइमा सभामुख घर्ति सहित प्रदेश सरकारका अधिकारीहरु, प्रदेश सहकारी विकास वोर्डका उपाध्यक्ष, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाह विष्ट लगायत कालिका सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरुको उपस्थित रहेको थियो ।
वनले गिद्ध संरक्षण गर्ने कार्यगरिरहेको छ । सोही अन्तरगत गिद्धहरुलाई उडेर आइ बस्ने स्थानको सरसफाई गरिएको हो । यसले गिद्धहरु सामुदायिक वन क्षेत्रमा बस्न सहज हुने विश्वास गरिएको सामुदायिक वनका उपभोक्ताहरुको भनाइ छ ।