• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, माघ ०८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

लोकप्रिय समाचार

गुन्द्रुक ब्रान्डिङ गरिँदै, कसरी बन्दछ गुन्द्रुक ?


  •   बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित
  • Advertisement

    जनखोजी
    इलाम, ‘गुन्द्रुक’ शब्द सुन्दा हेपेर बोलिए जस्तो लाग्छ । तर त्यही गुन्द्रुकको स्वाद मीठो नलाग्ने मान्छे भने कमै हुन्छन् । अमिलो मनपर्ने नेपालीको भान्सामा अत्यधिक मन पराइने परिकार हो गुन्द्रुक । गुन्द्रुकको झोल र अचार निकै स्वादिलो हुन्छ ।

     

    नेपाल कृषि प्रधान मुलुक हो । नेपालीले तरकारी खेती गर्ने गरेका छन् । सोही तरकारीको सागबाट गुन्द्रुक बनाइन्छ । हामीले मुलाको मात्र गुन्द्रुक खाएका हुन सक्छौँ । तर मुलाको सागसँगै रायोको साग, फूलकोपी, बन्दाकोपी, तोरीको सागबाट समेत स्वादिष्ठ गुन्द्रक तयार गरिन्छ ।

    सबैभन्दा बढी त मुलाको सागबाट गुन्द्रुक बनाइन्छ। साथै मुलाबाट सिन्की निर्माण बनाइन्छ । प्रायः किसानको करेसामा साग र मुला रोप्ने गरिन्छ । सोही सागबाट गुन्द्रुक बनाइन्छ । उत्पादित बजारसम्म पुर्‍याउन सके उपभोक्ताले खरिद गरेर तरकारी खान्छन् ।

    इलामका ग्रामीण भेगमा उत्पादन भएको सागले बजार नपाउँदा गाईबस्तुलाई खुवाउने गरिन्छ । सोही सागलाई गुन्द्रुक बनाएर पनि सदुपयोग गर्न सकिन्छ । जनताको पहिलो सरकार भनेकै स्थानीय तह हो । सोही स्थानीय तहले किसानका क्षेत्रमा काम गर्न नसक्दा उत्पादित तरकारीसमेत खेर गइरहेका छन् । तर इलामको रोङ गाउँपालिकाले भने गुन्द्रुक ‘ब्रान्डिङ’ शुरु गरेको छ ।

    किसानले उत्पादन गरेर खेरगइरहेको सागबाट गुन्द्रुक बनाइन्छ । सोही गुन्द्रुकलाई गाउँपालिकाले ब्रान्डिङ गर्न शुरु गरेको हो । उत्पादन र बजारीकरण सरकारले चासो नदिँदा किसानले उत्पादन गरेको कृषि उपज खेर गइरहेको छ । तर अब गुन्द्रुकले भाउ पाउने धेरै किसानको अपेक्षा रहेको छ ।

    इलामको रोङ गाउँपालिकाले किसानको जीवनस्तर उकास्ने गरिको काम अगाडि बढाएको छ । स्थानीय उत्पादनलाई बढवा दिइने र उत्पादित वस्तु बजारसम्म पुर्‍याउनका लागि काम थालिएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए । गाउँपालिकाले गुन्द्रुक(सिन्कीको प्रवर्द्धन शुरु गरेको छ ।

    पालिकाका अगुवा किसानलाई प्रदेश, पालिका र स्थानीय सहकारीको साझेदारीमा कार्यक्रम सञ्चालन गरेको हो । बजारमा खपत हुने तरकारी यहीँ बिक्री हुन्छ । खपत नभएको साग र मूलालाई व्यवस्थापन गर्दै गुन्द्रुक(सिन्की निर्माण गरिने गाउँपालिकाको लक्ष्य रहेको छ ।

    उत्पादित सिन्की(गुन्द्रुकलाई प्रवर्द्धन गर्ने कार्यक्रम अगाडि बढाइएको जनाइएको छ । प्रत्येक किसानले उत्पादन गरेको गुन्द्रुक र सिन्कीलाई आवश्यक लेबलिङ गर्ने गरी कार्यक्रम शुरु गरिएको गाउँपालिकाका अध्यक्ष स्याङ्बोको भनाइ छ ।

    उत्पादित साग बजारमा बिक्री हुने र बाँकी रहेको पालिकाले किसानलाई प्रतिकेजी रु ८० अनुदान सहयोग गर्ने गाउँपालिकाको योजना रहेको छ । गाउँपालिकाले शुरुआती तीन महिना गुन्द्रुक(सिन्की लेबलिङका लागि फुड टेक्निसियनसमेत नियुक्त गरी हाल ब्रान्डिङको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । देवान छाप साना किसान कृषि सहकारीले कार्यक्रम सञ्चालन गर्ने बताएको छ । यसका लागि गाउँपालिकाले दातृ संस्थाको साथ पाएको छ ।

    रु ६७ लाख ८५ हजारको कार्यक्रमका लागि स्वीस सरकारले ३४ लाख ४५ हजार उपलब्ध गराउने छ । पालिकाले रु १७ लाख ६० हजार र सहकारीले १५ लाख ८० हजार लगानी गर्ने बताइको छ । देवान छाप साना किसान कृषि सहकारीको साना किसान कृषि प्रशोधन उद्योगमार्फत उत्पादन, ब्रान्डिङ, प्याकेजिङ एवं मार्केटिङको सबै कार्य गर्ने गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए ।

    उनका अनुसार यसवर्ष कम्तीमा तीन सयदेखि एक हजार किलो उत्पादनका लागि किसानलाई प्रोत्साहन गरिनेछ । पहिलो चरणमा ६० जना किसानलाई सहभागी गराइएको छ भने आगामी वर्ष अझ यसलाई बढाएर कार्यक्रम सञ्चालन गरिनेछ । प्रदेश नं १ को कृषि मन्त्रालय, गाउँपालिका र स्थानीय सहकारीको आर्थिक सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।

    पहिला चरणको उत्पादनको ड्रायरका लागि स्थानीय व्यवसायी कुमार अर्यालको उद्योगलाई प्रयोग गरिने भएको छ । चालु आर्थिक वर्षमा सहकारीको जग्गामा उद्योग स्थापना गर्ने तयारी अघि बढेको अध्यक्ष स्याङ्बोको भनाइ छ ।

    अहिलेसम्म ब्रान्डको नाम तय नभए पनि ‘गुन्द्रुक सिन्कीको प्याकेट डिजाइन र ब्रान्ड नाम आदरणीय गुन्द्रुक र आदरणीय सिन्की राखेर सम्मानसहित बजारमा ल्याइने भएको छ । राष्ट्रिय सम्मान बोकेको वस्तुलाई प्रवद्र्धनका लागि अगाडि आदरणीय थप्ने भन्दै नेपालमा अहिलेसम्म राष्ट्रिय तरकारीको रिसर्च नहुनु दुःखद् रहेको किसानको समेत भनाइ रहेकोछ ।

    यसको रिसर्च रोङ गाउँपालिकाबाटै शुरु हुने अध्यक्ष स्याङ्बोको भनाइ छ । पालिकाले हरेक वर्ष एकरदुईवटा उत्पादनलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको बताउँदै आयात प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनलाई बढवा दिइने बताइएको छ । तरकारीमा आत्मनिर्भर बनाएर निर्यात गर्ने योजनाका साथ काम बढाइएको बताइएको छ ।

    चालु वर्षको नीति कार्यक्रममा गाउँपालिकाले गुन्द्रुक प्रवद्र्धनका लागि ब्रान्डिङ र प्याकेजिङ गर्न तीन लाख, बीउका लागि दुई लाख, प्रतिकिलो अनुदानका लागि रु तीन लाख र गुन्द्रुक उत्पादनमा प्रतिस्पर्धा गरी उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्न दुई लाख विनियोजन गरेको छ । “उत्पादन पश्चात सहकारीमार्फत सहज सञ्चालन गराउन एउटा कार्यविधि तयार हुँदै गरेको छ । विश्लेषणसहित गुन्द्रुकको ‘रणनीतिक व्यापार कार्य योजना’ तयार हुँदै गरेको बताइएको छ ।

    उत्पादन अगाडिको अनुदानलाई निरुत्साहित गर्दै जनता र स्थानीय सरकारबीच साझेदारीपछि कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गरिनेछ । किसानको उत्पादन सहकारीले खरिद गर्ने वातावरणको विकास गर्नुका साथै अनिवार्य कृषि, पशु बीमा लागू गर्ने अध्यक्ष स्याङ्बोको भनाइ छ ।

    कसरी निर्माण गरिन्छ गुन्द्रुक ?

    सागलाई अमिल्याएर बनाइएको वस्तुलाई नै गुन्द्रूक भनिन्छ । गुन्द्रुक राष्ट्रिय तरकारीसमेत हो । राष्ट्रिय तरकारी भएर पनि सम्मान पाउन नसकेको गुन्द्रुकलाई नेपालभित्र मात्र नभएर विश्व बजारमा पुर्याउन कार्यक्रम थालिएको हो । गाउँघरमा प्राय किसानले गुन्द्रुक बनाएको भए पनि पनि शहर बजारमा गुन्द्रुक कसरी बनाइन्छ भन्ने कमैलाई मात्र जानकारी हुने गरेको छ ।

    हरेक किसानले साग रोप्ने गर्छन् । त्यही सागलाई गुन्द्रुक बनाए वर्षौंसम्म प्रयोग गर्न सकिन्छ । गुन्द्रुक रायोको साग, तोरीको साग, मुलाको साग आदिबाट बनाइन्छ र यसलाई तरकारीको रूपमा प्रयोग गर्ने गरिन्छ ।

    छिप्पिएको रायो, तोरी, मुलाका पात टिपेर घाममा केही दिन ओइलाइन्छ । त्यसलाई ढिँकीमा अथवा कुनै प्रविधिबाट कुच्याइन्छ र गहिरो खाडलवा प्लाष्टिकको भाँडोमा खाँध्ने गरिन्छ । खाडलमा लगाइएको भने खाल्डोमाथि पुरेपछि आगो बालेर तताइन्छ । प्लाष्टिकको भाँडोमा लगाइएको भए तातो ठाउँमा राखिन्छ ।

    यसरी लगाइएको २२ देखि दुई महिनामा यसलाई बाहिर किालिने गरिएको छ । खाल्डोमा लगाइएको भए माटो नलागोस् भनेर वरिपरी बाँसका ढ्वाङ, पराल, प्लास्टिक कोदोको नल आदि लगाएर बिचमा खाँदेर छोपिन्छ । सागअनुसार अट्ने खाल्डो खनिएपछि त्यसलाईसमेत केही दिनभित्र आगो बालेर तातो पारिन्छ । लगाइएको प्रायः २२ देखि एक महिनामा यसको स्वाद अमिलो हुन्छ ।

    निकालेर आवश्यक्ता अनुसार काटेर घाममा सुकाइन्छ । यसरी तयार पारिएको वस्तुलाई हावा नपस्ने गरी बिर्को लाएर कुनै बट्टामा राख्दा वर्षौँसम्म खान सकिन्छ । यसलाई तरकारी वा अचार बनाएर पनि खाने गरिन्छ । सिन्की र गुन्द्रुक बनाउने तरिका एउटै हो । मुलाबाट सिन्की निर्माण हुन्छ भने सागबाट गुन्द्रुक तयार हुन्छ ।यस्तो बस्तु हाल थकाली भान्सादेखि चारतारे होटलमा समेत पछिल्लो समय अत्याधिक चल्न गरेको छ । नेपालमा हाल पनि बढिजसो मानिस कृषिमा लागेका छन् । हरेक निर्वाचन अघि उम्मेद्वार र पार्टीले घोषणापत्रमा नै कृषिलाई प्राथमिकतामा राख्ने बताउँदै आएको छ । तर उल्लेख्या काम गर्न नसक्दा किसानले उत्पादन गरेको वस्तु बजारसम्म पुग्न नै पाउँदैन ।बजार पुगे पनि उचित मूल्य पाउन नै सकेको छैन । किसानका उत्पादन बजारीकरण गर्ने वाचा गरेका नेताले जितेर माथि पुग्छन् तर भोट दिने जनता जहीकोतहिँ भइरहेका छन् । चुनाव अघि तिनै जनतासँग निउरिने नेता चुनाव जितेपछि किसानप्रति कुनै योजना बनउँदैनन् । त्यसैले पनि किसानका उत्पादन सदुपयोग हुन सक्दैनन् ।उत्पादित बस्तु बजारीकरण हुन नसक्दा किसानको जीवनस्तर उक्सिन सकेको छैन । तर इलामको रोङगाउँपालिकाले प्रयास थालेको छ । यो प्रयासले निरन्तरता पाउन सके किसानको जनजीविकाका क्षेत्रमा निकै महत्वपूर्ण मानिनेछ ।

    बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    लोकप्रिय

    भर्खरै

    • १.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • २.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ३.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ४.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ५.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ६.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ७.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ८.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.