• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

चार भेन्टिलेटरसहित जनशक्तिको अभावमा प्युठान अस्पतालको आइसियू सञ्चालनमा ढिलाइ

  •   बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित

  • शशिधर भण्डारी
    प्युठान, कोभिडकालमा ल्याइएका भेन्टिलेटर काठमाडौं सहित विभिन्न अस्पतालमा बेवारिसे बन्दा प्युठानमा भने भेन्टिलेटर अभावमा आइसियू प्रयोगमा आउन सकेको छैन् । भेन्टिलेटर र जनशक्ति अभावमा चार बेडको आइसियू कक्ष अलपत्र जस्तै बनेको हो ।
    सरकारका सम्बन्धित निकायहरूलाई पटकपटक आग्रह गरे पनि सुनुवाइ नहुँदा हव अस्पतालको सेवामा प्रभावित बनेको छ ।
    जिल्लामा विशेषज्ञ सेवा सहित स्वास्थ्य सेवा प्रदान गर्न सक्षम अस्पतालमा जनशक्ति र भेन्टिलेटर नहुदा आइसियु सेवा दिन नसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले बताइन् । अस्पताल परिसरमा यसअघि रहेको स्वास्थ्य कार्यालय सरेपछि सोही ठाउँमा शल्यक्रिया र आइसियू कक्षहरू निर्माण गरिएको छ । यसअघि कोरोनापीडितका लागि उपचारार्थ अस्पतालमा भेन्टिलेटर भनेर ल्याइएका सामान बाइप्याप मात्रै भएको पाइएको छ । १ असोज ०७७ मा तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भेन्टिलेटर भनेर पाँच थान बाइप्याप पठाएका हुन् । अस्पतालका अधिकृत राजन घिमिरेले श्वास–प्रश्वास सहजताका लागि बाइप्यापले काम गरे पनि आइसियूमा भेन्टिलेटर नै चाहिने बताए । प्युठान जिल्ला अस्पतालमा तीन र भिग्री प्राथमिक स्वास्थ्य केन्द्रमा दुईवटा बाइप्याप राखिएको छ ।
    चार बेडको आइसियू कक्ष सञ्चालनका लागि २४ घन्टा खटिने नर्स, स्वास्थ्यकर्मी, जनरल फिजिसियन, मेडिकल अधिकृतजस्ता जनशक्ति आवश्यक पर्ने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट खनालले बताइन् । हाल उपलब्ध जनशक्ति आकस्मिक र बहिरंग सेवाका लागि मात्रै पनि पर्याप्त हुन सकेको छैन । आइसियूका लागि बिरामीहरू बुटवल, भैरहवा र घोराही पुग्नुपरेको छ । अस्पतालका अनुसार आइसियूका लागि कक्ष र बेड तयारी हालतमा छन् । तर, भेन्टिलेटर र जनशक्ति नहुँदा सेवा सुरु गर्न सकिएको छैन । चार भेन्टिलेटर र केही जनशक्ति चाहियो भनेर सरकारका सम्बन्धित निकायमा भनिरहेपनि सम्बन्धित निकायका पदाधिकारीसँग अस्पताल अनुगमन, बैठक र छलफलका क्रममा समस्या समाधानका लागि माग गर्दा पाएको आश्वासन कार्यान्वयन भएको छैन् ।

    Advertisement

    बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.