• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, जेठ ०७, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

शिक्षकलाई चिठी

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

आरिघोप्टे वर्षाले प्यूठानको झिमरुक मस्यपालनमा ६ लाखको माछा क्षति

लोकप्रिय समाचार

  • १. गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

चार भेन्टिलेटरसहित जनशक्तिको अभावमा प्युठान अस्पतालको आइसियू सञ्चालनमा ढिलाइ


  •   बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित

  • शशिधर भण्डारी
    प्युठान, कोभिडकालमा ल्याइएका भेन्टिलेटर काठमाडौं सहित विभिन्न अस्पतालमा बेवारिसे बन्दा प्युठानमा भने भेन्टिलेटर अभावमा आइसियू प्रयोगमा आउन सकेको छैन् । भेन्टिलेटर र जनशक्ति अभावमा चार बेडको आइसियू कक्ष अलपत्र जस्तै बनेको हो ।
    सरकारका सम्बन्धित निकायहरूलाई पटकपटक आग्रह गरे पनि सुनुवाइ नहुँदा हव अस्पतालको सेवामा प्रभावित बनेको छ ।
    जिल्लामा विशेषज्ञ सेवा सहित स्वास्थ्य सेवा प्रदान गर्न सक्षम अस्पतालमा जनशक्ति र भेन्टिलेटर नहुदा आइसियु सेवा दिन नसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले बताइन् । अस्पताल परिसरमा यसअघि रहेको स्वास्थ्य कार्यालय सरेपछि सोही ठाउँमा शल्यक्रिया र आइसियू कक्षहरू निर्माण गरिएको छ । यसअघि कोरोनापीडितका लागि उपचारार्थ अस्पतालमा भेन्टिलेटर भनेर ल्याइएका सामान बाइप्याप मात्रै भएको पाइएको छ । १ असोज ०७७ मा तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भेन्टिलेटर भनेर पाँच थान बाइप्याप पठाएका हुन् । अस्पतालका अधिकृत राजन घिमिरेले श्वास–प्रश्वास सहजताका लागि बाइप्यापले काम गरे पनि आइसियूमा भेन्टिलेटर नै चाहिने बताए । प्युठान जिल्ला अस्पतालमा तीन र भिग्री प्राथमिक स्वास्थ्य केन्द्रमा दुईवटा बाइप्याप राखिएको छ ।
    चार बेडको आइसियू कक्ष सञ्चालनका लागि २४ घन्टा खटिने नर्स, स्वास्थ्यकर्मी, जनरल फिजिसियन, मेडिकल अधिकृतजस्ता जनशक्ति आवश्यक पर्ने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट खनालले बताइन् । हाल उपलब्ध जनशक्ति आकस्मिक र बहिरंग सेवाका लागि मात्रै पनि पर्याप्त हुन सकेको छैन । आइसियूका लागि बिरामीहरू बुटवल, भैरहवा र घोराही पुग्नुपरेको छ । अस्पतालका अनुसार आइसियूका लागि कक्ष र बेड तयारी हालतमा छन् । तर, भेन्टिलेटर र जनशक्ति नहुँदा सेवा सुरु गर्न सकिएको छैन । चार भेन्टिलेटर र केही जनशक्ति चाहियो भनेर सरकारका सम्बन्धित निकायमा भनिरहेपनि सम्बन्धित निकायका पदाधिकारीसँग अस्पताल अनुगमन, बैठक र छलफलका क्रममा समस्या समाधानका लागि माग गर्दा पाएको आश्वासन कार्यान्वयन भएको छैन् ।

    Advertisement

    बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न
    प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव
    निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड
    ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग
    शिक्षकलाई चिठी
    वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

    लोकप्रिय

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    भर्खरै

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    • २.
      भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

    • ३.
      प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

    • ४.
      निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

    • ५.
      ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    • ६.
      शिक्षकलाई चिठी

    • ७.
      वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

    • ८.
      लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2025 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.