Advertisement
जनखोजी
प्युठानको माण्डबी गाउँपालिका अध्यक्ष नमराज अधिकारी(रोशन) सवार गाडी दुर्घटनामा परेको छ। शनिबार गाउँपालिका स्तरीय विपद ब्यबस्थापन तथा आर्थिक पुर्नलाभ योजना तयारी कार्यशाला गोष्ठीमा सहभागी हुन घरबाट गाउँपालिकाको केन्द्र जस्पुर आउने क्रममा गाडी दुर्घटना भएको हो ।
गाउँपालिकाका अनुसार मानविय क्षती भएको छैन । गाडी व्रेक फेल भएका कारण दुर्घटना भएको बताइएको छ ।