Advertisement
जनखोजी
रोल्पा, सुनिलस्मृती गाउँपालिका रोल्पाले गाउँपालिकाका १६ महिलालाई गरगहना वनाउने तालिम दिएको छ । ५ वटा सहकारी संस्थामा आवद्ध महिलाहरुलाई कृष्टलका गरगहना वनाउने सम्वन्धि स्तरवृद्धी तालिम दिईएको गाउँपालिकाकी सहायक महिला विकास निरिक्षक भगवती वुढाले जानकारी दिइन ।
महिलाहरुलाई सिप प्रदान गरेर आयआर्जन र उत्पादनमा जोडने उद्देश्यले गाउँपालिकाले तालिम आयोजना गरेको गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले बताए । तालिमको समापन कार्यक्रममा वोल्दै उनले सिकेको सिम वमोजिमको काम रोजेमा व्यवसायमा सहजै सफलता प्राप्त गर्न सकिने समेत बताए । तालिमको सहजीकरण सुजाता थापाले गरेकी छन् ।