• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

प्यूठानीका सम्झनामा स्व. खेमराज पण्डित


  •   सोमबार, फागुन १५, २०७९ मा प्रकाशित
  • Advertisement

    कमल पोख्रेल
    प्यूठान जिल्लाको तत्कालिन थुम नारीकोट मौजे माझकोट बाग्दुलामा वि.स. १९९९ मार्ग ७ गते पिता विष्णुप्रसाद पण्डित र माता पूनादेवीका कोखबाट जन्मिएका खेमराज पण्डित प्यूठानीहरुकालागि मात्र होइन तत्कालिन समयमा राष्ट्रिय स्तरमा समेत नाम चलेका व्यक्तिहरुमध्यका एक थिए । विष्णुप्रसाद पण्डित शिक्षाप्रेमी र सामाजिक व्यक्तित्व भएको हुँदा पिताको प्रभाव खेमराज पण्डितमा पनि पर्न गएको थियो । विष्णुप्रसादका ६ भाइ छोराहरुमध्य खेमराज कान्छी श्रीमती तर्पmका जेठा छोरा थिए । उनका माता–पिता र इष्ट–मित्रहरुले मायाँ गरेर उनलाई ‘मिठे’ भनेर बोलाउने गरेकाले स्थानीय स्तरमा उनी ‘मिठे’का नामबाट सबैसँग परिचित थिए । उनका पुर्खा कर्णाली प्रदेशको जुम्ला सिरीढुस्काबाट बसाइँ सरी वि।स।१४२५ मा प्यूठानको खप्रेङखोला, भलाहपानी आई बसोबास गरेका थिए । त्यहाँबाट गेजबाङ, मानागाउँ, बाग्दुला, टिकुरी र प्यूठान जिल्लाभन्दा बाहिर पनि यत्रतत्र बसाइँ सर्न पुगेका पण्डितहरु बर्दिया, टिकापुरमा पनि आफ्नो पुर्खौली वर्चस्व कायम गर्दै बसोबास गरेका छन् भन्ने कुरा खेमराज पण्डितका माइला भाइ गेहराज पण्डितद्धारा लिखित पण्डितहरुको वंशावलीमा उल्लेख छ । तत्कालिन माझकोट गेजबाङबाट बसाइँ सरी आएका खगेश्वर पण्डितका नाति खेमराज पण्डित वंशका एक हस्ती नै थिए भन्दा पनि अन्यथा हुने छैन । प्यूठान जिल्लामा पण्डित परिवार राजनीतिक, सामाजिक, शैक्षिक क्षेत्रलगायत धार्मिक कार्यमा पनि अगाडि रहेको कुरा सबैको अगाडि प्रस्टै छ ।
    प्यूठान जिल्लाको पहिलो मुक्ति हाई स्कुलपछि बाग्दुलामा दोस्रो हाई स्कुल स्थापना गर्न बेन्च, डेस्क बोकी ल्याउँने मध्यमा खेमराज पण्डित पनि एक थिए । सानै उमेरदेखि निडर, अन्याय र अत्याचारका विरुद्धमा आवाज उठाउने रुढिवादी परम्पराका विरोधि एक होनहार युवक भएकाले खेमराजलाई कम्युनिष्ट नेता मोहन विक्रम सिंहले आफ्नो पार्टीको सदस्यता दिएका थिए । खेमराज पण्डित लामो समयसम्म मोहन विक्रम सिंहको कम्युनिष्ट पार्टीमा सक्रिय भई लागे । प्यूठान जिल्लाको सदरमुकाम खलङ्गाबाट रातामाटा सार्ने सम्बन्धमा मोहनविक्रम सिंह, अनिरुद्र शर्मा, हेमराज शर्मा, हुकुमबहादुर के।सी।, टङ्कबहादुर विष्ट लगायत्लाई सहयोग पु¥याउने युवामध्यका एक खेमराज पनि थिए । त्यस समयका बडाहाकिम प्रतिमान चन्द बोहरासंग समेत उनी युवाहरुका तर्पmबाट सम्पर्क सम्बन्ध कायम गर्न पुगेको कुरा तत्कालिन लेख, स्मारिका आदिको अध्ययनबाट थाहा लाग्दछ । त्यस समयमा प्यूठान र छिमेकी जिल्लामा समेत उच्च शिक्षाको अध्ययन गर्न पाउने शिक्षण संस्था नभएकाले उनी उच्चशिक्षा हासिल गर्न बनारस गएका थिए । २०२२ सालमा बनारसस्थित हिन्दू विश्वविद्यालयमा पढ्दा उनी विद्यार्थी संगठनका अध्यक्षसमेत भएका थिए । उनको साहित्यमा पनि रुचि थियो । त्यसैले उनको बनारसमै प्यूठानी, दङली विद्यार्थीहरुसंग सहकार्य गर्दै ‘सुमन’ पत्रिकाको सम्पादन तथा जनसाहित्य सभाको सेक्रेटरीसमेत भई साहित्यको विकासमा लागेका थिए । ज्ञानबद्र्धिनी सभाको गठन गर्नमा यिनले भूपेन्द्र सुवेदीलाई सहयोग पु¥याएका थिए । २०१९ सालमा बनारसमा ‘सुमन’को पहिलो अङ्क प्रकाशित भयो । दोस्रो बर्ष २०२० जेष्ठ २९ गते मुक्ति हाई स्कुल रातामाटामा सातदिने ‘विराट साहित्य सम्मेलन’ हुँदा खेमराज पण्डित प्रमुख आयोजकमध्यका एक थिए । जनसाहित्य सभाको तेस्रो अङ्क ‘सुमन’ प्रकाशित गर्दा एवं जनता हाई स्कुल बाग्दुलामा ‘बिराट साहित्य सम्मेलन’ गर्दा समेत खेमराज पण्डितको ठुलो योगदान रहेको थियो । भुपेन्द्र सुवेदीसंग पत्रिका प्रकाशन मुद्दामा तारिख बोक्नेमध्यका खेमराज पण्डित पनि एक थिए । विश्वमा आएको राजनीतिक परिवर्तन रुस र चीनको कम्युनिष्ट इतिहास, नेपालको कम्युनिष्ट संगठन एवं मोहनविक्रम सिंहको नेतृत्वको कम्युनिष्ट संगठन आदि अध्ययन गर्दै उनी पुष्पलाल समुहमा लागेका थिए । खेमराज पण्डित त्यस समुहका केन्द्रीय सदस्यहरुमध्य ६ जना प्रमुख सदस्यहरुमा पर्दथे । म बनारसमा बस्दा उनलाई ‘सिक्स म्यान’ भनिन्थ्यो । उनी राजनीतिका चतुर खेलाडी थिए ।
    नेपालमा राजा महेन्द्रको २०२८ माघ १७ गते भएको निधन र राजा विरेन्द्रको राज्यरोहणपश्चात् पंचायती संविधानमा संशोधन भइसकेपछि उनी पञ्चायतमा प्रवेश गरे । माझकोट गाउँ पञ्चायतको उप–प्रधानपञ्च, जिल्ला पञ्चायत सदस्य, जिल्ला सभापति, राष्ट्रिय पञ्चायत सदस्य तथा पछि ‘नेपाल गुठी संस्थान’का प्रमुख समेत भए । २०४६–४७ सालको जनआन्दोलन पश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टीको संस्थापक सदस्य, सह–महामन्त्री आदि जिम्मेवारी वहन गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा समेत चर्चित हुन पुगे । उनले प्यूठानका विभिन्न शिक्षण संस्था तथा हाई स्कुल, क्याम्पसमा प्रधानाध्यापक, प्रध्यापक, सञ्चालक समितिका सदस्य एवं जिल्लादेखि बाहेक छिमेकी जिल्लाहरु अर्घाखाँची र रोल्पामा समेत शिक्षण कार्यका माध्यमबाट शिक्षाको ज्योति पैmलाएका थिए । उनी प्यूठान जिल्लाका सभापति र रा।प।स। हुँदा प्यूठान–भालुबाङ मोटरबाटोको निमार्णका लागि आवाज बुलन्द पार्दै योजना निमार्णका लागि दबाब दिएका थिए । उनलाई भालुबाङे माननीयसमेत भनियो । उनी जनमत सङ्ग्रहमा सुधारिएको पञ्चायतको पक्षमा लागेका थिए । राजनीतिक अडानमा दृढ हुँदा बहुदल आएपछि उनलाई स्वर्गद्धारी क्याम्पस नजिक हातपात र लछारपछारसमेत गरियो । उनीमाथि राजनीतिक प्रतिशोधको कार्य भयो । त्यसपछि उनी जिल्लामा बस्न सक्ने स्थिति नभएपछि काठमाण्डौँ पुगे । उनी आफ्नो राजनीतिक संगठनबाट विचलिन भएनन् बरु सङ्गठन गर्दै अगाडि बढिरहे । जिल्लाका कुना कुनामा सङ्गठन गरी हिँड्न छाडेनन् । कतिले तर्साए, धम्की दिए, ज्यान मार्ने चेतावनी दिए तर, उनी आफ्नो सिद्धान्तमा लागिरहे ।
    हिजो उनलाई पञ्चे बन्यो, रा।प्र।पा।पार्टीको सङ्गठन ग¥यो भनेर दुःख दिनेहरु आज सालको पात फेरिए भैm गरी विभिन्न दल बदल्दै लुटेर, छलेर, ढाँटेर हिँडेका छन् । बाहिर एउटा देखाउँने दाँत, भित्र अर्को चपाउने दाँत भएकाहरु कहिले कुन, कहिले कुन दलको सदस्य बन्दै जहाँ खान पाइन्छ त्यहीँ सल्केको पुजारी भएका छन् । त्यसैले खेमराज पण्डितको राजनीतिक सिद्धान्तसंग सहमत नहुन पनि सकिन्छ, तर उनको लागेपछि दृढ भई लाग्ने, सकेसम्म सबैलाई सहयोग गर्ने, जिल्लाको विकास गर्ने, प्यूठान–भालुबाङ खण्डको क्वाडीदेखि दम्तीसम्म जिल्ला सदरमुकाम खलङ्गा जोड्ने मोटरबाटो निमार्णमा उनको नेतृत्वदायी भूमिका प्यूठानीले विर्सनै सक्दैनन् । त्यस्तै उनले साहित्य सेवामा पु¥याएको योगदान पनि अविस्मरणीय छ ।
    खेमराज पण्डितको निधन २०६८ साल माघ २९ गते पार्टी सङ्गठन र विस्तार गर्ने क्रममा भएको थियो । उनको अन्तिम शवयात्रा बाग्दुला बजार हुँदै विशाल जनसमुहका बीच, धर्मावती नदीको किनारमा दाहसंस्कार गरिएको थियो । उनको शवयात्रा र अन्तिम दाहसंस्कारमा रा।प्र।पा।का समर्थक र केन्द्रीय सदस्यहरुका साथै सयौँ प्यूठानीहरु सहभागी भएका थिए । उनको पुण्यतिथिको तेह्रौँ दिनको शोकसभा उनकै निवास बाग्दुलामा सम्पन्न भएको थियो । जसमा रा।प्र।पा।का महामन्त्री पशुपति शम्शेर जबराकोसमेत उपस्थिति रहेको थियो ।
    खेमराज पण्डितले २०५६ असोजमा पुनः ‘सुमन’ को बर्ष १ अङ्क १ निस्कदा खुसी व्यक्त गर्दै सुमनलाई शुभकामना दिदै लेखेका थिए–“आज साहित्य परिषद् प्यूठानको पुनर्जन्म भएको छ । अतीतको गर्भमा रहेको ‘सुमन’ पुनः जीवित भएको छ । विगतको ठुलो अन्तरालमा प्यूठानमा धेरै परिवर्तनहरु आइसकेका छन्, चेतनाको स्तरमा वृद्धि भएको छ । त्यसैले ‘सुमन’बाट नयाँ युगको नयाँ चेतना प्रादुर्भाव हुने नै छ । हिजोको ‘सुमन’ कुनै राजनीतिक दल विशेषको बन्धक थिएन । तत्कालिन समाजमा रहेका रुढिबादी परम्परा, अन्धविश्वास, जातीय विभेदका विरुद्ध एउटा सिङ्गो आन्दोलन थियो । साहित्य परिषद् प्यूठानलाई सहर्ष धन्यवाद, सुमनको उत्तरोत्तर कामना ।” लेखकः कमल पोख्रेल बरिष्ठ साहित्यकार हुनु हुन्छ । उहाँको सामाजिक क्षेत्रका ठुलो पहल छ भने साहित्य लेखन क्षेत्रमा उहाँले पाँच दशक सेवा गरिसक्नु भएको छ । उहाँ अहिले ७६ औ हिउँद पार गरेपनि लगनसिलता र निरन्तरता उही गतिमा अगाडि बढिरहेको छ । देशको यस्तो होनहार सपुत पाउनुमा हामीलाई गौरबको महसुस भएको छ । उहाँको कलमले अभैm निरन्तरता पावस । यही हाम्रो कामना १ धन्यवाद १ साभारः यो लेख कवि तथा लेखक कमल पोख्रेलद्धारा लिखित “प्यूठानका गौरव खेमराज पण्डित स्मृतिग्रन्थ” नामक पुस्तकबाट लिएको हो । जसको सम्पादन प्रा. केशव सुवेदी, र बशिष्ठ अधिकारी हुनु हुन्छ ।

    सोमबार, फागुन १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.