Advertisement
जनखाेजी
प्युठान, नेकपा(एमाले) स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनका लागि बनेकाे गठबन्धनबाट मुलुकले बिकास र स्थायित्व नपाउने बताए । काङ्ग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वकाे सरकारले अर्थतन्त्र ध्वस्त पारेकाे भन्दै पुनः मुलुक आर्थिक संकट पैदा हुने अवस्था बनेकाे बताएका हुन् ।
नेकपा(एमाले)ले थालेकाे दुई महिने संगठन सुदृढीकरण अभियान (मिसन ग्रास रूट)काे विषयमा जानकारी गराउन प्रेस चाैतारीकाे आयाेजनामा शुक्रबार भएको पत्रकार भेटघाट कार्यक्रममा डा. भट्टराईले नयाँ गठबन्धनको स्वार्थहरूलाई घरघरमा पुर्याउने दावी समेत गरे । उनले भने, “शेयर बजार घटेकाे छ । देउवा नेतृत्वकाे सरकारले अर्थतन्त्र संकटमा पारेकाे छ । एमालेकाे नेतृत्व विना देशकाे अर्थतन्त्र सुधार नहुने संकेत देखा परेकाे छ ।”
प्युठानमा घरघरमा मिसन ग्रास रूट
नेकपा एमालेका अध्यक्ष केपि ओलीले गत फागुन ५ गते उद्घाटन गरेर सुरु गरेकोमिसन ग्रासरुट´ अभियान देशभरका सबै तहमा सुरु भएको नेकपा एमालेले जनाएको छ । केन्द्रीय स्थायी सदस्य डा.राजन भट्टराईले अभियानको मुख्य उद्देश्य पाटीभित्रको आन्तरिक खटपटको व्यवस्थापन र तल्लो तहको सांगठनिक अवस्थाको गतिबिधि एवम् समीक्षा गर्ने बताए ।उनले भने,` अब एमालेको भुमिका प्रमुख प्रतपक्षको रहन्छ । आगामी चुनावमा एक्लै ५१ प्रतिशत बहुमत ल्याउने गरि मिसन ग्रासरुट अभियान थालिएको हो ।´ उनले अभियान सँगसँगै सदस्यता बिस्तार र नविकरणको काम समेत गरिने बताए । जिल्लामा मिसन ग्रास रूट सञ्चालनका लागि केन्द्रीय सदस्यहरू इश्वरी जि.एम., गिरिधारीलाल न्याैपाेने र घनश्याम पाण्डे लगायतका नेताहरू खटिएका छन् ।