• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

ग्रामीण पर्यटनको बलियो संभावना बोकेको खुङ


  •   शुक्रबार, चैत ०३, २०७९ मा प्रकाशित
  • Advertisement

    ज्ञामुराम न्यौपाने
    गौमुखी गाउँपालिका भित्रको विशेष मौलिक विशेषता बोकेको गाउँ हो खुङ्। खुङ् गाउँको सबभन्दा अग्लो धुरीको नाम हो, गुफा । यहाँ हरेक बर्ष फागु पूर्णिमाका दिन मेला लाग्छ। गूफा धुरीमा स्वर्गद्वारी महाप्रभुका सिस्य थानिमहराज आयर कुटी र होमखाडी बनाएर लामो समय सम्म तपस्या बसेको भग्नावशेष सहितको इतिहास रहेको छ। यहाँबाट स्वर्गद्वारी, रेसुङ्गा, मल्लरानी र दक्षिण तराई सम्म देख्न सकिन्छ।
    यस पटकको फागु पूर्णिमाको मेला पारेर वार्ड कार्यालयले रुपाचौरदेखि गूफाधुरी सम्मको अनुमान ५ किमी उकालो दौड प्रतियोगिता राखिएको छ । जसका विजेताहरुले प्रथम, द्वितीय र तृतीय हुुनेले क्रमसः १० हजार, ७ हजार र ५००० पुरस्कार पाउनेछन् । यसरी दौड प्रतियोगीतासहितको कार्यक्रम गरिनु खेलाडी र खेल जगतको लागि सुखद विषय पनि हो । यो लिगलिग दौड जस्तो प्रतीत भइरहेको छ। खुङमा पर्वत ढोरलथान राज्यका पुर्व राजाहरुका सन्तान मल्लहरु र राजसीभाषा अझै विद्यमान छ। दसैँमा मल्लहरूले एउटै थलोमा सामुहिक टीका लगाउने संस्कृति पनि रहेको छ।
    पहिलो हाइस्कूल खोलिएको ठाउँको कारण खुङ पालिकाभित्र सबैभन्दा शिक्षामा आगाडि छ। यहाँको शैक्षिक जनुसक्ती डाक्टर, इन्जिनियर, जङ्गी तथा निजामती अधिकृत, सिक्षक रहेका छन्। आफूहरु पछि परेको बुझेपछि दलित परिवारबाट पनि शैक्षिक क्षेत्रमा मेहनत र प्रगति भएको देखिएको छ। अध्यनको क्रममा अमेरिका, जापान, अस्ट्रेलिया, भारत सम्म खुङ्का विद्यार्थी पुगेका छन्। पलिका भित्र बजारको राम्रो विकास पनि खुङमा भएको छ। ठुलाबेसि बजार खुङमा पर्दछ।
    खुङमा घुम्नलायक केही पर्यटकीय सम्भावनाका क्षेत्रहरूः
    पालिका स्तरिय खेल मैदान, चन्दनको मनमोहक कोणधारी जङ्गल, लालीगुराँस, भैलो खेलेर बनाएको पक्कीपुल, मनमोहक रुपाचौर, गुफाधुरीको मोहक दृश्य, बाघ थुन्ने पुर्खौली प्रविधि बाघखोरहरु, सुकुम्बासी बस्तीका दारुण दृश्य, भगवती मन्दिर, मष्ट देवाली, कलात्मक सिमपोखरी देउराली, सिद्धदेउली, नारीकोटफाट, हावजात ढुङ्गा, राजसीभाषा आइसो गैसो,सार्की संस्कृति म्यालखाल , लोपोन्मुख गन्धर्व संस्कृती एकलेसल्ला रहेका छन् ।
    यस अतिरिक्त चारकुने र गोलपोखरीहरु, भेडी गोठ, पालिकाकै ठूलो रोयल र मल्ल बाख्रा फर्म, पालिकाको पहिलो माध्यामिक विद्यालय गौमुखी, अन्तिम सती गएकी पम्फा रत्ना मल्लको घर घडेरी, विबाङको दलित संस्कृति, खुँङ्गाली खुकुरी र आरनहरु आदि।
    यहाँको जातिगत अवस्थिति हेर्ने हो भने दलित, कामी ,दमाई, सार्की, बाहुन, जैसी, मल्ल र सिंह ठकुरी, कवर, गिरी, पूरी, थापा, मगर, पाण्डे, भण्डारी, विष्ट, हमाल, रोका, जिसी लगायतको मिश्रित उपस्थिती पाइन्छ।
    गुफाको पर्यटकिय महत्त्वलाई बढावा दिन गौमुखी र मदाने गाउँपालिकाले सामुहिक रुपमा सहकार्य गर्ने योजना भर्खरै अगाडि आएको छ। गुफाको पर्यटन प्रवद्र्धन गर्न गुल्मी र प्युठानको साझा प्रयास विगतमा पनि भएको थियो। त्यसमा म आफै पनि संलग्न थिएँ । विविधता, प्राकृतिक सुन्दरता, मनमोहक दृश्य, र सम्भावना बोकेको गुफा धुरी र खुङमा एक पटक घुम्न जानु अवस्य पनि राम्रो हुनेछ।

    शुक्रबार, चैत ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.