केशर सुनार
प्यूठान,गौमुखी गाउपालिकामा सोमबार २ फिटसम्म असिना परेको छ । प्यूठानको उत्तरी भेगमा पर्ने गौमुखी गाउपालिकामा इतिहासकै भीषण बर्षा परेको हो । सोमबार पालिकाको वडा न १,२ र ३ अर्खा , रजवारा लगायत आसपासका अन्य वडाहरुमा परेको भीषण असिना पानीले किसानहरुले लगाएको गहु,जौ,लगायतका अन्नबालीमा ठुलो क्षति पुर्याएको छ । यसैक्रममा गौमुखी गाउपालिकाका उपाध्यक्ष महाविर रानाले यी यस्ता प्राकृतिक बिपत्तिमा धैर्यधारण गर्न पालिका निवासीहरुलाई आफ्नो फेसबुक एकाउन्ट मार्फत जानकारी दिएका छन । उपाध्यक्ष रानाले यो बिपत्ति र क्षतिमा पालिका जनाताहरुकै साथमा रहेर आवश्यक राहत र सहायता सहित उपस्थित हुने प्रतिबद्धता जनाएका छन् ।साथै आवश्यक सहयोग र सहकार्यका निम्ति प्रदेश र केन्द्र सरकारको समेत गम्भिर ध्यानाकर्षण गराउने कुरासमेत उपाध्यक्ष रानाले जनखोजी डटकमलाई बताए ।
गौमुखीमा असिना पानीले मास्यो किसानका अन्नबाली
गौमुखीमा असिना पानीले मास्यो किसानका अन्नबाली
Advertisement
तपाईको प्रतिक्रिया