Advertisement
काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएका छन् ।
नेपाली कांग्रेस परित्याग गरेको केहि घण्टापछी नै उनले डिजिटल फर्म भरेर रास्वपाको सदस्यता लिएका हुन् । आवेदन परेको केहीबेरमै उनलाई रास्वपाले सदस्यता दिएको हो।
वाग्लेलाई रास्वपाले तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचनको टिकट दिने भएपछि वाग्लेले काँग्रेस छोडेका थिए ।
त्यसपछि डिजिटल फर्म भरेर पार्टी सदस्यको आवेदन दिएका थिए । तर पार्टीले टिकट नदिएपछि उनी पार्टीप्रति नै रुष्ट थिए ।