Advertisement
जनखोजी
प्युठान, चालु खर्च कटौती गरी गौमुखी गाउँपालिकाले शिक्षा क्षेत्रमा खर्च गर्ने भएको छ । शुक्रबार सम्पन्न गौमुखी गाउँपालिका गाउँसभाको १४ औं अधिवेशनबाट वैठक, अनुगमन, कर्मचारी भत्ता कटौती गरी विद्यार्थी भर्ना अभियान २०८०, शैक्षिक गुणस्तर सुधार र अत्यावश्यक भौतिक पुर्बाधार योजनाहरुमा बिनियोजन गरिएको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाविर रानामगरले जानकारी दिए ।
उनका अनुसार गौमुखी गाउँपालिकाको पदाधिकारी बैठक भत्ता रु १५ लाख, अनुगमन मुल्यांकन खर्च रु १५ लाख, कर्मचारी पर्यटन काज रु २५ लाख र स्थानीय भत्ता रु १० लाख बजेट कटौती गरिएको हो ।