भरत आचार्य
गौमुखी गाउँपालिका पर्यटन विकासको सम्भावना बोकेको क्षेत्र हो। विशेष मौलिक विशेषता बोकेको गाउँ हो पुजा। पुजाको विशेष चिनारी पछिल्लो समयमा गोद्रे बन्न थालेको छ। यस ठाउँमा पहिले गाई, भैंसी, भेडा, बाख्रा साथै पशु चौपाएका लागि आकर्षित साथै गिरीहरुको शव अन्त्यष्टी गर्ने स्थानसमेत रहेको थियो। आजभोलि यस ठाउँमा आन्तरिक पर्यटक भित्राउने लक्ष्यसहित कृत्रिम रुखको जरा, बस्ने ठाउँ, लभ साईन, लभ पोखरी एवम् वटुवाहरुको निम्ति पाटीसमेत बनाइएको छ।
यहाँबाट डाँडाकटेरी, अग्लो तारेभीर, जूपाल धुरी, मुलाछर्ने, झाक्री ढुङ्गा, तामाखानी लगायतका धेरै पर्यटकीय ठाउँ अवलोकन गर्न सकिन्छ। पुजा तामाखानी पुर्खाहरुको पौरखले उत्खनन गरेर तामाका रोचे, गाग्रीलगायत तामाका विभिन्न भाँडासमेत अवलोकन गर्न सकिन्छ। यस ठाँउ देखि गाउँपालिका भित्रका लिवाङ, खुङ्, नारीकोट, अर्खा, रजबारा लगायत झिम्रुक गाउँपालिका र नौवहिनीका धेरै क्षेत्रका साथै छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची र अग्लाअग्ला हिमालहरु पनि देख्न सकिन्छ।
यस ठाउँमा अझै केही समस्या छन् ती समस्या समाधानका लागि गोद्रे पर्यटन प्रवर्द्धन संस्था गठन,वृक्षारोपण,खानेपानी, फोहोर व्यवस्थापन, पिक्निक स्थल निर्माण, देवीदेवताका विभिन्न मन्दिर आदि व्यवस्थापन गर्न सके गोद्रे पर्यटकीय क्षेत्र बन्न धेरै समय लाग्ने छैन ।