नेत्र खनाल
दाङ, संगठनको आधार ईलाका तयार पारौ जनता संग माओवादी अघि बढौ भन्ने नारा सहित नेकपा माओवादी केन्द्र राप्ती गाउसंगठन कमिटि दुई महिने संगठन बिस्तार तथा सुदृढीकरण अभियान सोमवार राप्ती गापाको ९ नं. वडा बाट सुरु गरेको छ । कृष्ण बुढा मगरको अध्यक्षतामा भएको अभियानको शुरुवात भएको कार्यक्रमको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य होम प्रसाद शर्माले दिप प्रज्वलन गरेर अभियानको उद्घाटन गरेका हुन् ।
प्रमुख अतिथिको आसनबाट समारोहलाई संम्बोधन गर्दै शर्माले यति बेला देशमा गणतन्त्रलाई चुनौति दिने प्रतिगामी तत्वहरु सलबलाई रहेको छ भने अर्को तर्फ १२ बुँदे समझदारी शान्ति संम्झौतालाई बिथुल्ने खेलमा प्रतिगामि जालिहरु केन्द्रित भएको स्मरण गर्दै यसको लडाईको लागि सबै माओवादी शक्तिको एकता अनिवार्य रुपमा हुनुपर्नेमा जोड दिएका थिए ।
शर्माले देशमा माओवादी शक्ति कही कतै कमजोर अबस्थामा पुग्यो भने गणतन्त्र नै धरापमा पर्नसक्ने खतरा रहेकोले सबै कार्यकर्तालाई संगठन बिस्तार निर्माणमा लाग्न अपिल गरेका थिए ।
अभियान उद्घाटन समारोहका बिशिष्ठ अतिथि नेकपा माओवादी केन्द्र राप्ती गाउँसंगठन कमिटीका कार्यवाहक अध्यक्ष नारायण शर्माले राप्तीमा नेकपा माओवादीले केन्द्रीय सर्कुलर अनुसार दाङ जिल्लामा संगठन सुदृढीकरण र संगठन बिस्तारको अभियान अग्र मोर्चामा रहेर सुरुवात गरेको जनाएको छ ।
यस अभियानलाई सफल पार्न सबै नेता कार्यकर्ता २ महिना सम्म अभियानमा खट्नको लागि अध्यक्ष शर्माले निर्देशित गरेका छन् ।
भेलालाई नेकपा माओवादी केन्द्र राप्ती गाउँसंगठन कमिटी सहसचिब वसन्त नेपाली संगठन कमिटीका सदस्य रिम बहादुर सुनारि ,झक्कु अधिकारी वाईसीएल नेता शरद गिरि, बिद्यार्थी नेता भुवन केसि लगायतले अभियान सफलताको शुभकामना सहित मंन्तब्य राखेका थिए । अभियान भेलाले कृष्ण बुढा मगरलाई वडा कमिटीको अध्यक्ष पदमा निर्वाचित गर्दै २९ सदस्य वडा कमिटी गठन गरेको छ भने अभियानको भेलाको संञ्चालन दधि बरालले गरेका थिए ।