वैशाख , ६
झइन्द्र भण्डारी,प्यूठान
स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ र वडा नम्बर ३ को सिमानामा पर्ने सोढ ढिकदेखी तल माण्डवी नदीमा नुहाउने क्रममा एक युवकको मृत्यु भएको छ ।
Advertisement
स्वर्गद्वारी आश्रम (मन्दिर ) को नाममा रहेको रा १ त ४८३४ नम्बरको ट्याक्टरका सहचालक १८ वर्षीय सुवास रोका मगरको पानीमा डुबेर मृत्यु भएको हो । चालक तिल बहादुर घर्तिलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय भिङ्ग्रीले झिमरूक गाउँपालिका वडा नम्बर ८ का सुवास स्वर्गद्वारी आश्रमको लागि ट्याक्टरमा बालुवा भरेर सकिएपछि गर्मी महसुस भयो भन्दै माडी नदीमा नुहाउन पसेको जानकारी दिएको छ ।
आज बिहान करिब ११ बजेतिर उक्त घटना घटेको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले बताएको छ । ईलाका प्रहरीले खबर पाएपछि घटना स्थलबाट सुवासको शरीरलाई पोष्टमार्टम को लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ ।