Advertisement
जनखोजी
प्युठान, स्वास्थ्य उपचारको पहुँचबाट टाढा रहेको फोप्लीमा शुक्रबार मुख तथा दाँत रोग सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्युठानको नौबहिनी गाउँपालिकाको आयोजनामा भएको शिविरबाट १ सय २८ जना लाभान्वित भएका छन् ।
नौबहिनी गाउँपालिका–८ फोप्ली स्थित फोप्ली स्वास्थ्य चौकीमा शिविरको आयोजना गरिएको हो । शिविरमा ९८ महिला र ३० जना पुरुष गरी १ सय २८ जना लाभान्वित भएको स्वास्थ्य चौकी प्रमुख प्रकाश घिमिरेले जानकारी दिए । उनका अनुसार जाँच गरीएका मध्ये ५७ महिला र १३ जना पुरुष गरी ७० जनाको दात फालिएको छ ।शिविरमा मुख तथा दात रोगको जाँचका लागि डा. लुना थापामगर र डेण्टल हाइजिनिष्ट चुडामणी शर्मा थिए ।