जनखोजी
प्युठान, प्युठानका अधिकांश क्षेत्रका पशुहरुमा लम्फि स्किन रोग देखा परेको छ । लम्फी स्किन रोगले गाईगोरु र भैसी मर्न थालेपछि यहाँका किसान चिन्ति बनेका छन् । जिल्लाका ९ पालिकाका गाउँहरुमा लम्फि स्किन सङ्क्रमण दर तिव्र बढेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानले जनाएको छ ।
प्युठानको सरुमारानी गाउँपालिकाको हंसपुर र दर्भानमा पशुहरु विरामी भएपछि पिसिआर परीक्षणका लागि एक महिना अघि सुर्खेत पठाइएकोमा लम्फी स्किन रोग पुष्टि भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका प्रमुख भाष्कर पौडेलले बताए । जिल्लामा पिसिआर परीक्षण नभएकोले त्यस पछि लक्षणका आधारमा नियन्त्रणको प्रयास भइरहेको छ ।
लम्फी स्किन भाइरसबाट सर्ने रोग भएकाले उपचारका लागि सरकारी तवरबाट कुनै औषधि तथा खोप नभएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका पशु विकास अधिकृत पशु चिकित्सक हरीनारायण प्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार लक्षणका आधारमा जिल्लाका सबै स्थानीय तहमा रोग फैलिइ सकेको छ भने तथ्यांक संकलन भइरहेको छ ।
खेतीपाती गर्ने समयमा गोरु मर्न थालेपछि किसानलाई आर्थिक भार पर्ने चिन्ता छ । मकै छर्ने समयमा गोरु विरामी भएपछि किसान मकै छर्ने समस्या निम्तिएको सरुमारानी गाउँपालिका–५ का वडा अध्यक्ष लक्ष्मी पल्लीमगर बताइन । जिल्लामा सबै भन्दा पहिले सङ्क्रमण देखिएको सरुमारानीको अवस्था समस्याग्रस्त देखिएको छ।
सरुमारानी गाउँपालिकाको पशुशाखाको तथ्यांक अनुसार सरुमारानीमा मात्रै ९ सय ९० पशुमा लम्फि स्किन रोग देखा परेको छ । रोगबाट ४७ गाईभैसी र गोरु मरेको पशु स्वास्थ्य प्राविधिक नेत्र बहादुर के.सी.ले जानकारी दिए । के.सी.ले भने,– “भैसी भन्दा गाइगोरुमा बढी समस्या देखिएको छ ।” ज्वरो आउने, खुट्टा,पेट सुन्निेने, शरिरभरी गाठागुठी देखिने, गाठागुठी पाक्ने समस्या देखिएको के.सी.को भनाइ छ ।
जिल्लाभरको तथ्यांकका लागि सबै पालिकामा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानले पत्र पठाइ सकेको पशु चिकित्सक हरी नारायण प्रसाद चौधरीले बताए । पशु चिकित्सक हरी नारायण प्रसाद चौधरीका अनुसार लम्पी स्किनको भ्याक्सिन नबनेकाले नियन्त्रण गर्न समस्या भएको छ । यसको शुरुवातको सङ्क्रमणमा रोकथाम गर्न सकिन्छ । यसका लागि चुना, फिनेलले सरसफाई, लामखुट्टे र उपिया पर्न दिन नहुने उनको भनाइ छ । उपचारमा घाउ, खटिरामा भलाउने औषधिको प्रयोग गरिन्छ । नयाँ रोग भएको र भ्याक्सिन बनाउन नसकिएकाले लम्पी स्किन प्रकोपका रुपमा फैलन थालेको चौधरीको भनाइ छ ।
प्युठानमा लम्फी स्किन रोगको प्रकोप, किसान चिन्तित
प्युठानमा लम्फी स्किन रोगको प्रकोप, किसान चिन्तित
Advertisement
तपाईको प्रतिक्रिया