• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

समाजवादी शिक्षा नारामा मात्रै ?


  •   बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
  • शिक्षा मानिसलाई आँखा देखाउने सफ्टवेयर हो । जीवन दर्शन र वस्तुहरुको सही पहिचान गर्ने विषय शिक्षा हो । शिक्षा भनेको मूलतः सामन्यबाट उन्नत ज्ञान प्राप्तीको सिलसिला हो । पछिल्लो समयमा शिक्षालाई पनि वर्गीय पक्षधरताको आधारमा शिक्षा प्रणालीको व्याख्या हुँदै गएको छ ।
    नेपालमा समाजवादी विचारधारा बोकेका विद्यार्थी संगठनहरु समाजवादी शिक्षा नितिको वकालत गरिरहेका छन् । माओवादी जनयुद्ध ताका वुर्जुवा शिक्षाबाट राष्ट्र र श्रमजीवी वर्गको पक्षमा नरहेको भन्दै वैज्ञानिक शिक्षा प्रणाली लागु गर्नु पर्ने सशक्त माग गरेको थियो । आफुलाई प्रजातन्त्रवादी भन्ने मुलुकहरूमा भएको शिक्षा प्रणाली र नेपालको शिक्षा प्रणाली उस्तै छ । नेपालको शिक्षा प्रणालीले पनि वर्गीय विभेद गरेको प्रष्टै छ । शैक्षिक व्यापारबाट निशुल्क शिक्षा पाउने स्थल विपन्न र महङ्गा विद्यालयहरू पूजिपति वर्गको लागि वनाइएको विद्यालय हो भन्ने गरिएको छ । यसबाट धनी र गरिब सबैले समान शिक्षा प्राप्तीको यो प्रणालीबाट सम्भव छैन् । शिक्षालाई निजीकरणमार्फत नाफा नोक्सानको व्यापार गर्ने माध्यम बनाएसँगै यसले सबै वर्ग, जाति, क्षेत्र र लिङ्गको स्वार्थ र हितको प्रतिनिधित्व गर्ने सम्भावना छैन ।
    लामो समय कोरोना भाइरसका कारण वन्द गरिएको शिक्षा क्षेत्र पुनः सञ्चालन हुँदै गर्दा वन्द भएको समयको समेत नीजि क्षेत्रका विद्यालयले शुल्क अशुलेका छन् । केही स्थानीय तहका विद्यालयले फरक बहानाबाट शुल्क लिएको खवरहरु आएपछि गाउँपालिकाले फिर्ता गराएको पनि छ । नेपालको संविधानले शिक्षालाई नैसर्गिक अधिकारको रूपमा व्यवस्था गरेपनि शैक्षिक व्यापारको विगविगीका कारण नागरिकले समान शिक्षा प्राप्तीको अनुभूति गर्न पाएका छैनन् । यही कारण पनि नेपालमा वैशानिक र विभेदरहित शिक्षा प्रणालीको आन्दोलनको आवश्यकताका आवाजहरू उठ्न थाल्नु स्वभाविक हो । आजभोली विद्यार्थी संगठनको क्रियाशिलता वढेसंगै देशव्यापी रूपमा सम्मेलनको तयारी गरिरहेको समयमा यस बिषयलाई कसरी लैजान्छन् भन्ने कुरा हो । मूलतः देशको समाजवादी दृष्टिकोण राख्ने ठुला पार्टी एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी सत्ता प्रभाव पार्ने संगठनहरुको बाटो के ? आजको यो बिषय सबै विद्यार्थीको चासोको बिषय बनेको छ ।
    समाजवादी शिक्षा प्रणालीमा समाज विकासको ऐतिहासिक प्रक्रिया अनुरूप अङ्गीकार गरिन्छ । यसको समग्र उद्देश्य उन्नत र न्यायपूर्ण समाज रूपान्तरणमा केन्द्रित हुन्छ । व्यवहारतः सबै वर्ग, जाति, क्षेत्र र लिङ्गको समान अवसर र पहुँच कायम गरिने शिक्षा समाजवादी शिक्षा हो । समाजवादी सोच, चिन्तन, चेत, मनोविज्ञान र संस्कृतिद्वारा निर्देशित गरिन्छ । कुनै पनि नागरिकले पढ्ने अवसर नपाउनुको वस्तुवादी कारणहरूको राजकीयरूपमै खोजी गरिन्छ । यसको समाधनको उपायहरूमा गम्भीर छलफल हुन्छ । राज्यको लगानी, नियन्त्रण, निर्देशन, परिचालन र नियमन हुन्छ । गास, स्वास्थ्य, रोजगारी, आवास जस्तै शिक्षालाई पनि मौलिक अधिकारका रूपमा अङ्गीकार गरिन्छ । वस्तुतः समाजवादमा हरेक नागरिकहरूले आफ्ना मौलिक अधिकारको समान, सम्मान र न्यायपूर्ण ढङ्गले उपभोग गर्न पाउँछ । समाजवादको सबैभन्दा वैज्ञानिक, न्यायिक, विवेकशील र मानवीय उन्नत पक्ष यही हो । यसमा राष्ट्रको रणनीतिक उद्देश्य र ऐतिहासिक प्रक्रियागत आवश्यकतालाई सहयोगी हुने वा राष्ट्रको आवश्यकताका आधारमा पाठ्यक्रम निर्धारण गरिन्छ । बाल मनोविज्ञान, जन्मजात क्षमता, सीप र कलाको आधारमा खास बालकको खास मनोविज्ञान अनुरूप विषय छनौट गरिन्छ ।
    निहित स्वार्थ र निजित्वमा आधारित नाफा र व्यापारमुखी शैक्षिक प्रणालीलाई निरुत्साहित गर्नुपर्छ । सहर केन्द्रित शैक्षिक स्रोतसाधन र जनशक्तिलाई दूर्गम गाउँबस्तीमा पुर्याउनु पर्छ । यद्यपि यो समाजवादी शिक्षा प्रणालीमा मात्र सम्भव हुन्छ । यसकारण समाजवादी शिक्षा पद्धति नै न्यायिक पद्धति हो । यसलाई नारामा मात्रै होइन व्यवहारतः लागु गर्न लागौँ ।

    Advertisement

    बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.