शिक्षा मानिसलाई आँखा देखाउने सफ्टवेयर हो । जीवन दर्शन र वस्तुहरुको सही पहिचान गर्ने विषय शिक्षा हो । शिक्षा भनेको मूलतः सामन्यबाट उन्नत ज्ञान प्राप्तीको सिलसिला हो । पछिल्लो समयमा शिक्षालाई पनि वर्गीय पक्षधरताको आधारमा शिक्षा प्रणालीको व्याख्या हुँदै गएको छ ।
नेपालमा समाजवादी विचारधारा बोकेका विद्यार्थी संगठनहरु समाजवादी शिक्षा नितिको वकालत गरिरहेका छन् । माओवादी जनयुद्ध ताका वुर्जुवा शिक्षाबाट राष्ट्र र श्रमजीवी वर्गको पक्षमा नरहेको भन्दै वैज्ञानिक शिक्षा प्रणाली लागु गर्नु पर्ने सशक्त माग गरेको थियो । आफुलाई प्रजातन्त्रवादी भन्ने मुलुकहरूमा भएको शिक्षा प्रणाली र नेपालको शिक्षा प्रणाली उस्तै छ । नेपालको शिक्षा प्रणालीले पनि वर्गीय विभेद गरेको प्रष्टै छ । शैक्षिक व्यापारबाट निशुल्क शिक्षा पाउने स्थल विपन्न र महङ्गा विद्यालयहरू पूजिपति वर्गको लागि वनाइएको विद्यालय हो भन्ने गरिएको छ । यसबाट धनी र गरिब सबैले समान शिक्षा प्राप्तीको यो प्रणालीबाट सम्भव छैन् । शिक्षालाई निजीकरणमार्फत नाफा नोक्सानको व्यापार गर्ने माध्यम बनाएसँगै यसले सबै वर्ग, जाति, क्षेत्र र लिङ्गको स्वार्थ र हितको प्रतिनिधित्व गर्ने सम्भावना छैन ।
लामो समय कोरोना भाइरसका कारण वन्द गरिएको शिक्षा क्षेत्र पुनः सञ्चालन हुँदै गर्दा वन्द भएको समयको समेत नीजि क्षेत्रका विद्यालयले शुल्क अशुलेका छन् । केही स्थानीय तहका विद्यालयले फरक बहानाबाट शुल्क लिएको खवरहरु आएपछि गाउँपालिकाले फिर्ता गराएको पनि छ । नेपालको संविधानले शिक्षालाई नैसर्गिक अधिकारको रूपमा व्यवस्था गरेपनि शैक्षिक व्यापारको विगविगीका कारण नागरिकले समान शिक्षा प्राप्तीको अनुभूति गर्न पाएका छैनन् । यही कारण पनि नेपालमा वैशानिक र विभेदरहित शिक्षा प्रणालीको आन्दोलनको आवश्यकताका आवाजहरू उठ्न थाल्नु स्वभाविक हो । आजभोली विद्यार्थी संगठनको क्रियाशिलता वढेसंगै देशव्यापी रूपमा सम्मेलनको तयारी गरिरहेको समयमा यस बिषयलाई कसरी लैजान्छन् भन्ने कुरा हो । मूलतः देशको समाजवादी दृष्टिकोण राख्ने ठुला पार्टी एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी सत्ता प्रभाव पार्ने संगठनहरुको बाटो के ? आजको यो बिषय सबै विद्यार्थीको चासोको बिषय बनेको छ ।
समाजवादी शिक्षा प्रणालीमा समाज विकासको ऐतिहासिक प्रक्रिया अनुरूप अङ्गीकार गरिन्छ । यसको समग्र उद्देश्य उन्नत र न्यायपूर्ण समाज रूपान्तरणमा केन्द्रित हुन्छ । व्यवहारतः सबै वर्ग, जाति, क्षेत्र र लिङ्गको समान अवसर र पहुँच कायम गरिने शिक्षा समाजवादी शिक्षा हो । समाजवादी सोच, चिन्तन, चेत, मनोविज्ञान र संस्कृतिद्वारा निर्देशित गरिन्छ । कुनै पनि नागरिकले पढ्ने अवसर नपाउनुको वस्तुवादी कारणहरूको राजकीयरूपमै खोजी गरिन्छ । यसको समाधनको उपायहरूमा गम्भीर छलफल हुन्छ । राज्यको लगानी, नियन्त्रण, निर्देशन, परिचालन र नियमन हुन्छ । गास, स्वास्थ्य, रोजगारी, आवास जस्तै शिक्षालाई पनि मौलिक अधिकारका रूपमा अङ्गीकार गरिन्छ । वस्तुतः समाजवादमा हरेक नागरिकहरूले आफ्ना मौलिक अधिकारको समान, सम्मान र न्यायपूर्ण ढङ्गले उपभोग गर्न पाउँछ । समाजवादको सबैभन्दा वैज्ञानिक, न्यायिक, विवेकशील र मानवीय उन्नत पक्ष यही हो । यसमा राष्ट्रको रणनीतिक उद्देश्य र ऐतिहासिक प्रक्रियागत आवश्यकतालाई सहयोगी हुने वा राष्ट्रको आवश्यकताका आधारमा पाठ्यक्रम निर्धारण गरिन्छ । बाल मनोविज्ञान, जन्मजात क्षमता, सीप र कलाको आधारमा खास बालकको खास मनोविज्ञान अनुरूप विषय छनौट गरिन्छ ।
निहित स्वार्थ र निजित्वमा आधारित नाफा र व्यापारमुखी शैक्षिक प्रणालीलाई निरुत्साहित गर्नुपर्छ । सहर केन्द्रित शैक्षिक स्रोतसाधन र जनशक्तिलाई दूर्गम गाउँबस्तीमा पुर्याउनु पर्छ । यद्यपि यो समाजवादी शिक्षा प्रणालीमा मात्र सम्भव हुन्छ । यसकारण समाजवादी शिक्षा पद्धति नै न्यायिक पद्धति हो । यसलाई नारामा मात्रै होइन व्यवहारतः लागु गर्न लागौँ ।
समाजवादी शिक्षा नारामा मात्रै ?
समाजवादी शिक्षा नारामा मात्रै ?
Advertisement
तपाईको प्रतिक्रिया