• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, असार २५, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

शिक्षकलाई चिठी

लोकप्रिय समाचार

सभामुखद्धारा भद्रक्षीदेवी प्राथमिक विद्यालयको भवन उद्घाटन


  •   आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
  • Advertisement

    तुल बहादुर कवँर मगर
    देउखुरी ३१ वैशाख (जनखोजी)ः दाङको राप्ती गाउँपालिका वडा नम्बर नौ धापखोलामा रहेको भद्रक्षीदेवी प्राथमिक विद्यालयको नव निर्मित चार कोठे पक्की भवनको आईतवार उद्घाटन गरिएको छ।

    भवनको लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर र राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन् ।
    संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत प्राप्त ३६ लाख र गाउँपालिकाको ८ लाख रुपैयाँ गरि कुल ४४ लाख रुपैयाँको लागतमा भवनको निर्माण कार्य सम्पन्न भएको हो।
    उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले शिक्षा विकासको पहिलो मेरुदण्ड भएको बताउँदै शिक्षा क्षेत्रको विकास बिना अन्य विकासका कार्यहरू सम्भब नभएको बताए । घर्तिमगरले विद्यालयमा शिक्षा विकासका निम्ति शिक्षक,विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध सुमधुर हुन जरुरी हुनुपर्नेमा जोड दिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सभामुख घर्तीले ग्रामीण क्षेत्रको आर्थिक बिकासमा टेवा पुर्याउने गरि कानुन निर्माण गर्न आवश्यक रहेको तर्क थियो ।
    गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले भवन बनाएर मात्र नहुने भन्दै गुणस्तरीय शिक्षामा ध्यान दिन जरुरी रहेको बताए । अध्यक्ष विष्टले पालिकाले विकट बस्तीहरुलाई विशेष ध्यानमा राखि काम गरिरहेको बताउँदै क्रमश आधारभूत आवश्यकता पुरा गर्दै जाने प्रतिवद्धता गरे ।
    वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले २०४५ सालमा स्थापना भएको बिधालयको भवन सबैलाई पायक पर्ने सित्तल डाडामा निर्माण भएकाले विद्यालय सम्म पुग्न सबैलाई सहज हुने विश्वास व्यक्त गरे ।

    सो अवसरमा शिशु कक्षा देखि कक्षा पाँच सम्म अध्यनरत गरिब विपन्न विद्यार्थीहरुलाई पालिकाको तर्फबाट शैक्षिक सामाग्री कापी वितरण गरिएको थियो।प्रधानाध्यापक पदमा रहि लामो समय सम्म अध्यापन गराई सरुवा भएर दुर्गा भवानी आधारभूत विद्यालय मसुरीयामा जान लागेकी शिक्षिका यशोदा घिमिरेलाई विद्यालय परिवारले फूलमाला र मायाको चिनो प्रदान गरि विदाई गरेका थिए ।
    उद्घाटन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनामणी ओलीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियोे ।
    पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,शिक्षा ,युवा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विक,सर्वोदय माध्यमिक विद्यालयका शिक्षक कृष्ण बहादुर बुढा मगर ,सभामुखका प्रेस संयोजक रुद्रहरी कुँवर ,शिक्षक छविलाल कडेल लगायतको सहभागीता रहेको थियो ।

    आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का
    गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न
    निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड
    ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    लोकप्रिय

    भर्खरै

    • १.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • २.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ३.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ४.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    • ५.
      भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

    • ६.
      प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

    • ७.
      निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

    • ८.
      ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2025 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.